म्याग्दी रनिङ कपकाे उपाधि स्याङजा परिवारले चुम्याे।


म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले अायाेजना गरेकाे म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे उपाधि स्याङ्जा परिवारले  चुमेकाेछ। जुलाइ १५ तारिख अाइतबार खाङ्बुक युथ सेन्टर सुयुकाे कभर्ड हलमा भएकाे  भलिबल प्रतियाेगितामा साेझाे २ सेटमा म्याग्दी माेना काेरियालाइ हराउदै स्याङ्जाले उपाधि जितेकाे हाे।जीत संगै स्याङ्जा परिवारले पुरस्कार स्वरूप १३ लाख वन नगद, कप र प्रमाण पत्र प्राप्त गरेका थिए। दाेश्राे हुने  म्याग्दी माेना काेरियाले १० लाख वन नगद र कप साथै प्रमाणपत्र प्राप्त गरेका थिए। त्यसै गरि सेमिफाइनल खेलेका २ टिम बाग्लुङ सम्पर्क समिति र काली गण्डकी ब्वाइजले सान्त्वना पुरस्कार  ३५०००० वनका दरले नगद प्राप्त गरेका थिए। बेस्ट प्लेयरकाे उपाधि भने माेना काेरियाका खेलाडी मनाेज कार्कीले प्राप्त गर्न सफल भए।

विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोना कोरियाले यो सिजनको तेस्रो प्रतियोगिता भब्यताका साथ सम्पन्न गरेकाे छ। माेना काेरियाका अध्यक्ष किसन सेन्चुरीकाे अध्यक्षतामा भएकाे प्रतियाेगिताकाे प्रमुख अतिथिमा काेरियाका लागी नेपाली  महामहिम राजदुत अर्जुन जङ्ग बहादुर सिंह रहेका थिए भने  बिशेष अतिथिहरूमा एन अार एन ए एसिया प्यासिफिक उप संयाेजक बिनाेद कुंवर, नेपाली सम्पर्क समिति काेरियाका अध्यक्ष अन्जु केसि, एन अार एन ए काेरियाका अध्यक्ष लक्ष्मी गुरूङ,नेपाल अादिवासी जनजाति महासंघका पुर्ब अध्यक्ष भक्त शेरचन ,नेपाल काेरिया भलिबल संघका अध्यक्ष भजिन्द्र क्षेत्री लगाएतका रहेका थिए।

प्रतियाेगिता स्थलमा भलिबल खेल प्रेमीहरूकाे बाग्लाे उपस्थिति रहेकाे थियाे। नेपाली परिकारका खाजा सेल राेटी,भुटुवा अचार, मम र चिसाे पेय पदार्थकाे बिक्रि बितरण गरिएकाे थियाे। जि एम इ रेमिट कम्पनिले खाता खाेल्ने स्टल पनि राखेकाे थियाे।

प्रतियाेगितालाइ मुख्य प्रायाेजन गर्ने जी एम इ रेमिट्यान्स, लाली गुराँस खाजा घर तुन्देमुन, ब्यानर स्पाेन्सर गर्ने पुर्णिमा रेष्टुरेण्ट सुवन, कार्यक्रम ब्यवस्थापन स्पाेन्सर दुर्गा ग्रुप काेरिया, प्रथम पुरस्कार कप स्पाेन्सर याद गर्बुजा अध्यक्ष पुन समाज, दाेश्राे पुरस्कार कप स्पाेन्सर भजिन्द्र क्षेत्री  अध्यक्ष नेपाल काेरिया भलिबल संघ, बेस्ट प्लेयर कप प्रायाेजन गर्ने माेना काेरियाका निबर्तमान अध्यक्ष लाेक बानिया, कार्यक्रम प्रायाेजक हिमालयन किचन खारेबि र लाली गुराँस रेष्टुरेण्ट फारान साथै स्टेशनरी प्रायाेजन दर्शन नमस्ते रेष्टुरेण्ट दाेङ्देमुनले गरेका थिए। साथै मेडिया पार्टनरमा फाेनिज काेरिया र हेल्लाे नेपाल काेरिया डट कम रहेका थिए।

बिभिन्न क्षेत्रबाट सहयाेग गर्ने सम्पुर्ण संघ संस्था महानुभावहरू खेलाडी, रेफ्रीहरू,भाेलुन्टियर गर्ने म्याग्देली चेलीहरू,समितिका पदाधिकारी सदस्य  तथा सम्पुर्ण दर्शक महानुभावहरूलाइ माेना काेरियाका अध्यक्ष किसन सेन्चुरीले बिशेष धन्यबाद प्रदान गरेका थिए।

 

फाेटाे हिमानी गुरूङ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...