हामी समसुद्दिनको 'गधा'जस्तो बाँचेका छौँ -देश सुब्बा


सर्वप्रथम ‘अपमान’ उपन्यासमार्पत चर्चामा आएका लेखक देश सुब्बाको नया किताब ‘भयवाद’ पछिल्लो समय सहरमा हिट छ । ‘भयवाद’ किताबको अंग्रेजी संस्करण ‘फिलोसोफी अफ फियरिज्म’ले अमेरिकामा प्रत्येक वर्ष प्रदान गरिने प्रतिष्ठित ‘दि नेसनल इन्डी एक्सेलेन्स अवार्ड २०१५’ जितेको छ । यो किताब जुलाइ २०१४ मा अमेरिकाबाट प्रकाशित भएको थियो । उक्त पुरस्कारमा संसारभरबाट अंग्रेजी भाषामा प्रकाशित नया पुस्तकहरूले प्रतिस्पर्धा गर्न पाउछन् । साहित्य र असाहित्य विभिन्न शीर्षकमा यो पुरस्कार दिइन्छ । कुनै नेपाली लेखकले यो पुरस्कार पाएको पहिलोपटक मात्र हो ।
सुब्बाको परिभाषामा ‘भयवाद’ भय सम्बन्धीको दर्शन हो । ‘यसले भयको बारेमा सकारात्मक, नकारात्मक, उपयोगिता, भय रोग आदिबारेमा विस्तृत व्याख्या गरेको छ’, उनी भन्छन् । उनीसँग ‘भयवाद’ विषयमा केन्द्रित भएर निबन्धकार दीपक सापकोटाले हालै गरेको कुराकानी:-
अन्तर्राष्ट्रिय पुरस्कार पो पाउनुभएछ । बधाइ छ है सुब्बाजी ।
धन्यवाद दीपकजी । मलाई तपाईंको नाम युनिक लाग्छ ।
‘देशलाई प्रेम गरौ’ भनेर ‘देश’ राख्नु भएजस्तो । तपाईंको नामबारे केही किस्सा छन् ?
 
मेरो नाम बारेमा खासै केही किस्सा छैन । ‘देश’ नाम विद्यालय पढ्दादेखिकै हो । मेरो विद्यालयको नाम ‘देशबहादुर लिम्बू’ थियो । यसलाई मैले साहित्यमा सुहाउँदो ‘देश सुब्बा’ चलाउन थालेँ ।
अनि ‘भयवाद’ भन्ने किताबै लेख्नुभो । त्यो पढिसकेपछि म पनि डरमा तैरिए । संसारमा, जीवनमा, पृथ्वीमा, हामीले सास फेर्ने हावामा पनि ‘भय’ छ, ’सबैजना डरमा बाँच भनेर ‘भय’को त्रास फैलाउन खोज्नु भएको हो देशजी ?
मैले भयको त्रास फैलाउन खोजेको होइन । ‘डरमा बाँच’ भन्न खोजेको पनि होइन । सबै डरमै बाँचिरहेका छौँ । ‘समसुद्दिनको गधा’जस्तो बाँचेका छौँ । अब ‘डरको कवच हटाएर बाँचाँ’ भन्न खोजेको हो । ‘सास नफेरी भयमा कुदिरहेका मानिसलाई सास फेर्दै कुदौँ’ भन्न खोजेको हुँ ।
के हो ‘भयवाद’ भनेको ? एक जना माक्र्सवादी साथीले ‘माक्र्सवाद’, ‘जीवनवाद’, ‘माओवाद’, ‘शून्यवाद’ सुनेको छु, फेरि ‘भयवाद’ पनि थपिएछ, यो कस्तो अचम्म ?भनेर जिब्रो टोक्दैथ्यो । यसलाई सजिलो ढंगमा बुझाइदिनुस् न ।
तपार्इंको साथीलाई एउटा प्रश्न सोधिदिनु होला, माक्र्सवादको वर्गसंघर्षभन्दा धेरै जेठो ढुंगाको हतियार हो । ढुंगाको हतियारमा माक्र्सवाद मौन छ । मानिसले किन सबैभन्दा पहिला हतियार आविष्कार गरे ? म भन्छु, ‘शत्रु, पशु र भोकबाट बच्न मानिसले हतियारको आविष्कार गरे ।’ भयवाद जीवन, चेतना, भय, ज्ञान र संज्ञानको संयोजनबाट बनेको सिद्धान्त हो । हामीलाई जहिले पनि भोक, रोगले मरिन्छ भन्ने भय हुन्छ । घटना, दुर्घटना, समस्यामा परिन्छ भन्ने भय हुन्छ । अनि भयविना हामीसँग के छ अरू ?
‘जीवनलाई भयले सञ्चालन, निर्देशन र नियन्त्रण गर्दछ’ भन्नुभएको छ । कसरी यस्तो हुन्छ ? भयविना जीवनै हुन्न ? कसैको जीवनमा ‘साहस’ मात्र छ भनियो भने के यो अतिशयोक्ति हुन्छ ?
