विश्वकप फुटबल अनि ‘बकलोल फ्यानहरुको बकबक’


भनिन्छ फुटबल खेलहरुको राजा हो फेरी बकलोल फ्यानहरुले सोध्न सक्छन् खेलहरुको रानी चाही ? त्यो त म बकलोललाई पनि के थाहा ? शायद चर्चा र लोकप्रियताको आधारमा फुटबललाई खेलहरुको राजा भनेको हुनु पर्छ । संसार भरिका प्रायः देशहरुमा धेरथोर फुटबल खेलिन्छ, खेलाईन्छ । संसारका कति देशहरु फुटबल कै कारणले चिनिएका छन ।

जब फुटबलको महाकुम्भ मेला विश्वकपको कुरा आउछ अनि के चाहियो एक महिना फुटबलको बकलोल फ्यानहरुको बकबक ल्यांग्ल्यांग अनि ल्याँगफ्यांग पारा हेर्न लायकको हुन्छ । बकलोल फ्यानहरुको सनक्क सन्किने सन्काइपूर्ण स्ट्याटसहरु सामाजिक संजालको भिताभरि छताछुल्ल पोखिसकेपछि फूटबलको सनसनी झन् अर्कै लेभेलमा पुगेको भान हुन्छ । एकजना बकोलोलले लेखेछन् अर्जेन्टिना, ब्राजिल र पोर्चुगलले त चियाको कप उठाए मात्र हो विश्वकपको कप त स्पेनले उचाल्ने हो अर्को बकलोल प्रतिबाद गर्दै लेखिहाले अर्जेन्टिनाले विश्वकप जितेन भने मेरो दुईटै कान काटिदिनु बरु बहिरो भएरै बसौला ।

सामाजिक संजालमा फेक आइडी बनाएर अनेकौ स्टाटस लेख्नेको के कुरा गर्नु र ? अर्जेन्टिनाले विश्वकप नजिते मेरो कुमारीत्व दाउमा, ब्राजिलले नजिते म तिमीसँगै जान्छु आदि इत्यादी । बहादुर बकलोल पनि के कम होइन खेल त बेल्जियम को पो राम्रो छ त बेल्जियेमले विश्वकप जितेन भने मेरो फोटो मुनि RIP लेखिदिनु अनि अर्को बकलोल हरिभक्ते काकाको त झन् के कुरा गरि साध्य छ र ? जे होस् लगभग ९० मिनेटको समयमा ४५\९० मिटरको चौघेरा भित्र खेलाडीहरुले तान्डब देखाउँछ्न अनि बाहिर बकलोल फ्यानहरुले महिना भरि नै ।

फुटबलको बकलोल फ्यानलाई सनक चढेपछी मेस्सी, रोनाल्डो र नेमार जस्ता संसारले चिनेको दुनियाँले मानेको खेलाडीहरु पनि आफूजस्तै बकलोल लाग्छन् । उनिहरु Best of the Best अर्थात् उतम मध्येको पनि अती उतम हुन् भन्ने कुरा बिर्सन्छन । फुटबल जगतका ती हिराहरुलाई किरा, धमिरा, कमिला भन्न बाँकि राखदैनन् । लाग्छ फूटबलका बकलोल फ्यानहरुको बर्णमालामा A for Apple हैन A for Argentina हो अनि B for ball  हैन B for Brazil  हो अनि C for cat हैन C for Cristiano ronaldo हो र म बकलोल लाई चाही खै किन हो एउटा जर्सी लगाएर प्रोफाइल पिक्चर बनाउन मन लागेन ।

नेपालले कुनै दिन विश्वकप खेल्ने भयो भने चाही कसम डेटिङजाँदा होस् या मीटिंग जाँदा होस् नेपालको जर्सी लगाएर हिड्छु । विश्वास लागेन ? यही भएर त विश्वास दिलाउन कसम खाने हो नि नत्र थोडी कसम खाएर भोक मटिने हो र ? विद्याकसम, धरोधर्म यो ज्यान रहदै नेपालले विस्वकप खेलेको हेर्ने रहर छ । यो सगरमाथा वा बुद्धको देश मात्र भनेर कति हिड्नु हो ? मेस्सिको देश म्यरडोनाको देश, पेलेको देश, नेमारको देश भने जस्तै भनौला नी हामी पनि नेपाली खेलाडीको नाम लिएर ।

