Advertisement
SKIP THIS

कास्की परिवार दक्षिण काेरियाले अायाेजना गर्ने बृहत भेलाकाे तयारी पुरा।


कास्की परिवार दक्षिण कोरियाले जुलाई २२ मा अायाेजना गर्ने बृहत कस्केली भेलाको तयारी पुरा भएको छ। संगठित समुह नै प्रदेश को सहारा हो भन्ने मुल नारा लिइ आपसी सहयोग सद्भाव तथा भाइचारा बढाउने उद्देश्यका साथ २००८ मा स्थापित कास्की परिवार ले यहि आउदो जुलाई २२ तारिख आईतबारका दिनमा बृहत् भेला गर्ने निर्णय गरेको थियो।

कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष दिल जलारी पासाका अनुसार उक्त भेलाले आगामी कार्यदिशा तय गर्ने छ साथै संस्थाका पदाधिकारी हरुको कार्य अबधी  समाप्तीका  कारण धेरै पदहरु रिक्त रहन गएका र वर्तमान कार्यसमितिको कार्यकाल समेत धेरै बाकी नरहेको कारण उक्त भेलाले पदपूर्ति गर्ने अथवा नया कार्यसमिति को चयन गर्ने भन्ने बिषयमा समेत छलफल गर्ने छ।

कोरियामा क्रियासिल रहेका विभिन्न नेपाली संघ सस्था हरु सङ हातेमालो गर्दै कोरिया तथा नेपालमा समेत समय समयमा आर्थिक सामाजिक सहयोग गर्दै आइरहेको तथा कोरिया मै विविध सांस्कृतिक कार्यक्रम खेलकुद कार्यक्रम को आयोजना गर्दै तथा अन्य नेपाली संघ सस्था ले आयोजना गरेको कार्यक्रम हरुमा सहभागी हुँदै आइरहेको सस्थाका अध्यक्ष ले जानकारी गराए।भोलिका दिनहरुमा समेत कास्की परिवार आवश्यक परेको ठाँउमा परिस्थिति अनुसार सक्दो सहयोग गर्ने जानकारी गराउदै कास्कीका अध्यक्ष पासाले समस्त कोरियावासी कस्केली दाजुभाइ दिदीबहिनीको साथ र सहयोगमा मात्रै सस्थाले प्रगति गर्न सक्ने तथा सस्थाका काम कामकारबाही प्रभावकारी हुने हुदा, बृहत भेलामा उपस्थित भै आफ्ना महत्त्वपूर्ण सल्लाह सुझाव दिनु हुन तथा संस्था प्रती ऎक्यबद्धता जाहेर गरि दिनु हुन अनुरोध गरेका छन्।

हाल कास्की परिवारको फूटबल तथा भलिबल खेलका मुख्य खेलाडीहरु कार्याबधी सम्पन्न भै नेपाल गएकाे कुरा कास्की परिवारका खेल संयोजक दल बहादुर गुरुङ्गले बताए। कुशल खेलाडीहरुको अभावमा राम्रो खेल प्रदर्शन गर्न नसकिएको हुदा कोरियामा नेपाली संघ सस्था हरुले आयोजना गर्दै आएका खेलहरुमा सहभागिता जनाउन नसकिएको जानकारी गराउदै बृहत भेला मा कास्कीबाट रोजगार ब्यापार तथा अध्ययनको लागि कोरिया आउनु भएका फूटबल र भलिबल खेलमा रुचि तथा दख्खल कास्केली दाजुभाइ दिदिबहिनीहरु सङ विशेष छलफल गरि कास्की परिवारको सशक्त फूटबल तथा भलिबल टिम बनाउने जानकारी गराउनु भयो।

गुरुङले उक्त भेलामा कास्कीका खेल प्रेमी खेलाडी तथा खेल्ने कला र इच्छा भएका कस्केली हरुको उल्लेखनीय सहभागिता हुने बिश्वास लिएका छन्। उक्त कार्यक्रममा नै आफ्नो अबधी समाप्त भै नेपाल जान लाग्नु भएका संस्थाका सल्लाहकार बालकृष्ण त्रिपाठी, उपाध्यक्ष गोबिन्द बराल ,कोषाध्यक्ष राजगोपाल सापकोटा लगाएतलाई बिदाई गर्ने कार्यक्रम पनि रहेको छ ।

कार्यक्रम नेपाल हाउस सौल मा हुने छ।

कार्यक्रम सम्बन्धि जानकारी

मिति —-२०१८/७/२२ आइतबार

समय___दिनको ठिक १२ बजे

स्थान —-नेपाल हाउस तोङ्देमुन सौल

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...