Advertisement
SKIP THIS

असार २१ गतेदेखि ७ मुलुकमा निःशुल्क (सरकारको सूचना सहित)


फोनिज कोरिया संवाददाता

काठमाडौं- खाडीका ६ देश र मलेसिया गरि ७ मुलुकमा असार २१ गतेदेखि फ्रि भिसा र फ्रि टिकटको व्यवस्था लागू हुने भएको छ । व्यवसायीको दबाबका बाबजुद श्रम तथा रोजगार मन्त्रालयले यस्तो व्यवस्था लागू गर्न लागेको हो ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार २१ गतेदेखि बहराइन, कतार, साउदी अरब, यूएई, ओमान, कुवेत र मलेसियामा निःशुल्क भिषा र टिकट अनिवार्य गरिएको छ। यसबारे बोर्डले निकालेका सूचना हेर्नुहोस् ।

 

नेपाल सरकार

श्रम तथा रोजगार मन्त्रालयको

कामदारलाई न्यूनतम् शूल्कमा वैदेशिक रोजगारमा पठाउने सम्बन्धी सूचना !
श्रम तथा रोजगार मन्त्रालय(राज्यमन्त्रीस्तर) को मिति २०७२।०२।२६ को निर्णयअनुसार वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारमा जान श्रम स्वीकृति दिँदा देहाय अनुसार गर्ने गराउने निर्णय गरेको हुँदा सरोकारवाला निकाय तथा सर्वसाधारणको जानकारी एवं कारवाहीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

 

१.हालको लागि बहराइन, कतार, साउदी अरव, संयुक्त अरब ईमिरेट्स, ओमन, कुवेत र मलेसियाका लागि वैदेशिक रोजगारमा जाने कामदारको लागि रोजगारदाता कम्पनीले भिसा खर्च, आतेजाते हवाई टिकट वापत लाग्ने खर्च व्यहोर्ने साथै कामदारको तलबबाट अन्य कुनै खर्च नकटाउने सर्तमा मात्र वैदेशिक रोजगार विभागले उक्त देशहरुमा नेपाली कामदार पठाउन श्रम स्वीकृति दिने व्यवस्था मिलाउने ।

 

२.वैदेशिक रोजगारीका लागि जाने कामदार छनौट भैसकेपछि सम्बन्धित इजाजतपत्रवाला संस्थाले कामदारलाई सम्बन्धित संस्थाहरुमा उपस्थित गराई आवधिक जीवन बीमा, अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण गराउने कार्य र कल्याणकारी कोषमा तोकिएको शुल्क बुझाउने प्रवन्ध गर्ने । वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ मा भएका यी व्यवस्थाहरुको लागि रोजगारदाताले रकम उपलब्ध नगराएमा मात्र सम्बन्धित कामदारहरुले आफै सम्बन्धित संस्थाहरुमा रकम बुझाई रसिद लिनु पर्नेछ ।

 

३. वैदेशिक रोजगारमा जाने कामदारले माथि क्र.सं.२ मा उल्लेख भएदेखि बाहेक इजाजतपत्रवाला संस्था, एजेन्ट वा अरु कसैलाई कुनै शुल्क वा दस्तुर तिर्नु, बुझाउनु पर्ने छैन । इजाजतपत्रवाला संस्थाहरुले पनि कामदारसंग कुनै शूल्क लिन पाउने छैनन् ।

 

४. रोजगारदाताले इजाजतपत्रवाला संस्थालाई कामदार आपूर्ति गरेवापत प्रबर्द्धन खर्च तथा सेवा शुल्क उपलब्ध नगराएको वा नगराउने सर्त रहेको सम्बन्धित रोजगारदाताको आधिकारिक पत्र पेश गरेमा इजाजतपत्रवाला संस्थाले रु.१०,०००।– सम्म प्रबर्द्धन खर्च एवं सेवा शूल्क लिन पाउनेछ । यसरी सेवाशूल्क लिएपछि इजाजतपत्रवालाले कामदारलाई अनिवार्य रुपमा रसिद दिनुपर्नेछ ।

 

५.गन्तव्य मुलुकको रोगजारदाताले कामदार आपूर्ति गर्न नेपाल स्थित इजाजतपत्रवाला संस्थालाई हवाइ टिकट, सेवा शुल्क लगायतको लागि उपलब्ध गराउने रकम सम्बन्धित संस्थाको नाममा रहेको नेपालस्थित बैंक खातामा जम्मा गरी तदनुसार आम्दानी तथा खर्चको विवरण राख्नु पर्नेछ ।

 

६.उल्लेखित देशहरुमा कामदार पठाउँदा लाग्ने शूल्क (भिसा खर्च, आतेजाते हवाई टिकट) रोजगारदाता कम्पनीले नव्यहोर्ने गरी प्राप्त भएका मागपत्रको आधारमा कामदार छनौट गर्न पूर्वस्वीकृति दिइने छैन ।

 

७.यस व्यवस्था बमोजिमको न्यूनतम शुल्कमा वैदेशिक रोजगारमा गएको कामदारले करार बमोजिमको काम तथा कार्यसमय फरक परेमा, तलब सुविधा नपाएमा, कम्पनी फरक परेमा, बिरामी हुँदा उपचार नपाएमा र स्वास्थ्य परीक्षणमा असफलभई फर्कनु परेमा बाहेक कामदारको आफ्नै कारणबाट ३ (तीन) महिना भित्र स्वेदश फर्कन चाहेमा रोजगारदाताले व्यहोरेको भिसा र टिकटको खर्च सम्बन्धित कामदारले इजाजतपत्रवाला संस्थालाई फिर्ता गर्नु पर्नेछ ।

 

८.   यस मन्त्रालयको मिति २०६०।०१।२४ को निर्णयबाट निर्धारण गरिएको वैदेशिक रोजगारमा मलेशियामा जाने कामदारको अधिकतम लागत खर्च रु. ८० हजार र खाडी मुलुकको लागि तोकिएको अधिकतम लागत खर्च रु. ७० हजार लगायत यस अघि तोकिएका अन्य शूल्क समेत लिन नपाउने गरी यसै निर्णय बमोजिम खारेज गरिएको छ ।

 

९.   उपरोक्त बमोजिमको व्यवस्था मिति २०७२।०३।२१ गतेबाट कार्यान्वयन हुने गरी लागू हुनेछ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...