Advertisement
SKIP THIS

प्रथम कन्काई कप फुटबलको उपाधि लमजुङ एफ सीको पोल्टामा, उप विजेता धरान एफ सी


३१ जुलाइ २०१८, सिओल

झापा मिलन समाज दक्षिण कोरिया र झापा एफ सीको आयोजनामा” प्रथम कन्काई कप २०१८” नामक फुट्बल प्रतियोगिताको उपाधि लमजुङ एफ सीले आफ्नो पोल्टामा पार्न सफल भएको छ।

कुल २० टिमको सहभागिता सहित “खेलकुदको विकास,अनुशासन र गतिशीलता, प्रवासमा पनि हाम्रो योगदान र निरन्तरता” भन्ने मुल नारा सहित झापा एफ सी आपतकालीन राहत कोष स्थापनार्थ आईतबार जुलाइ २९ तारिक सिओलको सोयोसन फुटबल ग्राउण्डमा निर्धारित समयमा गोल रहित भएपछि ट्राईबेकरमा ५ का विरुद्ध ४ गोलको अन्तरले उपाधि हात पार्न सफल भएको थियो।

उक्त प्रतियोगितामा आयोजक टिम झापा एफ सी र मगर एफ सीलाई क्रमश लमजुङ एफ सी र धरान एफ सीले पराजित गरेको थियो भने प्रतियोगिता बाट प्रथम हुने टिमलाई नगद २५ लाख कोरियन वन र द्वितीय हुने टिमलाई नगद १२ लाख कोरियन वन सहित ट्रफी, प्रमाणपत्र,मेडलले सम्मानित गरेको थियो। यसैगरी उत्कृष्ट गोलकिपर लमजुङ एफ सीका छिरिङ लामा, सर्वाधिक गोलकर्ता झापा एफ सी का हाङसु लिम्बु ,उत्कृष्ट खेलाडी धरान एफ सी का निशान्त श्रेष्ठ लाई उचित पुरुस्कार तथा प्रमाणपत्र सहित सम्मान गरेको थियो। यसैगरी उत्कृष्ट टिम गुनसान एफ सीले सम्मान सहित ट्रफी प्राप्त गरेको थियो।

फुटबल प्रतियोगिताको औपचारिक कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावासबाट महामहिम राजदुत अर्जुन जंगबहादुर सिंह, बिशिष्ठ अतिथिमा दोङदुछन सिटीका मेयर छोय योङदक,सिटि काउन्सलर लि सुङ सु र यसैगरी बिशेष अतिथिहरुमा एनआरएनए कोरियाको अध्यक्ष लक्ष्मी लामा,समाजका संरक्षक एवं एनआरएनए कोरियाका संस्थापक अध्यक्ष केपी सिटौला,वोमन फर वोमनका अध्यक्ष पदमा श्रेष्ठ र नेपाल फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष कृष्ण गुरुङ लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । समाजका अध्यक्ष राजु सन्तोषी थापाको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रमको संचालन भने सह सचिव आन्नद अधिकारीले गर्नु भएको थियो।

उक्त प्रतियोगितामा विजयी हुने टिम र पुरस्कृत खेलाडीहरूमा हार्दिक बधाईका साथ सहभागी सबै टिमलाई विशेष धन्यवाद सहित प्रमाणपत्र प्रदान गरेको थियो। प्रतियोगिता सफलतापुर्वक सम्पन्न गर्नको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न क्षेत्रबाट हर किसिमको आर्थिक,भौतिक तथा नैतिक रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी महानुभावहरु,अतिथि ज्यूहरु, व्यावसायिहरु, रेफ्रीहरु लगायत उपस्थित सम्पूर्ण फुटबल प्रेमी नेपाली दाजु भाइ तथा दिदीबहिनी हरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै खेलकुदको दौरानमा घाइते हुनु भएका खेलाडीहरूको शिघ्र स्वास्थ्यलाभको कामना सहित उपचारार्थ सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...