Advertisement
SKIP THIS

अमेरिकामा हत्या गरिएकी समिराको हत्यारा पक्राउ


फोनिज कोरिया संवाददाता

 

 

अमेरिका – टेक्सासको कोलोनी भन्ने ठाउँमा आफ्नै स्टोरमा गोली हानी हत्या गरिएकी नेपाली चेली समिरा शिवाकोटीको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । कोलोनी शहरको प्रहरीले आज एक पत्रकार सम्मेलन गरी शिवाकोटीको हत्यारा पक्राउ परेको जानकारी दिएको छ । हत्यारा १९ वर्षको अश्वेत वर्णको डियोन किङ्ग्सटन जुनियर नामको किशोर रहेको प्रहरीले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ ।

प्रहरीले फोटोसहित समिरालाई गोली हानी हत्या गर्ने हत्याराको विवरण सार्वजनिक गरेको हो । कोलोनी शहरको मेन स्ट्रिटमा रहेको -यापिडो कन्भेनियन्स स्टोरमा गतसाता बुधवार दिउँसो करीब एघार बजेतिर सोही व्यक्तिले स्टोरभित्र पेस्तोल प्रहार गरी शिवाकोटीको हत्या गरेको थियो ।

यो व्यक्तिले अस्ति बुधवार पनि हतियार देखाएर फ़्रिस्को भन्ने ठाउँको अर्को पसल लुटेको थियो । प्रहरीले समिरा हत्याराको शंकास्पद सूचीमा राखेर डियोन किङ्ग्सटनलाई खोजी गरिरहेको थियो । किङ्ग्सटन बुधवार फ़्रिस्को कन्भेनियन्स स्टोरमा पेस्तोल देखाएर लुटपाट गरी फरार थियो । यसैगरी बिहीवार अपरान्ह करीब चार बजेतिर यही व्यक्तिले कोलोनीकै टेक्साको ग्याँस स्टेशनमा हतियार देखाई स्टोर लुटेर भाग्दै गरेको अवस्थामा प्रहरीले तत्काल उसलाई पक्राउ गरेको थियो । सिलसिलावर लुटपाटमा संलग्न किङ्ग्सटन नै समिराको हत्यारा भएको पुष्टी भएको भन्दै प्रहरीले आज यसरी समिरा हत्यारालाई पक्राउ गरेको जानकारी गराएको छ ।

३१ वर्षीया समीराका नौ महिना र दुई वर्षकी दुई नावालिक छोरीहरु छन् भने पति नवराज डेन्टनमा बस्छन् । नवराजले पारिवारिक व्यवसयको रुपमा विगत चार वर्षदेखि विगत चार वर्षदेखि टेक्सासको कोलोनीमा ग्याँस स्टेशन र कन्भेनियन्स स्टोर सन्चालन गर्दै आएका थिए । सोही स्टोरमा काम गर्दै रहेकी समीरालाई जुन १० तारिख बुधवार किङ्ग्सटनले गोली प्रहार गरी हत्या गरेका थिए । हत्या गरिएकी समिराको गत आइतवार दाहसंस्कार गरिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...