देबिन्द्र काउचा र दिपा गुरूङकाे नयाँ झ्याउरे गीत ‘भुरूरू उड्ने चरी’ बजारमा


कोरियालाई कर्म थलो बनाएका प्रदेशी गायक तथा सर्जक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल,कोरिया शाखाको सल्लाहकार देबिन्द्र काउचा मगरले फेरी एउटा विशुद्ध मौलिक झ्याउरे गीत ‘भुरूरू उड्ने चरी’नामक निकै मिठो गीत लिएर आएका छन।

गीत सृजनामा अब्बल मानिने साथै रहस्यमय स्वरका जादु भएका गायक काउचाको यस भन्दा अगाडी आफ्नै स्वरमा ‘किन खोज्छ्यौ जोरी मायालु’नामक पन्चे बाजा,बेशी तिर झर दोहोरी गीत,बचनले रेट्ने मायालाई,बैश छदै सालैजो,यस्तै यस्तै दर्जनौ गीतहरू बजारमा आईसकेका छन।कोरिया जस्तो ब्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राखेका काउचाले प्रदेशीका कथा ब्यथालाई जस्ताको त्यस्तै गीतमा उतारेर ‘प्रदेशी’ नामक एकल लोक गीतहरू पनि बजारमा पस्किसकेका छन।

यस गीतमा संगै खेलेको बनपाखा डुलेको हितैको मायाको स्मरण गर्दै एउटा मौलिक,टिपिकल र सरल लय शब्दमा तयार भएको उक्त गीत दीपा गुरुंगको प्रस्तुतिमा रहेको गीतमा दीपा गुरुंग आफैले काउचालाई स्वरमा साथ दिएका छन।त्यसो त यी दुईको जोडी सुरूवाटी देखी नै जमेकोछ।काउचाका धेरै जसो गीतहरूमा दीपा गुरुगंकै स्वर पाईन्छ।कोरियामै रहनु हुने कुशल सर्जक मुन राना मगरको शब्दमा रहेको गीत लय भने गायक आफैले बनाएका हुन।

कमल सौरागको एरेन्जमा तयार भएको गीत मारूनी स्टूडियोमा अर्जुन बिरहीको रेकडिंग रहेको उक्त गीत मौलिक गीतहरूमा निर्देशनमा अब्बल मानिने कुशल निर्देशक यम गुरूगंको रहेको छ।अभिनयमा निर्देशक स्वयम् र बिष्णु दगामी मगरको रहेको छ।शम्भु चालिसे र भिषण काउचा मगरको छायांकन रहेको गीतमा बिष्णु शर्माले सम्पादन गरेका छन भने गायक काउचाकै आफ्नै यूट्युब मार्फत सार्बजनिक भएको छ।

यसै गरि आफ्नै स्वरमा रहेको ‘फेश बुकमा भेटेकी माया’नामक दोहोरी गीतको सम्पूर्ण कार्य तयारी रहेको र अब छिट्टै बजारमा आउने जानकारी दिएका छन।बाग्लुगंको माटोमा जन्मिएका काउचाले प्रबासमा रहेर पनि आफ्नो कला संस्कृति मार्फत प्रवासीहरूको मन जित्न सफल बनेका छन

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...