४० वर्षमा भएका चीनको आश्चर्यजनक प्रगतिका केही तथ्यहरु


गत चार दशकमा चीनले करोडौँ जनतालाई गरिबीको रेखामुनि बाट माथिमात्र तानेन स्वयं विश्वको दोस्रो ठूलो अर्थतन्त्र समेत बन्न सफल भयो। ।

चीनमा कारधनीहरूको सङ्ख्या ह्वात्तै बढेको छ। हाल त्यहाँ ३० करोड भन्दा बढी गाडी दर्ता छन्। तर मोटरसाइकलको दर्ता सङ्ख्या भने घट्दो छ।

चीनमा बढ्दो शहरीकरण तथा आर्थिक वृद्धिका कारण यसो भएको हो। तर यसको नकारात्मक असर पनि छ।

बेइजिङ बाट बाहिरीदै गर्दा भएको ट्राफिक जाम

धेरै शहरहरूमा ज्यादै ट्राफिक जाम हुन थालेपछि गाडिका लाइसेन्स प्लेटमा कोटा तोकिएका छन्। र विश्व स्वास्थ्य संगठनले हरेक वर्ष चीनमा वायु प्रदूषणका कारण दश लाखले ज्यान गुमाइरहेको जनाएको छ।

चीनको कुल गार्हस्थ उत्पादनले आकाश छोएको छ। यहाँका किनमेल प्रवृत्तिमा व्यापक परिवर्तन आएका छन्।

विश्वमा विलासी वस्तुका सबभन्दा धेरै उपभोक्ता मध्येमा चिनियाँ गनिन्छन्।

पहिले गहुँका लागि कुपन, कपडाका लागि कुपन, मासुका कुपन, माछाका कुपन, तेल तोफुका कुपनको आवस्यकता थियो तर अब यस्तो कुरा इतिहासमा मात्र बाँकी छ ।

सन् १९७० ताका का बालबालिकाको तुलनामा सन् २०१० का दशकका बालबालिकाका निम्ति जीवन निकै बदलिएको छ।

पहिलो कुरो त अब उनीहरू बाँच्ने आयु नै लामो भएको छ। सन् १९७८ मा चिनियाँको औसत बाँच्ने उमेर ६६ थियो भने अहिले त्यो ७६ पुगिसकेको छ।

त्यसमाथि उनीहरूले अब स्तरीय शिक्षा हासिल गर्ने सम्भावना पनि बढेको छ। सन् १९८० ताका साक्षरता दर ६६ प्रतिशत थियो भने सन् २०१० मा आइपुग्दा त्यो ९५ प्रतिशत पुगिसक्यो।

सन् १९७० ताका विदेश घुम्न जाने कुरा औसत चिनियाँ बालबालिकाका निम्ति कल्पना बाहिरको विषय थियो।

आजभोलि सबभन्दा धेरै विदेश घुम्ने पर्यटक चिनियाँ नै भएका छन्। उनीहरूले अर्बौँ डलर त्यसरी खर्च गर्छन्।

अनि फेरि विदेश पढ्न जानेमा पनि चिनियाँ विद्यार्थी नै धेरै छन्। चिनियाँ सरकारी आँकडा बमोजिम विश्वभर पढ्न जाने विद्यार्थीहरूमध्ये चिनियाँ विद्यार्थी कै सङ्ख्या सबभन्दा धेरै छ।

तर एउटा विषय चाहिँ सरकारले निकै चाहे पनि खासै परिवर्तन हुन सकेको छैन। त्यो हो जन्म दर।

आर्थिक सुधार घोषणा भएको एक वर्ष पछि सन् १९७९ मा सरकारले जनसङ्ख्या नियन्त्रण गर्न एक शिशु नीति अपनायो।

यसै पनि जन्मदर घट्दै थिए। तर उक्त विवादास्पद नीतिको कठोरतापूर्ण कार्यान्वयन गरियो।

सो नीति उल्लंघन गर्ने दम्पतिलाई जरिबाना देखि लिएर नोकरीबाट हटाइने तथा जबरजस्ती बन्ध्याकरण एवं गर्भपतन गराउने सम्म गरियो।

अहिले आएर चीनको जनसङ्ख्याको औसत उमेर, अन्य विकसित मुलुकमा झैँ, बढिरहेको छ।

सन् २०१५ मा सरकारले एक शिशु नीतिको अन्त्य गर्‍यो। उसले अब दम्पतिलाई दुईवटा शिशु सम्म जन्माउन अनुमति दिएको छ।

यो नीतिलाई निकट भविष्यमा अझ खुकुलो पारेर तीन वा बढी बच्चा जन्माउन दिने बनाउन लागिएको समेत ठानिँदैछ।

तर अहिलेका अधिकांस चिनियाँलाई धेरै बच्चा जन्माएमा तिनलाई हुर्काउन महङ्गो पर्ने र त्यसले आफ्ना व्यावसायिक जीवनमा असर पर्ने ठान्छन्।

अर्थतन्त्र बदलिएसँगै मानिसहरूको खानपान र उनीहरूले खर्च गर्ने सामग्रीमा पनि बदली आउँछ ।

आँकडाहरूले वितेका केही दशकमा चीनमा मासुको उपभोग कसरी बढिरहेको छ भन्ने देखाएका छन्।

विगतमा बँगुरको मासुलाई विशेष अवसरमा मात्र खाइने विलासी खाना मानिन्थ्यो।

तर अचेल औसतमा प्रत्येक चिनियाँले वर्षको ४० किलो बँगुरको मासु उपभोग गर्न थालेका छन्। बिबिसी ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...