Advertisement
SKIP THIS

प्रथम नेपाल भलिबल कपकाे उपाधि फेरी पनि स्याङ्जा परिवारकाे पाेल्टामा।


यम श्रीस / लेसन गुरूङ-

नेपाल कोरिया भलिबल संघको आयोजनामा जुलाई १९ तारिख सउलमा  सम्पन्न भएकाे प्रथम  नेपाल भलिबल कप २०१८ काे उपाधि स्याँङ्जा परिवारले जितेकाेछ। फाइनलमा स्याँङ्जाले साेझाे २ सेटमा  माेना म्याग्दी काेरियालाइ हराउदै उपाधि जितेकाे हाे। यस संगै याे सिजनकाे ४ प्रतियाेगिता मध्ये ३ खेलमा स्याँजाले  प्रथम उपाधि चुमेकाेछ।

नेपाल कोरिया भलिबल संघद्वारा पहिलो पटक आयोजित प्रथम नेपाल भलिबल कप दक्षिण कोरियाको सौलमा अाइतबार सम्पन्न भएको छ। “हाम्रो प्रतिबद्दता,स्वास्थ्य र राष्ट्रका लागि खेलकुद प्रतियोगिता “भन्ने मुल नारा सहित खेल मैदानमै घाईते खेलाडीहरको उपचारको लागि सहयोग गर्ने उद्देश्यसहित “अक्षय कोष “स्थापनार्थ  भलिबल   प्रतियोगिताकाे अायाेजना गरिएकाे हाे।

प्रतियाेगितामा नेपाली राजदुताबास सौलका महामहिम राजदुत अर्जुन जंग बहादुर सिंह प्रमुख अतिथि रहेका थिए भने एन.आर.एन.ए. एसिया प्यासिफिक उप-संयोजक विनोद कुंवर ,एन.आर.एन.ए. कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङ र एन.सी.सी. कोरियाकी अध्यक्ष अञ्जु के.सि. लगाायत विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू बिशेष अतिथि रहेका थिए। भलिबल खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थितिका बीच संघका संयोजक भजिन्द्र क्षेत्रीको सभापतित्वमा प्रतियाेगिता सम्पन्न भएको थियो।

दक्षिण कोरियामा स्थापित विभिन्न नेपाली संघसंस्थाहरुको सहभागितामा कुल १८ टिमले भाग लिएको प्रतियोगितामा पोल A बाट क्रमैसंग पहिलो चरणमा तनहुं सम्पर्क समिति द.कोरियालाई ,क्वार्टरफाईनलमा म्याग्दी मोना कोरिया B लाई र सेमीफाईनलमा गुल्मी सम्पर्क समिति द.कोरियालाई पराजित गरि फाईनलमा प्रवेश गरेको थियो।भने पोल B बाट क्रमैसंग सिहुङ्सी आनसान A लाई पहिलो चरणमा,विश्वकर्मा समाज द.कोरियालाई क्वार्टरफाईनलमा र कालीगण्डकी ब्वाईजलाई सेमीफाईनलमा पराजित गर्दै म्याग्दी मोना कोरिया A फाईनलमा प्रवेश गरेको थियो।

प्रतियोगिताको औपचारिक कार्यक्रमको उद्घाटन संगै शुरु भएको फाईनल खेल स्याङ्जा परिवार र म्याग्दी मोना A को बीचमा भएको थियो। अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक रुपमा सम्पन्न फाईनल खेलमा स्याङ्जा परिवारले मोना म्याग्दी A लाई सोझो २ सेटमै पराजित गरि कोरियाको नेपाली भलिबल प्रतियोगिताको ईतिहासमा हालसम्मकै सर्बाधिक पुरस्कार राशि भएको उपाधि नगद १५ लाख वोन,कप र प्रमाण-पत्र हात प्राप्त गर्यो भने उपविजेतामै चित्त बुझाउन परेको म्याग्दी मोनाले भने नगद ११ लाख,कप र प्रमाणपत्र हात पार्यो।यसै गरि तृतीय हुन सफल दुई सेमीफाईनलिष्ट टिम गुल्मी सम्पर्क समिति र कालीगण्डकी ब्वाईजले नगद ४ /४ लाख वोन र प्रमाणपत्र प्राप्त गर्यो।

यसै गरि प्रतियोगितामा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु विभिन्न विधामा पुरस्कृत हुंदै नगद ,कप र प्रमाणपत्र प्राप्त गर्यो।जसमा बेस्ट प्लेयर(उत्कृष्ट खेलाडी)को उपाधि स्याङ्जा परिवारका खेलाडी सुजन गुरुङ,बेस्ट स्पाईकरको उपाधि कालीगण्डकी ब्वाईजका खेलाडी आशिष ठकुरी,बेष्ट ब्लाकरको उपाधि गुल्मी सम्पर्क समितिका खेलाडी जीवन मगर र बेष्ट लिफ्टरको उपाधि स्याङ्जा परिवारका खेलाडी राम गुरुङले प्राप्त गरेको थियाे।

कार्यक्रमको अन्तमा सम्पुर्ण विजयी टिमहरु र पुरस्कृत खेलाडीहरलाई हार्दिक बधाईका साथै सहभागी सबै टिमलाई विशेष धन्यवादका साथमा उक्त भलिबल प्रतियोगिता सम्पन्न गर्नको निम्ति आर्थिक सहयोग गर्नुहुने मुख्य प्रायाेजक स्याङ्जा परिवार र अन्य बिशेष  सहयोगदाताज्यूहरु ,व्यस्त समयको बाबजुत कार्यक्रममा उपस्थित प्रमुख अतिथि ज्यूलगायत सम्पुर्ण अतिथि ज्यूहरु ,विभिन्न तबरले विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनु हुने सल्लाहकारज्यूहरु, रेफ्रि विभागका सम्पुर्ण रेफ्रि ज्यूहरु साथै उद्योगी ,व्यवसायी,मिडियाकर्मी,पत्रकार, विद्यार्थी लगायत सम्पूर्ण कोरियाबासी भलिबल खेलप्रेमी नेपाली दाजु भाइ तथा दिदीबहिनी हरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रमका सभापति एवं संघका संयोजक भजिन्द्र क्षेत्रीले कार्यक्रम समापन भएको घोषणा गरेका थिए।औपचारिक कार्यक्रमको सञ्चालन संघका सचिव लेसन गुरुङले गरेका थिए।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...