पहिलो एनआरएन दक्षिण काेरियाकाे उपाधी झापा एफसीले जित्यो


पहिलो एनआरएन कपको उपाधी झापा फुटबल क्लब दक्षिण कोरियाले जितेको छ । दक्षिण कोरियाको फोछनसीको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा सुवन फुटबल क्लब विरुद्ध झापा फुटबल क्लब दक्षिण कोरियाले १-० को नतिजा निकाल्दै झापा एफसीले उपाधी जितेको हो ।
खेलको पहिलो हापसम्म दुबै टोलीले बराबरी खेलेका थिए। दोस्रो हापमा झापा एफसीका किरण जाबेगुको कर्नर किकलाई सदुपयोग गर्दै हाङ्सु लिम्बुले हेड मार्फत निर्णायक गोल सँगै झापा एफसीलाई उपाधी चुम्न सफल भयो । खेलको यो नतिजालाई उल्टाउन नसक्दा सुवन एफसीले पहिलो एनआरएन कपको दोस्रो स्थानलाई चित्त बुझाउनु पर्यो ।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले आयोजना गरेको पहिलो प्रतियोगिताको उपाधी जितेका झापा एफसीले ३० लाख कोरियन वन, सिल्ड, मेडल र प्रमाणपत्र पाए । त्यस्तै उपबिजेता सुवन एफसेले १८ लाख कोरियन वन, शिल्ड, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा १४ समूहको सहभागिता थियो । खेल नाकआउट सिस्टममा खेलाइएको थियो । त्यस्तै प्रतियोगितामा ३ गोल गर्न सफल गुन्सान एफसीका मनोज लिम्बुले ‘सर्वाधिक गोल’को उपाधी पाए भने सुवन एफसीका किप्पर पवन लामाले ‘बेष्ट किपर’ को उपाधी पाए । त्यस्तै बेष्ट खेलाडीको उपाधी झापा एफसीका हाङ्सु लिम्बुले पाए ।
पहिलो एनआरएन कपको समापन कार्यक्रममा बिजेता, उपबिजेता समूहलाई एनआरएन अध्यक्ष लक्ष्मी गुरुङ, खेल संयोजक बिपिन गुरुङ, एनआरएनका पूर्व अध्यक्ष लगायतले पुरस्कार वितरण गरेका थिए । याे प्रतियाेगिता बर्षकै अन्तिम प्रतियोगिता हाे । अब २०१९ को सिजनमा गर्मी मौसम शुरु भए पछि अन्य फुटवल  प्रतियोगिता सुरु हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • जुन २२ का दिन ह्वासङमा ‘खुल्ला पुल प्रतियोगिता’ हुँदै
  • दक्षिण कोरियाको २१औं राष्ट्रपतिमा ली जे-म्यङ
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेटघाट कार्यक्रम सम्पन्न
  • नेपाल मगर संघ दक्षिण कोरियाद्वारा भुमे पूजा तथा वनभोज कार्यक्रम गर्ने
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...