नेपाली बकलोल फ्यानहरुले अरुको देशको झन्डा बोकेर र्याली निकालेको, ताली पिटेको, झ्याली पिटेको जर्सी जलाको बेहोस भएर पानी पिलाको अनेक देखियो । कहिले कही लाग्छ अति भएन र ? हुन त मेस्सी आदि खेलाडीहरुको आफनै देशमा पनि Lionel Messi statue is vandalized for second time in a year भन्ने जस्ता समाचार न सुनिएका हैनन फ्यानहरुले थुकेको कुराहरु पनि बाहिर आए तर खेलमा हार जित हुनु सामान्य कुरा हो म त Win with style lose with style भन्ने खालको बकलोल परे अनि फ्यानहरुमा high levels of violence and low levels  of intelligence भयो भन्ने चिन्ता मात्र हो र ? खेलजगतको नीति वाक्य विकास, अनुशासन अनि गतिशीलतालाई खेलाडी अनि खेलप्रेमीहरुले बुझ्न सक्नु पर्छ भन्ने मात्र म बकलोलको भनाइ हो ।

बकलोल फ्यानहरुको बकबक, ल्याँगल्याँग अनि ल्याँगफ्यांग पारा देखेर रमाइलो मानिरहेको थिए एकदिन खाना ख्वाउने रेस्टुरेन्टको कोरियन आजुमाले तिम्रो देशले विश्वकप खेलेको छ ? भनेर सोधिन । मैले छैन भने, अनि किन ? भनेर फेरी सोधिन । हजारौ उतरहरु थिए तर एउटा पनि उतर दिन सकिन । मन अमिलो भयो फेरी सोधिन नेपालीहरु कुन खेल राम्रो खेल्छन ? अब त रिस उठ्यो मैले डन्डीबियो भन्दिएँ । फेरी आफैले सोधेँ कहिले सुनेको छौ ? नेपालकै मान्छेले धेरैलाई त थाहा छैन होला कताको कोरियन बुढीलाई थाहा हुनु ? खेल कस्तो हुन्छ ? कसरि खेलिन्छ ? बुढीले वाक्कै पारि । अब त अति भयो नेपालमा मात्र खेलिन्छ नेपालीहरु सबै भन्दा राम्रा खेल्छन डन्डीबियो । विश्वकप भयो भने नेपाललाई कसैले जित्न सक्दैन । मेरो के जान्छ । मैले पनि दिएँ । बुढीले मेरो कुरा कति पत्याई कुन्नी नमज्जाले मेरो मुखमा हेरेर आफ्नो कममा लागि । विद्याकसम एकछिन मलाई घुरेर अर्को प्रश्नमात्र सोधेको भए धरोधर्म म सगरमाथा अनि बुद्धको कुरा झिकिदिन्थे येत्रैसित ।
तनाब भयो हौ तनाब । त्यो बुढी आजुमाको बेस्वादको, बेफ्वाकको प्रश्नले, कठैबिचरा थाहा छैन नेपाल सम्बन्धी यस्तै अनेक प्रश्नहरुको खुशी खुशी गर्बसाथ जवाब दिने अनि आफ्नै देशको झन्डा बोकेर जर्सी लगाएर ल्याँगल्याँग गर्दै ल्याँगफ्यांग हुने दिन म बकलोलको कहिले आउला ? राम जाने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • नेपाल जनप्रगतिशिल मन्च कोरियाको अध्यक्षमा जिवन खतिवडा निवार्चित
  • फोनमनीबाट पैसा पठाउँदा तीन जनाले पाए दोब्बर रकम
  • कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात (फोटो फिचर)
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...