सबैभन्दा ठूलो कुरा भोकले मरिन्छ कि भन्ने भय हो । साहसले मरिन्छ कि भन्ने अर्थ हुन्छ र ? हामी यही भयबाट सञ्चालित हुन्छौँ । यही भयबाट बच्न ‘काम गर’ भनेर हामीलाई यसले निर्देशन दिन्छ । ‘काम गर्दा होसियारले गर्नु नभए जागिर जान्छ’ भनेर नियन्त्रण गर्दछ । यसैले मैले जीवनको सञ्चालक, निर्देशक, नियन्त्रक भय हो भनेर भनेको हुँ । व्यवसाय डुब्यो, नोकरीबाट निकालिनु पर्यो भने कस्तो भयमय हुन्छ जीवन । जीवनमा चारैतिर भय छ । यही भय बताउने सिद्धान्तको विकास हुनु अतिशयोक्ति हुन्छ जस्तो लाग्दैन । मरेको मान्छे देख्दा मानिसलाई साहस हुँदैन डर पैदा हुन्छ । त्यो डरबाट बच्न साहस पैदा गर्छ । यसरी नै व्यावसाय डुब्दै छ, नोकरी जाँदै छ भने साहस हुँदैन डर हुन्छ । त्यो डरबाट बच्न साहस चाहिन्छ । शब्दको गहिराइ र सतहमा अर्थ फरक पर्छ । मानिसको संरचनाले बुझ्ने हो गहिराइ र सतह । सबैले समान बुझ्ने भए किन युद्ध, आतंककारी हमला हुन्छ । किन नेपालको संविधानविना कुनै कारण अडकिन्छ र बन्दैन ? बरु, मानव सभ्यता भनेको वर्ग संघर्षको इतिहास हो भन्दा अतिशयोक्ति हुन्छ किनभने वर्गसंघर्षभन्दा कयौँ गुणा बढी भयसंघर्ष हुन्छ । मालिक र मजदुर संघर्ष गर्ने जमाना गइसक्यो । अल्प विकसित मुलुकमा यसको ‘भूत’ बचेको होला तर विकसित मुलुकमा यस्तो संघर्ष हुँदैन । भयसंघर्ष भने पाइलैपछि हुन्छ । अरूसित भन्दा पहिला आपैसित भयसंघर्ष हुन्छ । चीनजस्तो समाजवादी राष्ट्रमा वर्गसंघर्ष भएको कतिपटक सुनेका छौँ । यो त माक्र्सवादको युटोपिया हो । विकसित राष्ट्रमा मालिक र मजदुरबीच समस्या उत्पन्न भयो भने त्यसलाई समाधान गर्ने निकाय बनाइएको हुन्छ । उनीहरूको समस्याको त्यहीँ समाधान हुन्छ । त्यसैले वर्गसंघर्षको जरुरत पर्दैन ।
तपाईंको किताबमा मणिपुर भारतका डा. टंकनाथ खतिवडाले ‘नेपालबाट बुद्धपछि अर्को चिन्तन जन्मन सकेको थिएन, देश सुब्बाको ‘भयवाद’ विश्व मानव सभ्यतालाई नेपालबाट दिन खोजिएको दोस्रो दार्शनिक चिन्तन हो’ भनेका रहेछन् । उनले दिल खोलेर तपाईंलाई महान पगरि गुथाइदिएछन् । यस्तो पगरीलाई अतिवाद भन्दा कस्तो होला ? टंकनाथले लेखेको कुरा प्रमाणित गर्ने केही तर्क छन् तपाईंसग ?
यो विश्वासको कुरा हो । यो विश्वासमा कवि स्वप्नील स्मृति पनि सहमत छन् । उनले भनेका थिए, ‘दाई पूर्वका षडदर्शनपछि यतिको विस्तृत दर्शन भयवाद हो ।’ यो पनि उसको बुझाइ हो । डा. टंकनाथ खतिवडाले आफ्नो भनाइको प्रमाण देलान् । मैले नै तपाईंलाई सोधेँ, ‘टंकनाथ खतिवडाको पगरी गुथाइ गलत छ भन्ने तपार्इंसित कुनै प्रमाण होला ?’ केही सन्त, महन्त, जोगी आए । उनीहरूको दर्शन वा विचारलाई तपाईं आपै पनि मौलिक मान्नुहुन्न । त्यसकारण मलाई वहाँको भनाइ अतिवादी लाग्दैन । व्यक्तिले बुझेको संसारको कुरा हो । यही संसारमा जिपी कोइराला सबैभन्दा महान् देख्ने मानिस पनि छन् ।
काम, क्रोध, लोभ, मोह, पीर, चिन्ता, ईष्र्या, अहं, शंका, षड्यन्त्र, लाज, हिनताबोध, अतिवाद, युद्ध, इच्छा, आकांक्षाजस्ता कुराहरू भय निम्त्याउने तत्व होलान् है ? यी सबै कुराबाट मुक्त मानिस कसरी संवेदना भएको सग्लो, स्वस्थ मानिस हुनसक्छ ?
