Advertisement
SKIP THIS

म्याग्दी रनिङ कपमा १३ टिमकाे सहभागिता हुने।


म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे टाइसिट सार्बजनिक गरेकाेछ। अाइतबार साैलमा भएकाे टाइसिटमा १३ टिमले सहभागिता जनाउने भएका छन्।

A पाेल मा ७ टिमले भाग लिएका छन् भने B पाेलमा ६ टिमले भाग लिएका छन्। A  टिममा  विश्वकर्मा समाज र ठकुरी समाज, गुल्मी सम्पर्क समिति र माेना काेरिया A,माेना काेरिया  B र सिहुन्सी अानसान B  प्रतिस्पर्धा गर्ने भएका छन्  भने बाग्लुङ सम्पर्क समिति काेरिया बाइमा परेका छन्।

त्यस्तै   B पाेलमा तनहुँ सम्पर्क समिति र तमु धिं दक्षिण काेरिया ,पुन समाज र स्याङजा परिवार , सिहन्सी अानसान A र काली गण्डकी ब्वायज प्रतिस्पर्धा गर्ने भएका छन्।

विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोना कोरियामा यो सिजनको तेस्रो प्रतियोगिता यहि जुलाइ १५ तारिख साैलमा अायाेजना गर्न लागेको कुरा मोना कोरियाका अध्यक्ष किसन सेन्चुरीले जानकारी गराएका छन्।

कोरियामा भलिबल प्रतियोगिताको सुरुवात मोना कोरियाले गरेको स्मरण गर्दै अहिले कोरियामा रहेका नेपालीमाझ भलिबल प्रतियोगिताको लोकप्रियता निकै बढेको उनले बताए । जुलाई १५ मा आयोजना हुने प्रतियोगितामा खेलको आनन्दसंगै विभिन्न परिकारहरुको स्वाद लिन सकिनेछ ।

प्रतियोगितामा प्रथम र द्धितिया हुने टिमले क्रमशः नगद १३ लाख वाेन र १० लाख वाेन र प्रमाणपत्र प्राप्त गर्नेछन भने सेमिफाईनालिष्ट दुई टिमले नगद ३ लाख ५० हजारको दरले पुरस्कार प्राप्त गर्नेछन । ३ लाख ५० हजार दर्ता शुल्क रहेको प्रतियोगिता जुलाई १५ तारिखमा खाङ्बुक युथ सेन्टरमा बिहान ९ बजेबाट सुरु हुने सेन्चुरीले बताएका छन् ।

सम्पर्ककाे लागि

अध्यक्ष , किसन सेन्चुरी ०१०९५५८८६८४

सचिब , सुमन पाैडेल  ०१०२१५१६८४०

खेल हुने मिति २०१८ जुलाइ १५ तारिख

स्थान खाङबुक युथ सेन्टर सुयु साैल

समय बिहान ९ बजे देखि

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...