Advertisement
SKIP THIS

कोरियाको किम्हेमा धुमधामसंग तिज मनाईयो , एन सी सी अध्यक्ष अन्जु केसी सम्मानित


कोरियाको दक्षिणी क्षेत्र किम्हेमा नेपाली महिलाहरुको चाड तिज भव्यताको साथ मनाईएको छ । किम्हे सिस्टरहुड समुहको आयोजनामा भएको सो तीज कार्यक्रममा नेपालकी चर्चित लोकदोहोरी गायिका मञ्जु विक सहितका कलाकारहरुको प्रस्तुतीमा विविध सांस्कृतिक गरि उपस्थित सहभागिले रमाईलो गरेका थिए ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाकी अध्यक्ष अन्जु केसीको प्रमुख आथित्यमा भएको सो तिज कार्यक्रममा किम्हे तथा यस आसपासका नेपाली दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । किम्हे कल्चर सेन्टरमा गरिएको सो तिज कार्यक्रममा नेपाली परिकारको दर खाने कायक्रम सहित स्थानीय कलाकारहरु परि गुरुंग, नानु तामांग, नमुना र रत्नाले नृत्य प्रस्तुत गरेका थिए भने सुरज केसी , सुजता बस्नेतले तीज गीत गाएका थिए । साथै कार्यक्रममा महिला दिदीबहिनी लगायत सहभागीहरुले सामुहिक रुपमा नाचगान गरी रमाईलो संग तीज मनाएका हुन ।
सिस्टरहुड समुहकी अध्यक्ष सुजता बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रमका अन्य अथितीहरुमा एन आर एन उपाध्यक्ष साजन शर्मा , धादिंग समाजका अध्यक्ष सन्तोष अधिकारी , लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरु रहेको थिए । विष्णु बन्जाडेले स्वागत मन्तब्य राखेको सो कार्यक्रमको संचालन अनिता उप्रेती कठायत र सरिता बानिया संयुक्त रुपमा गरेका थिए ।
नेपाली संस्कृतिको जगेर्ना र दिदीबहिनीहरु विच सम्बन्ध विस्तार गर्न सो तीज कार्यक्रम गरिएको आयोजकले बताएको छ ।  सोही अवसरमा नेपाली सम्पर्क समितिका वर्तमान अध्यक्ष अन्जु केसी सम्मानित भएकी छिन । किम्हे सिस्टरहुट समुह किम्हेले तिज कार्यक्रम विच केसीलाई सम्मान गरेको हो ।
कोरियाको संघ संस्थाको छाता संगठनको वर्तमान अध्यक्ष केसीले कोरियामा रहेको संघ संस्था संग सहकार्य गर्दै वुद्ध प्रतिमा स्थापना अभियान सफल पार्नुका साथै कोरियाको नेपाली समाजमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको आयोजकले बताएको छ । उनलाई दोसल्ला ओढाएर फुल गुच्छा सहित सम्मान गरिएको थियो । सम्मान पछि अध्यक्ष केसिले महिलाहरुको संस्थाले सउलदेखि यति टाढा बोलाएर सम्मान गर्दा आफू अति खुसी भएको बताइन । केसिले आफूलाई यो सम्मानले सामाजिक काममा अझ सक्रिय भएर लाग्न प्रेरणा मिल्ने प्रतिकृया दिएकी छन ।
यसैगरी नेपालकी ख्यातीप्राप्त गायिका मञ्जु विक पनि सम्मानित भएकी छिन । उनलाई तिज कार्यक्रम विचमै सिस्टरहुड समुहले सम्मान गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...