Advertisement
SKIP THIS

एनसीसी दलीय प्रभावबाट मुक्त होस्– जनसम्पर्क समिति


फोनिज कोरिया संवाददाता

सोल-नेपाली कांग्रेसको कोरिया संगठन नेपाली जनसम्पर्क समितिले एनसीसीको नयाँ कार्य समिति दलीय चिन्तनबाट मुक्त भएर निर्माण गर्नुपर्ने जनाएको छ | उसले एक बिज्ञप्ति जारि गर्दै पुरानो ईतिहास बोकेको संस्था नेपाली सम्पर्क समिति दलीय चिन्तनबाट मुक्त भएर सबै क्षेत्र, जात,जाती ,धर्म, महिलाको समान प्रतिनिधित्व होस भन्ने आफ्नो स्पस्ट धारणा रहेको जनाएको हो |

 

‘यसको नेतृत्व गर्न राजनीतिकरण गर्नुहुँदैन, स्वच्छछविको सामाजिक व्यक्तित्वबाट चयन हुनुपर्छ र एनसीसीलाई मजबुत र बलियो बनाउन अब आउने नयाँ कार्यसमितिमा दलिय किसिमले निर्णय गरेर जानूहुँदैन,|’ समितिद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ |

 

समितिले एनसिसीको नेतृत्व गर्न नेपाली जनसम्पर्क समितिले कुनै व्यक्तिलाई आधिकारिक उम्मेदवार नबनाएको पनि प्रस्ट पारेको छ |

 

कोरियामा रहेका संस्थाहरु एक आपसमा मिलेर अगाडि बढ्नुपर्ने भावना आफ्नो सस्थाको रहेको भन्दै समितिले दुई दर्जन कृयाशिल संघसंस्थाहरुले मर्स नामक ज्यानमारा भाईरसको डर कायम रहदै गर्दा नेपाली सम्पर्क समिति, कोरियाको अधिबेशन केही समय स्थगित गर्न गरेको अनुरोधलाई एनसीसीले वेवास्ता गरेकोप्रति गहिरो खेद प्रकट गरेको छ ।

 

बिज्ञप्तिमा वर्तमान परिस्थितिमा जुन निर्णय नहुनु पर्ने थियो त्यही निर्णय एनसीसीले गरिसकेकोले अब सबै संघसंस्थाहरु र नेपाली समुदाय मिलेर आउदो २८ तारिख आइतबार हुने अधिबेशन सफल पार्नुको विकल्प नभएको पनि समितिले जनाएको छ |

 

समितिका सभापति नबराज शिवाकोटीद्वारा जारी बिज्ञप्तिमा कोरियामा रहेका नेपालीहरुले एकताको सन्देश दिन र नेपालमा गएको बिनासकारी भूकम्पको र कोरियामा रहेको मर्सको पीडा कम गर्न सहमतिमा कार्य समिति चयन गर्नुपर्ने जनाइएको छ |

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...