कोरियामा मानार्थ नागरीकबाट सम्मानीत गम्भीर दुई देशको सम्बन्ध प्रगाढ बनाउन अवसर र जिम्मा थपेको ठान्छन्


मञ्जु गुरुइ०
सोल

दक्षिण कोरियाको राजधानी तथा विषेश शहरको रुपमा परिचित सउल महानगर पालिकाले हरेक वर्ष कोरियामा रहेर विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका विदेशी नागरिकलाई वर्षेनी मानार्थ नागरिक्ता प्रदान गर्दै आएका छन् । कोरिया स्थित नेपाली राजदूतावासको सिफारीसमा प्रदान गरिने यो सम्मान यस वर्ष सन २०१७ को लागि गम्भीर श्रेष्ठलाई प्रदान गरिएको छ । यसरी नेपालबाट सम्मानीत हुने श्रेष्ठ छैठौ नेपाली हुन । कोरियामा हप्तै पिच्छे सम्पन्न हुने विभिन्न नेपाली कार्यक्रममा खासै देखा नपर्ने तथा यहाँका ६० भन्दा बढी संघ संस्थाका पदाधिकारी समेत नरहेका श्रेष्ठ को हुन ? किन उनलाई यो सम्मानको लागि राजदूतावासले सिफारिस गरे त .. ?

दक्षिण कोरियामा विगत सोह्र वर्षदेखि रहदै आएका गम्भीर श्रेष्ठलाई नोभेम्बर २९ तारिख सउलमा आयोजित विषेश समारोहमा सउलका मेयर पार्क वन सुनद्धारा श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो ।

सन २००१ मा अध्ययन भिषामा कोरिया प्रवेश गरेका श्रेष्ठ हाल व्यवसायीक भिषामा रहदै आएका छन् । यती इन्डीयन नेप्लीज रेष्टुरेन्ट र यति इन्टरनेशनल ट्रेड एण्ड टुरका संचालक हुन् । पाँच वर्ष अघि कोरियन युवतीसंग विवाह गरेका श्रेष्ठ हाल बहुसांस्कृतीक क्षेत्रमा विभिन्न एनजिओ मार्फत काम गर्दै आएका छन् । बहुसंस्कृतीक परिवारका अनाथ र असाह बालबालिकालाई छात्राबृद्धी प्रदान गर्ने, युवायुवतीहरुलाई विभिन्न परामर्श दिने र अन्तर संस्कृती सम्बन्धी काम गर्दै आएका छन् । श्रेष्ठले कोरियन युवतीसंग विवाह गरे पनि यहाँका नागरीक्ता लिने चाहना नभएको बताए ।

सन २००१ मा कोरियामा अध्ययन गर्न प्रवेश गरेका श्रेष्ठले विद्यार्थिकाल देखि नै विभिन्न माध्यमद्धारा कोरियनमाझ नेपाली कला र संस्कृतीको प्रचार प्रसार गर्दै आएका थिए । कोरियाका केविएस, एमविसी, इविएस जस्ता टेलिभिजन च्यानल र रेडियो मार्फत कार्यक्रम संचलनदेखि विभिन्न चलचित्रमा अभिनय गर्दै प्रवासी अधिकार बारे पनि आवाज उठाउदै आएका छन् । उनले थुइ०गुग विश्वविद्यालयमा कोरियन इतिहास सम्बन्धी अध्ययन गरेका छन्।

२००३ देखि ५ सम्म विश्व सम्पदा युनेस्कोको कोरियन नेशनल कमिशनमा रहेर काम गरेका थिए । नेपालमा छायाँकन गरिएको चर्चित कोरियन ड्रामा नाइन लगायत विभिन्न साना तथा ठूला पर्दामा अभिनय समेत उनले गरेका छन् । उनले कलाकारदेखि संचारकर्मीको परिचयबाट नेपाल र कोरियन कला संस्कृतीको प्रवद्र्धनमा काम गर्दै आएका छन् ।

सम्मान प्राप्त गरेपछि श्रेष्ठले फोनिज कोरियासंग कुरा गर्दै भने यसले नेपाल र कोरियाको सम्बन्धलाई अझ गाढा बनाउन थप जिम्मेवारी र अवसर दिएको छ । यो सम्मानले कोरियन संस्कृतीलाई थप प्रचार प्रसार गर्न लगाउनुका साथै नेपालमा कोरियन लगानी भित्राउन अवसर पाएको महसुश गरेको उनले थपे । यसभन्दा अघि सम्मान पाउनेहरुले यसको उपयोग गर्न नसकेको भन्दै सबैजना मिलेर दूताबाससंग सहकार्य गर्दै नेपालमा विभिन्न काम गर्न सकिने आशा पनि व्यक्त गरे ।

सउल रहेका विभिन्न देशका सामाजिक कार्यमा सक्रिय नागरिकलाई सम्बन्धीत दूतावासको सिफारीसमा नगरपालिकाद्धारा हरेक वर्ष मानार्थ सम्मान प्रदान गर्दै आएका छन् । नेपालबाट भने यसभन्दा अघि केपी सिटौला, तेन्जिन शेर्पा ,राजु क्षेत्री, जुनु गुरुइ० र हिम गुरुइ०लाई मानार्थ सम्मानद्धारा सम्मानीत गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...