Advertisement
SKIP THIS

तरकारी बेचेरै बार्षिक ४० लाख


फोनिज कोरिया संवाददाता 

चितवन – रत्ननगरका तरकारी कृषक जीवसलाल राउत रौतहटबाट चितवन आउँदा खेतमा काम गर्ने मजदुर थिए। तर आफै तरकारीखेती गर्न थालेपछि भने उनले अरु मजदुरलाई काम दिनसक्ने भएका छन् । “यता आउँदा दिनको रु दुईसय खेतमा मजदुरी गरेर कमाउथे” उनले भने,” “अहिले आफ्नै तरकारी बेचेर वर्षको रु ४० लाख कमाउँछु ।” उनले गीतानगरमा १० बिगाहा क्षेत्रफलको खेतबारीमा एक्लै तरकारीखेती गरेका छन् ।

जहाँ १८ जना मजदुरले रोजगारी पाएका छन् । करेला, रामतोरिया, ,गोलभेँडा, लौका, चिचिन्डो, घिरौला, काँक्रा, खुर्सानी, भन्टा, बोडीलगायतका तरकारी उनको खेतबारीमा फलिरहेका छन् । करेलामात्र उनले तीन बिगाहामा लगाएका छन् । “सुरुमा मजदुर थिएँ अहिले मालिक भएको छु” उनले भने । उनी विसं २०४६ मा रौतहटबाट काम खोज्दै चितवन छिरेका हुन् । खेतबारीमा काम गर्दागर्दै एकदुई कट्ठा जग्गा भाडामा लिएर तरकारी लगाउन थाले । त्यसपछि बचेको पैसाले भाडाको जग्गा बढाउँदै गएपछि एक्लैले १० बिगाहाको तरकारीखेती गर्नसक्ने बनेको उनले बताए ।

उनले झै आफ्नै तरकारी खेतीबाट नाम र दाम दुबै कमाउनु भएको अर्का किसान चन्द्रबहादुर अधिकारी आफू मात्र होइन गाउँका अरु किसानलाई पनि खेतीमा सघाउछन् । फूलबारी क्षेत्रमा उनले गरेको प्राङ्गारिक तरकारीखेती हेर्न स्वदेशका विभिन्न क्षेत्रबाट किसान आउने गर्छन् ।  “गाउँका २०० भन्दा बढी किसानलाई सहकारीमा आवद्ध गराएर खेती गरिरहेको छु” उनले भने । सहकारीले लाखाैको कारोबार गर्छ । मल, बीउ र तरकारी तथा अन्न उत्पादनमा कहलिएको उनले थुप्रै सम्मान र पुरस्कार पनि पाएका छन् ।
चितवनको पश्चिमी भेग अहिले तरकारी खेतीका लागि फस्टाउँदै गरेको क्षेत्र हो । यहाँका किसान मौसमी बेमौसमी तरकारीखेती गरेर आफू मात्र होइन अरुको परिवारलाई पनि आम्दानीको बाटो देखाउने गर्छन् । विदेश जान लागेका युवा, विदेश गएर फर्किएका र नितान्त बेरोजगार भएका युवालाई लक्षित गरेर नेपाल सरकारले चलाइरहेको अनुदान कार्यक्रममा उनीहरु पनि सहभागी छन् ।
वरिष्ठ कृषि अधिकृत सोमनाथ घिमिरेका अनुसार सरकारले मध्य पहाडका नौ तथा तराईका १६ जिल्लामा यो कार्यक्रम लागू गरेको छ । उक्त कार्यक्रम अन्तर्गत यहाँ ४७ बिगाहा क्षेत्रफलमा तरकारीखेती भइरहेको छ । जिल्लामा छ हजार २०० हेक्टरमा तरकारीखेती हुने गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...