Advertisement
SKIP THIS

कोरिया जानेको लर्को


कुम्भराज राई

ओखलढुंगा-केही वर्ष अघिसम्म उमेर १६ लागेपछि थाक्ले गाविसका युवा बेलायती सेना र सिंगापुर प्रहरीमा भर्ना हुन कसरत सुरु गर्थे । लाहुरे हुने सपनाकै कारण पढाइ छाडेर भविष्य बर्बाद बनाउनेको कमी थिएन । लाहुरे बन्न नसकेका युवा खाडी मुलुकतिर हान्निन्थे ।

 

अहिले परिस्थिति फेरिएको छ, लाहुरे हुने तयारीभन्दा कोरिया जान भाषा सिक्नेको लर्को धेरै छ । थाक्लेका ५, ६, ७, ८ र ९ वडा ३४ जना कोरिया पुगिसकेका छन् । हिलेपानी, जाक्मा र सोक्माटार गाउँमा कोरिया जाने चलन बढेको छ ।

 

यसरी सुरु भयो लहर

 

७ वर्षअघि बेलायती सेनामा भर्ती हुन नसकेपछि निराश भएका ८ युवा ललितपुर इमाडोल चोकको चिया पसलमा दिन काट्दै थिए । एक दिन ईपीएसमार्फत कोरिया जान सकिने उनीहरूले सुने । गाउँकै पचुराम राईले मासिक लाखौं कमाउन सकिने बताए । त्यसपछि उनीहरू भाषा सिकेर ईपीएस परीक्षाको तयारीमा लागे । त्यसयता हाम्रो गाउँबाट कोरिया जाने युवा कुनै वर्ष छुटेका छैनन्,’ हाल कोरियामै रहेका नरेश बाम्बुलेले भने, ‘एकले अर्काको सिको गर्दै आइरहेका छन् ।’ उनका अनुसार ३४ जनामध्ये ४ कृषि र अन्य सबै औद्योगिक क्षेत्रमा कार्यरत छन् । ती सबै बाम्बुले राई समुदायका हुन् । हिलेपानीबाट एकै घरका ४ दाजुभाइसम्म कोरियामा रोजगारीमा छन् ।

 

कोरिया पुगेर मासिक न्यूनतम १ लाख रुपैयाँ कमाइ हुने गरेको छ । उक्त रकम भने अधिकांशले अनुत्पादक क्षेत्रमा लगानी गरेका छन् । ९० प्रतिशतले घर र जग्गामा लगानी गरेका छन् । गाउँमै घर बनाउनेदेखि सुनसरीको तरहरा र धरान, उदयपुरको कटारी तथा ललितपुरको इमाडोल क्षेत्रमा घरजग्गा किनेका छन् ।

 

संगठित बन्दै समाज सेवामा

 

एकै समुदायबाट ठूलो संख्यामा कोरिया पुगेका बाम्बुले राई समुदायका युवाले संगठित बन्दै सामाजिक काम थालेका छन् । उनीहरूले खेलकुद, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग गर्दै आएका छन् । बाम्बुले राई स्पोर्ट्स क्लबलाई ७५ हजार, हिलेपानीबाट कोरिया पुगी स्वास्थ्य समस्या भोगिरहेका राजन राईको उपचारमा १ लाख ८० हजार, नेपाल आइडलका फस्ट रनर अप बुद्ध राईलाई २३ हजार सहयोग गरिसकेका छन् ।

 

यस्तै, ओखलढुंगा सेवा समाज नामक संस्थासँग सहकार्य गरी भूकम्पबाट जिल्लामा ज्यान गुमाएकाहरूका परिवारलाई पनि नगद सहयोग गरेका छन् । जनही मासिक रकम संकलन गर्ने गरेका छन् । सन् २०१६ भित्र एम्बुलेन्स खरिद गर्ने लक्ष्यका साथ रकम संकलन गरिरहेको कोरियाबाट नरेश बाम्बुलेले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...