Advertisement
SKIP THIS

रियल मेड्रिड छोड्नुको कारण खोले रोनाल्डोले


क्रिस्टियानो रोनाल्डोले रियाल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँगको सम्बन्धका कारण स्पेनिस क्लबमा ९ वर्षे चम्किलो करियरमा पूर्णविराम लगाउनु परेको बताएका छन् ।

रियालको टोलीमा सर्बकालीन उच्च गोलकर्ताको कीर्तिमान बनाएपछि झण्डै १० करोड युरोमा चार महिनाअघि युभेन्ट्स सरुवा भएका थिए । रोनाल्डोको तिव्र चाहना र अनुरोधका कारण उनको युभेन्ट्स सरुवा सम्भव भएको रियालले दाबी गरेको थियो । रोनाल्डोले एउटा अन्तर्वार्ता दिने क्रममा रियालको दाबी सत्य सावित हुने गरी ‘आफूप्रति पेरेजको व्यवहार फरक हुन थालेको’ बताएका छन् ।

‘क्लबभित्र मलाई फरकपना महशुष हुन थाल्यो । खासगरी अध्यक्षको व्यवहारमा मैले सुरुआती दिनको जस्तो महत्व पाउन छोडेको अनुभव भयो । पहिलो चार/पाँच वर्षसम्म मलाई रियालमा आफू ‘क्रिस्टियानो रोनाल्डो’ भएको जस्तो गौरवपूर्ण अनुभूति हुन्थ्यो । तर पछिल्लो समय त्यस्तो हुन छोड्यो,’ रोनाल्डोले अन्तर्वार्तामा भनेका छन्, ‘त्यसपछि मैले रियाल छोड्ने विषयमा सोच्न थालेँ । उनीहरु अहिले मैले क्लब छोड्न चाहेको प्रचार गरिरहेका छन् । तर मेरो विचारमा अध्यक्ष आफैँ पनि मलाई लामो समय त्यहाँ चाँहदैनथे जस्तो लाग्छ ।’

रोनाल्डोले आफू पैसाका लागि इटाली गएको चर्चाको पनि अन्तर्वार्तामा खण्डन गरेका छन् । ‘पैसाको लागि भए म चीन जान्थेँ । म पैसाको लागि युभेन्टस आएको होइन । यहाँ जति पैसा मैले रियालमा पनि कमाउँथेँ । युभेन्ट्स मलाई दिलोज्यानले चाहन्छ, फरक यही हो,’ उनले थपे, ‘साँचो कुरा के पनि हो भने रियालमा अध्यक्ष मलाई त्यहीँ बसेको हेर्न चाहन्थे, तर मैले छोड्दा पनि उनलाई कुनै समस्या थिएन ।’

रोनाल्डोको प्रेरणामा रियालले लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको थियो । च्याम्पियन्स लिगमा उपाधि रक्षा गर्ने कीर्तिमान बनाएको रियालले गत सिजन लगातार तेस्रो पटक जितेर कीर्तिमान अझै फराकिलो पारेको थियो । कठिन परिस्थितिमा क्लबको नेतृत्व सम्हालेर पनि लगातार तीन पटक उपाधि जिताउनुको जस भने प्रशिक्षक जिनेदिन जिदानमा गएको थियो । रियालका पूर्व सुपरस्टार फ्रान्सेली खेलाडी जिदानले गत सिजनको अन्त्यसँगै रियाल छोड्ने निर्णय लिएका थिए ।

रोनाल्डोले जिदानको बर्हिगमनसँग आफ्नो सरुवाको कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका छन् । रियालको तुलनामा युभेन्ट्सले दिएको महत्वबाट आफू लोभिएको ३३ वर्षे रोनाल्डोले बताए । गत सिजन रियालका लागि ४४ तथा जारी सिजनमा युभेन्ट्सका लागि सात गोल गरिसकेका रोनाल्डो लगातार तेस्रो वर्ष ‘बालन डी अर’ पुरस्कार पाउने आशामा छन् ।

‘पक्कै पनि मैले यसपाली पनि ‘बालन डी अर’ जित्ने सपना देखेको छु । यसपाली जित्न सके त्यो मेरो छैटौं ‘बालन डी अर’ हुनेछ र यसअर्थमा मैले लियोनेल मेसीलाई उछिन्ने छु । मेरो विचारमा म यसपाली यो उपाधिका लागि हकदार छु,’ उनले भनेका छन् ।

क्याथरिन मायोर्गाको ‘रेप’ आरोप लागेपछि रोनाल्डोमाथि लास भेगास पुलिसले अनुसन्धान गरिरहेको छ । २००९ मा भएको घटना भन्दै हाल ३४ वर्ष पुगेकी क्याथरिन मायोर्गाले लगाएको रेप आरोपको रोनाल्डोले खण्डन गर्दै आएका छन् ।

मायोर्गाले लास भेगासको एक होटलमा २००९ मा रोनाल्डोले आफूलाई यौन दूव्र्यवहार गरेको तथा ३ लाख ७५ हजार डलर दिएको आरोप लगाएकी छिन् । पुलिसका अनुसार मायोर्गाले थप विवरण नदिएपछि २००९ मै मुद्दा मिलिसकेको पुष्टि गरेको छ । तर मायोर्गाले मि टू अभियानबाट प्रेरित भएर आफूले मुद्दा पुनः ब्युँताएको बताएकी छिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...