Advertisement
SKIP THIS

बैदेशिक रोजगारीमा नेपाली महिला असुरक्षित


फोनिज कोरिया संवाददाता

काठमाडौँ-वैदेशिक रोजगारमा जाने महिला कामदारलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरी उनीहरुको गन्तव्यलाई सुरक्षित बनाउनुपर्ने खाँचो औँल्याइएको छ ।

 

वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आज यहाँ आयोजित अन्तत्र्रिmयामा कामका लागि विदेश जाने अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको सरोकारवालाले बताएका छन् ।

 

वैदेशिक रोजगार बोर्डका निर्देशक शिवराम पोखरेलले भूकम्पपछि विदेश जाने महिलाको सङ्ख्या बढ्न सक्ने हुँदा भूकम्प प्रभावित क्षेत्रमा उनीहरुलाई लक्षित गरी वैदेशिक रोजगारीमा आवश्यक पर्ने विभिन्न सीपमूलक परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिए ।

 

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि शोभा खरेलले महिलालाई ललाइफकाइ विदेशमा लगी बेच्ने गिरोह सक्रिय रहेकाले उनीहरुलाई राहदानी लिन अगाडिदेखि नै विभिन्न तहमा परामर्श उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

 

वैदेशिक रोजगार बोर्डका सदस्य एवम् व्यवसायी सीता देवकोटा, महिलाकी निम्ति अधिकार मञ्चका अध्यक्ष सिर्जना पुनले विभिन्न ऐजेन्टले प्रतिबन्धित मुलुकमा महिलालाई विभिन्न प्रलोभनमा पारी अन्य मुलुकबाट विदेश लैजाने गरेकाले त्यसलाई रोक्न अधिकारकर्मी लाग्नुपर्नेमा जोड दिएक थिए ।

 

दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालनका अध्यक्ष नेहा शर्माले वैदेशिक रोजगारमा गई ४ सय १५ महिला फर्केका त्यसमा ८६ गर्भवती भएका तथा अफ्रिकी, दुबई, खाडीलगायत मुलुकमा सय भन्दा बढी जेलमा परेका र ४१ जनाले आत्महत्या गरेको बताए ।

 

उक्त कार्यक्रममा विभिन्न मुलुकमा गई दुःख पाएका महिला कामदारका बारेमा निर्माण गरिएको सन्देशमूलक वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...