Advertisement
SKIP THIS

कोरियाबाट खेल मैदान बनाउन सहयोग


फोनिज कोरिया संवाददाता

सोल-कोरियामा रहेका तेह्रथुम पौठाकबासीहरु वार्ड नं ४ डाडागाउमा ५ लाख ५० हजार रुपैयाँको लागतमा खेल मैदान निर्माण गरि दिएका छन् |

 

स्थानीय शारदा निमाबी र संसारी सुपर स्टार युवा क्लबको संयुक्त स्वामित्वमा रहने गरि निर्माण गरिएको खेल मैदान ८० मिटर लम्बाई र ४२ चौडाई रहेको छ |

 

संसारी सुपर स्टार युवा क्लबका पूर्व अध्यक्ष सन्त पंधाकका अनुसार उक्त खेलमैदान पहिले निजी स्वामित्वमा रहि बारीको रुपमा थियो। बि.स. २०६० साल माघमा तत्कालिन युद्दरत ने.क.पा.(माओबादी) को बिशेष पहलकदमी र अनुरोधमा उक्त जग्गा धनीको मन्जुरी लिएर जनमुक्ति सेनाको एउटा कम्पनी, स्थानिय संसारी सुपर स्टार यूवा क्लब ,वाड्नं. १ ,२,३ र र ४ का जनताको संयुक्त जनश्रमदानबाट निर्माण गरिएको कोरियामा कार्यरत पंधाकले बताए |

 

जब देशले शान्ति प्रक्रियामा प्रबेस गरेसंगै शारदा नि.मा.विको केहि रकम ,स्थानिय प्रबासी युवाहरुको केहि रकम सहयोग र स्थानिय क्लबका युबाहरुको केहि रकम सहयोगबाट उक्त खेल मैदान निजी स्वामित्वबाट त्यस बिधालयको नाममा दर्ता पास गरिएको थियो

 

उक्त खेल मैदान निर्माणसंगै संसारी सुपर स्टार युवा क्लबले उपयोग, संरक्षण,संबर्दन र प्रबर्दन, बिस्तार तथा सम्याउने कार्य गर्दै खेल प्रतियोगिताहरु पनि निरन्तर रुपमा गर्दै आइरहेको छ। हाल दक्षिण कोरियामा कार्यरत उक्त क्लबका भू.पू.पदाधिकारी, सदस्य र खेलाडीहरुको सामूहिक छलफल र निर्णयबाट उनीहरुकै बिशेष पहलकदमी र आर्थिक सहयोग रहेको छ।

 

उनीहरुले सामूहिकरुपमा कोरियामा कार्यरत पौठाकबासीहरुका साथै अन्यहरुसंग र कोरीया बाहेकका अन्य मुलूकमा कार्यरत पौठाक ४ बासीहरुसंग आर्थिक सहयोगको अनुरोध गर्दै स्थानिय स्तरमा रहेका उक्त क्लवका युवाहरुसंग समन्वय गरी निर्माण समिति बनाइ उक्त समितिको मातहतमा स्काभेटर लगाएर खेलमैदान खन्ने कार्य गत जुन १९ मा सम्पन्न भएको छ।

प्राङ्गण छेउछेउको खनिएको जग्गा कसैको मुआब्जा तिरेर र कसैले निशुल्क प्रदान गरेकाछन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वी नेपाल समाजले दीपावली विशेष शुभकामना आदानप्रदान एवम देउसी भैलो आयोजना गर्दै
  • नेपाल कोरियाको साँस्कृतिक मेलमिलाप दर्शाउने तेक्वान्दो प्रदर्शन
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...