Advertisement
SKIP THIS

कोरियाको सीपलाई नेपालमा राष्ट्रपति पुरस्कार


गीता राना

पोखरा -स्याङजा परिवार दक्षिण कोरियाका संस्थापक अध्यक्ष छ्याम थापा क्षेत्रियस्तरको उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित भएका छन । थापालाई पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेशकुमार थपलियाले दोसल्ला ओढाइ सम्मान गरेका थिए ।

 

थापालाई सम्मान गर्दै क्षेत्रिय प्रशासक थपलियाले कृषि राष्ट्रको मेरुदण्ड भएको वताए । कृषि क्षेत्रमा सरकारले लगानी गर्न नसकिरहेको वेला निजी स्तरमा ब्यबसायिक कृषिबाट मुलुकलाई आर्थिक समृदधीतर्फ अगाडी वढाउनमा कृषकहरुको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

 

पुरस्कारले किसानहरुलाई कृषि क्षेत्रमा लाग्नमा थप प्रेरणा प्रदान गर्ने भन्दै थपलियाले एकजना किसानलाई मात्र नभई सम्पूर्ण कृषिमा लाग्नेका लागी सम्मान भएको समेत वताए ।

 

त्यस्तै सम्मानित ब्याक्तित्व छ्याम थापाले आफुले कोरियामा सिकेको सिपलाई नेपालमा प्रयोगमा ल्याएको वताउनुभयो । आफु कोरियामा रहदा बङगुर फर्ममा काम गरेको अनुभव सुनाउदै त्यसैलाई नै आफुले प्रयोगमा ल्याउन सफल भएको वताउदै ब्यवशायीक कृषिका लागी सरकारले कम ब्याजमा ऋण प्रदान गरेको खण्डमा नेपालमा ब्यवशायीक कृषि फस्टाउने बताए ।

 

नेपालमा अझैपनि बङगुर पाल्ने किसान र बङगुरको मासुलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको वताउदै त्यसप्रति सरकारले बङगुर पालनप्रति किसानलाई प्रेरित हुने खालको कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए ।

 

थापासंगै पश्चिमाञ्चलका ५ जना कृषकहरु सम्मानित भएका छन । नेपालको पांचवटै विकास क्षेत्रबाट पुरस्कृत २५ जना कृषक मध्येबाट प्रत्येक बिकास क्षेत्रबाट एकजना कृषकलाई राष्ट्रपतिको हातबाट सम्मान गर्ने कार्यक्रम रहेको क्षेत्रिय कृषि निर्देशनालय पोखराले जनाएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...