Advertisement
SKIP THIS

बुद्ध मुर्ति ल्याउन ७० प्रतिशत रकम जुट्यो -मुर्तिको मूल्य २२ लाख ५० हजार रुपैयाँ


अमिर योञ्जन तामाङ

कोरियामा नेपालबाट बुद्धको मुर्ती ल्याएर प्रतिस्थापन गर्नका लागि आर्थिक संकलन तीब्र रुपमा भइरहेको छ ।

तामाको मानव निर्मित मुर्तिको मूल्य र मुर्ति ल्याउने खर्चको ७० प्रतिशत रकम संकलन भएको छ । अभियान शुरु गरेको एक महिनाको अवधिमा २ करोड ७७ लाख २६ हजार ६ सय १५ कोरियन वान जम्मा भएको छ । मार्च ४ आइतबार दोङ्देमुनमा एक पत्रकार सम्मेलन गर्दै सो रकमको बिवरण आर्थिक संकलक भक्त शेरचनले जनाकारी दिएको हो । मुर्तिको मूल्य, कुरिएर भाडा र कर खर्च गर्दा लगभग ४ करोड कोरियन वान (४० लाख रुपैयाँ) लाग्ने अनुमान छ ।

कोरियाको पर्यटकीय क्षेत्र योङिनस्थित वाउछाङ्सा गुम्बा परिसरमा उक्त मुर्ती राख्नेछन् । मुर्तिको मूल्य ललितपुरको एक आर्टमा २२ लाख ५० हजारमा सम्झौता भइसकेको पत्रकार सम्मेलनमा जनाकारी दिए । मुर्तिको उचाई ७ फिट अग्लो र ४५० देखि ५०० केजीसम्मको तौला हुने अभियानका अभियान्त लोचन राईले जनाकारी दिए । मुर्तिलाई पाँच भागमा ल्याउने जनाएको छ ।

त्यस गुम्बामा नेपालको झण्डासहित बुद्धको मुर्ती बुद्धको जन्मजयन्तीको अवसरमा बृहत कार्यक्रम गरि राखिने छन् । नेपालबाट मुर्ति ल्याइसकेपछी राजधानीमा नगर परिक्रमा गर्ने जनाएको छ । मूर्तिलाई यहाँ मे पहिलो सातासम्म ल्याइसक्ने अभियानका संयोजक एवं नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसीले बताइन् । संयोजक केसीले `बुद्ध नेपालमा जन्मेको हो´ भन्ने सन्देशलाई नै बलियो बनाउँन यो अभियानले सहयोग पुग्ने बताइन् । उनले भनिन् यो पबित्र अभियान भएकोले सबैले सक्दो सहयोग गर्न अनुरोध गरिन् । अभियानको अवधी मे २२ तरिक सम्मको रहेकोले यहाँ रहेको संघसंस्थालगायत सम्पुर्ण मित्रहरुमा सहयोगको अपिल गरिन् ।

पत्रकार सम्मेलनमा विभिन्न संघसंस्थाका प्रतिनिधि, एनआरएनएका अध्यक्ष लक्ष्मी लामा गुरुङ, नेपाल बौद्ध परिवारका अध्यक्ष पेम्बा दोङ्बा ह्योल्मो, सोल गुम्बाका लामा प्रमुख कुनसाङ दोर्जे लामा लगायतका ब्याक्तित्वहरु उपस्थिति थियो ।

बुद्ध मुर्तिलाई नेपाली सम्पर्क समितीको संयोजनमा र नेपाल बौद्ध परिवार कोरियाको सहकार्यमा यहाँ ल्याउन लागेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...