यी सबै भय निम्त्याउने तत्व हुन् अवश्य किन्तु मानिसलाई चिनाउने गुण पनि हुन् । यी सबैलाई सन्तुलनमा राख्नुपर्छ । यो हामीभित्रको शारीरिक स्वभाव हो । यसमा अलिकति घटबढ भयो भने जीवनमा प्रलय जान सक्छ । शरीरमा चिनीको मात्रा बढ्दा मधुमेहको रोगी भइन्छ । रक्तचाप बढी भयो भने रक्तचापको । त्यस्तै स्वभावमा शंका बढ्यो भने ‘शंकालु’ भइन्छ । शंकाको मात्रा बढ्नासाथ धेरै समस्या उत्पन्न हुन्छ । त्यस्तै अहंको । शंका र अहंको अगाडिपछाडि भय हुन्छ ।
तपाईंको किताब पढेपछि मान्छले डर, डर र डरबाहेक कतै केही देख्न, बुझ्न, सुन्न सक्दैन । यो त डर पैदा गर्ने किताब भयो नि ?
भयवाद पढेपछि मान्छे डिप्रेसनमा जाने होइन डिप्रेसनमा गएका, तनावमा परेका, शंकाबाट उत्पन्न भएका घरेलु हिंसा कम हुन सक्दछ । यो पुस्तक पढेपछि डर किन, कताबाट र कसरी उत्पन्न हुन्छ भन्ने जान्न सकिन्छ । कुनै पनि समस्या किन, कसरी हुँदै छ भन्ने थाहा नपाई समाधान निकाल्न सकिँदैन । मैले पुस्तक प्रकाशन भएपछि भयबाट पीडित धेरै रोगी भेटेको छु, लाग्छ उनीहरूलाई अवश्य पनि पुस्तकले राहत दिएको हुनुपर्छ । यो भय रोगीको लागि थेरापी, योगा, औषधि, डाक्टरी पुस्तक हो ।
धर्म, ईश्वर, डेरिडा, डार्बिन, सस्युर, लका, मास्लो, उत्तरआधुनिकतालगायत माक्र्सवादमा पनि भय छ भनेर लेख्नुभएको छ । माक्र्सवादको अन्तिम लक्ष्य साम्यवाद हो । साम्यवादको मार्ग कठिन छ । के डर, त्रास, भय, वर्ग-संघर्षको अनिवार्य परिणाम हो ? माक्र्सवादमा कसरी भय छ ? वा माक्र्सवादले कसरी भय पैदा गर्छ ?
मैले यी सबैमा किन, कसरी भय छ भनेर व्याख्या गरेको छु । वर्गसंघर्षको अनिवार्य परिणाम डर, त्रास, भय होइन, भयको परिणाम हो वर्गसंघर्ष । डर, त्रास र भय नेपाली शब्दकोषमा पयार्यवाची लागे पनि यसमा केही भिन्नता छ । माक्र्सवादले जीवन र जगत्को व्यापक व्याख्या गरेको पाइन्छ । यसको मुल लक्ष्य सर्वहारा, मजदुर, श्रमिकको हित गर्नु हो । हित गर्ने माध्यम वर्ग-संघर्षको हो । माक्र्सवादले जहिले पनि पूँजीवाल मान्छे, देश, समाजलाई शत्रु देख्छ । अहिले पनि समाजवादउन्मुख देशले अमेरिका, बेलायतजस्ता पूँजीवादी राष्ट्रलाई शत्रु देखिरहेछन् । उनीहरूसित जहिले पनि भयभित भइरहन्छन् । परिणाम स्वरूप आत्मरक्षाका लागि शक्तिशाली हतियारको निर्माण गर्छन् । उनीहरूलाई असुरक्षाको भय हुन्छ । माक्र्सवादले भय पैदा गर्ने त पूँजीवादलाई हो । माक्र्सवाद जन्मिनुको कारण पनि भय हो । विश्वमा भएका मजदुर, खास गरी जर्मन, फ्रान्समा भएका मजदुरको दीन अवस्था देखेर उनीहरूको हित गर्न जन्मेको सिद्धान्त हो । कार्ल माक्र्स र एङ्गेल्सले मजदुर, श्रमिक, किसान अन्याय, अत्याचार, शोषक, दमनमा परेको देखे । यदि, उनीहरूलाई यस अन्याय, अत्याचार, दमन, शोषणबाट निकाल्न सकिएन भने अभै पर्छन् भन्ने भय भयो । यही भयले मजदुर, किसान, श्रमिकको हितमा जन्मियो माक्र्सवाद ।-सौर्य

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित
  • काेरियाकाे सोनाम ल्होछार एक झलक (फोटो फिचर)
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...