चलचित्र शिरफुलको शिर्ष गीत ‘शिरफूल’ले युट्युवमा तहल्का मच्चाउदै


काठमाण्डौ: नेपाली चलचित्र शिरफुलको शिर्ष गीत ‘भिरै माथि भिर फूल शिरै माथि शिरफूल’ले युट्युवमा निकै तहल्का मच्चाईरहेको छ । सकारात्मक प्रतिक्रियाका साथै प्रस्तुत गीतले धेरैको मन जितेको छ । नेपाली लोकलय साथै शब्दलाई मिठासपूर्ण तरिकाले गाइएको यस गीतलाई युट्युवमा ४० लाख भन्दा बढीले हेरीसकेका छन् भने गीतको भिडियोलाई १४ हजार भन्दा बढीले लाइक गरेका छन् र करिब ८ सय भन्दा बढिले कमेन्ट गरेका छन् ।

देव राज आले मगर र तारा श्रीस मगरको सुमधुर स्वरले सुसजित प्रस्तुत गीतमा देवराज आलेको संगीत र राजु थापाको शब्द रहेको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । अजय स्यांग्तानको कोरियोग्राफीमा गीतको भिडियोमा अभिनेत्री मरिश्का पोख्रेल र कमल एक्चै मगरले दमदार नृत्य गरेका छन् ।

युवा पुस्तामा बढ्दो आधुनिकताले गर्दा परेको विकृतिलाई उजागर गर्दै त्यसको निराकरण पहिल्याउने विषयवस्तु समेटिएको ’शिरफुल’मा प्रेम, मौलिकता तथा संस्कारको नकारात्मक प्रभावको चित्रण गरिएको छ । गाउँदेखि शहरसम्मको विषय समावेश गरिएको यस फिल्म नारीप्रधान कथावस्तुमा तयार पारिएको छ ।

मगर्स क्रियसन र पर्फमिङ आर्ट क्रियशनको पहिलो प्रस्तुतीमा बनेको ’शिरफुल’लाई आशिर्वाद पुन मगरले निर्माण गरेका हुन् भने युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गरेका हुन् । फिल्ममा रुपा राना मगर, विनिता मगर, राज थापा, देव आले मगर, निता पुन मगर, पुजा गदल, नमिता तामाङ्, विना थापा, लिला गुरुङ, राजु योगिन, सुनिल मगर लगायतको अभिनय रहेको छ ।

फिल्ममा देव राज आले मगरको कथा, राज थापा र राजु योगिनको पटकथा र संवाद, हरि लम्सालको संगीत, श्री खड्काको द्वन्द्व, डिपी खनाल र सन्दिप थापाको गीत, सिद्धान्त एस पौडेलको निर्माण नियन्त्रण, निरज श्रेष्ठको छायांकन रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं दक्षिण कोरियाले आउँदो अगष्ट ३ र ४ तारिक “रजत जयन्ती” मनाउने
  • गायक छेटुप मोक्तनको ल्होछार दाङगे म्युजिकभिडियो सर्वाजनिक
  • कोरियामा एक हप्तामा चार नेपालीको मृत्यू
  • बिरामी रियाले पाईन् वन्जु मुन्माक मैत्री समाजबाट पाँच लाख वोन आर्थिक सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...