Advertisement
SKIP THIS

मर्स नेपाल भित्रने खतरा


दीपा दाहाल

काठमाडौं-कोरिया हुँदै थाइल्यान्डमा समेत भित्रिएको मिडिल इस्ट रेस्पिरेटोरी (मर्स) को भाइरस कुनै पनि बेला नेपाल भित्रन जोखिम बढेको छ।

 

विज्ञहरूले नियन्त्रणका लागि पूर्वतयारी नभएकाले कुनै पनि बेला मर्सको संक्रमण नेपालमा फैलिन सक्ने चेतावनी दिएका छन्।

 

श्वासप्रश्वासबाट सजिलै एकअर्कामा सर्ने मर्सबाट कोरियामा मात्र २४ जनाको ज्यान गइसकेको छ भने करिब दुई सयजना संक्रमित भएका छन्। केही महिनाअघि एउटा व्यक्तिलाई देखिएको उक्त संक्रमण घर तथा अस्पतालमा सतर्कता अपनाउन नसक्दा मिडिल इस्टमा मात्रै १५ सय बिरामी परेका थिए।

 

थाइल्यान्डमा पनि एकजनामा यो रोग देखिएको छ। सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले नेपाल र कोरियाबीच प्रत्यक्ष सम्बन्ध भएकाले यहाँ संक्रमण फैलिने जोखिम बढेको हो। सातामा दुईपटक नेपालबाट कोरियाका लागि उडान भर्ने गरिन्छ भने कामका लागि कोरिया पुगेका सयौं नेपाली कोरियन पर्यटकसमेत नेपाल ओहोरदोहोर गरिरहेका छन्। उनीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समयमै प्रारम्भिक स्वास्थ्य जाँच ‘स्क्रिनिङ’ नभएमा उक्त संक्रमण भित्रने स भावना बलियो छ।

 

‘सातामा सयौं मानिस नेपाल र कोरिया ओहोरदोहोर गर्छन्, जहाँ नेपाली र विदेशी दुवै हुन्छन्। उनीहरू कस्तो अवस्थामा नेपाल फर्किरहेका छन् भन्ने हामीले एकिन गर्नुपर्छ’, डा. पाण्डेले शनिबार अन्नपूर्णसँग भने, ‘सीमा नाकामा समेत स्क्रिनिङको राम्रो व्यवस्था हुन जरुरी छ।’ पाण्डेका अनुसार मर्सको संक्रमण नेपालमै परीक्षण हुने भए पनि धेरैलाई यसबारे जानकारी नहुँदा झन् जोखिम बढेको हो। ‘कोरियाबाट मानिस आएर हामीलाई थाहै नदिई घरमा जान सक्छन्।

 

बालबालिकालाई सार्न सक्छन्। उनीहरूले विद्यालयमा गएर सार्न सक्छन्’, डा. पाण्डेले भने, मर्सबाट जोखिन नेपालले भारतका सीमा नाकामा स्क्रिनिङको व्यवस्था हुनुपर्छ।’ इबोला संक्रमण फैलिने डरमा केही महिनाअगाडि विमानस्थलमा र सीमा नाकामा सञ्चालान भएका हेल्थ डेस्क अहिले निष्क्रिय छन्। विश्व स्वास्थ्य संगठनले सबै देशलाई उच्च सतर्कता अपनाउन आह्वानसमेत गरिसकेको छ |

 

मर्सका भाइरस फैलिनका लागि अहिलेको मौसम अनुकूल भएकाले सतर्क हुन आवश्यक रहेको चिकित्सक बताउँछन्। स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले नेपालमा पनि मर्सको जोखिम बढेकाले त्यससम्बन्धी सतर्कता अपनाउन थालिएको बताए। ‘जोखिम भएकाले हामीले कसरी भित्रन नदिने भन्नेमा छलफल अगाडि बढाएका छौं। विमानस्थलस्थित हेल्थ डेस्कले मर्स पनि परीक्षण गर्ने भएको छ’, डा.मरासिनीले भने, ‘हामीले हरेक अस्पताललाई सतर्क रहन निर्देशन पनि दिएका छौं।’-अन्नपूर्ण

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...