मर्सको उपचार पछि निको हुनेको संख्यामा वृद्धि
निश्चल काउचा
सोल – मिडल इष्ट रेष्पीरेटोरी सिन्ड्रोम (मर्स)को उपचार पछि निको हुनेको संख्यामा वृद्धि भएको स्वास्थ्य तथा कल्याण मन्त्रालयले शुक्रवार जनाएको छ |
आठ जना मर्स संक्रमितहरु उपचार पछि पूर्ण निको भई हालै डिस्चार्ज भएका छन | यसरी उपचार पछि निको भएर डिस्चार्ज हुनेको संख्या ८१ जना पुगेको छ | हाल मर्सवाट संक्रमित ६८ जनाको उपचार भईरहेको छ | उपचार्थ ६८ जना मध्य १३ जनाको अवस्था चिन्ताजनक रहेको जनाईएको छ |
हालसम्म मर्सवाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ | शुक्रबार पनि मर्स एक जना मर्स संक्रमित भेटिएको अधिकारीहरुले जनाएका छन् | संक्रमितको संख्या हाल १८१ पुगेको छ |