Advertisement
SKIP THIS

बुद्ध मुर्ति ल्याउन ७० प्रतिशत रकम जुट्यो -मुर्तिको मूल्य २२ लाख ५० हजार रुपैयाँ


अमिर योञ्जन तामाङ

कोरियामा नेपालबाट बुद्धको मुर्ती ल्याएर प्रतिस्थापन गर्नका लागि आर्थिक संकलन तीब्र रुपमा भइरहेको छ ।

तामाको मानव निर्मित मुर्तिको मूल्य र मुर्ति ल्याउने खर्चको ७० प्रतिशत रकम संकलन भएको छ । अभियान शुरु गरेको एक महिनाको अवधिमा २ करोड ७७ लाख २६ हजार ६ सय १५ कोरियन वान जम्मा भएको छ । मार्च ४ आइतबार दोङ्देमुनमा एक पत्रकार सम्मेलन गर्दै सो रकमको बिवरण आर्थिक संकलक भक्त शेरचनले जनाकारी दिएको हो । मुर्तिको मूल्य, कुरिएर भाडा र कर खर्च गर्दा लगभग ४ करोड कोरियन वान (४० लाख रुपैयाँ) लाग्ने अनुमान छ ।

कोरियाको पर्यटकीय क्षेत्र योङिनस्थित वाउछाङ्सा गुम्बा परिसरमा उक्त मुर्ती राख्नेछन् । मुर्तिको मूल्य ललितपुरको एक आर्टमा २२ लाख ५० हजारमा सम्झौता भइसकेको पत्रकार सम्मेलनमा जनाकारी दिए । मुर्तिको उचाई ७ फिट अग्लो र ४५० देखि ५०० केजीसम्मको तौला हुने अभियानका अभियान्त लोचन राईले जनाकारी दिए । मुर्तिलाई पाँच भागमा ल्याउने जनाएको छ ।

त्यस गुम्बामा नेपालको झण्डासहित बुद्धको मुर्ती बुद्धको जन्मजयन्तीको अवसरमा बृहत कार्यक्रम गरि राखिने छन् । नेपालबाट मुर्ति ल्याइसकेपछी राजधानीमा नगर परिक्रमा गर्ने जनाएको छ । मूर्तिलाई यहाँ मे पहिलो सातासम्म ल्याइसक्ने अभियानका संयोजक एवं नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसीले बताइन् । संयोजक केसीले `बुद्ध नेपालमा जन्मेको हो´ भन्ने सन्देशलाई नै बलियो बनाउँन यो अभियानले सहयोग पुग्ने बताइन् । उनले भनिन् यो पबित्र अभियान भएकोले सबैले सक्दो सहयोग गर्न अनुरोध गरिन् । अभियानको अवधी मे २२ तरिक सम्मको रहेकोले यहाँ रहेको संघसंस्थालगायत सम्पुर्ण मित्रहरुमा सहयोगको अपिल गरिन् ।

पत्रकार सम्मेलनमा विभिन्न संघसंस्थाका प्रतिनिधि, एनआरएनएका अध्यक्ष लक्ष्मी लामा गुरुङ, नेपाल बौद्ध परिवारका अध्यक्ष पेम्बा दोङ्बा ह्योल्मो, सोल गुम्बाका लामा प्रमुख कुनसाङ दोर्जे लामा लगायतका ब्याक्तित्वहरु उपस्थिति थियो ।

बुद्ध मुर्तिलाई नेपाली सम्पर्क समितीको संयोजनमा र नेपाल बौद्ध परिवार कोरियाको सहकार्यमा यहाँ ल्याउन लागेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...