Advertisement
SKIP THIS

दक्षिण कोरियामा प्रथम कन्काई कप फुटबल प्रतियोगिता हुने


रसियामा जारी बिश्वकप फुटबलको महासंग्राम सकिने लगत्तै नेपाल फुटबल महासंघ दक्षिण कोरिया अन्तर्गत रहेका क्लब बिच झापा मिलन समाज दक्षिण कोरियाको आयोजना र झापा एफ सीको विशेष सहयोगमा” प्रथम कन्काई कप २०१८” नामक फुट्बल प्रतियोगिता हुने भएको छ।

“खेलकुदको विकास,अनुशासन र गतिशीलता, प्रवासमा पनि हाम्रो योगदान र निरन्तरता” भन्ने मुल नारा सहित झापा एफ सी आपतकालीन राहत कोष स्थापनार्थ यहि २०१८ जुलाइ २९ तारिक सिओलको सोयोसान फुटबल ग्राउन्डमा सम्पन्न हुने आयोजकले जानकारि दिएको छ। प्रतियोगिताकाे तयारि तिब्र रुपमा अगाडि बढिरहेको  जनाइएकाेछ।सहभागि हुने टिमले  २ जुलाइ २०१८ बाट टिम दर्ता प्रकृया सुरु भएको पनि जानकारी गराएको छ। प्रतियोगिताको टाइसिट २२ जुलाइ २०१८ तारिक सार्वजनिक गरिने साथै सहभागी टिम सङ्ख्या बढी भएमा दर्ता प्रकृया रोकिने आयोजकले बताएका छन्।

सहभागि दर्ता शुल्क तिन लाख कोरियन वन लाग्ने छ भने  प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २२लाख कोरियन वन र द्वितीय हुने टिमलाई नगद १२ लाख कोरियन वन सहित ट्रफी, प्रमाणपत्र,मेडलले सम्मानित गरिनेछ। साथै उत्कृष्ट गोलकिपर , धेरै गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट टिमलाई लाई पनि उचित पुरुस्कार तथा प्रमाणपत्र सहित सम्मानित गरिने कुरा अायाेजकले जनाएको छ।

फुटबल प्रतियोगिता सगै बिभिन्न नेपाली खानाका परिकारहरु बनाइने आयोजकले जानकारी दिएको छ। फुटबलको रमाइलो सगै नेपाली खानाको स्वाद पनि लिन सकिने छ । प्रतियोगिता भब्य सभ्य र आनुशासित रूपमा सम्पन्न् गरिने कुरा समाजका अध्यक्ष राजु सन्तोषी थापाले बताएका छन्।

कोरियामा विभिन्न पेशामा आबद्ध रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ। उक्त प्रतियोगितामा टिम दर्ता तथा सहयोगको लागि सम्पर्कः राजु सन्तोषी थापा ०१०६२४५२४६९ रकम जम्मा गर्नको लागी खाता नं. LIMBU KABI RAJ KEB 하나 은행 ( 외환) a/c no: 620223480004 सम्पर्क: ०१०४६९४८४९१

पुनश्च उक्त प्रतियोगितामा १६ टिमले भाग  लिन सकिने जानकारी गराउदै त्याे भन्दा कमि हुन आएमा महसघको नियम अनुसार पुरस्कारको रकम घट्न सक्नेछ। टिममा म्यानेजर सहित १८ जना खेलाडी मात्र रहन सक्नेछन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...