Advertisement
SKIP THIS

प्रेस विज्ञप्ति जारी गर्दै आदिवासी जनजाति महासंघ कोरियाको पहिलो बैठक सम्पन्न


नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको पाँचौ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ। डिसेम्बर १७ तारिख आइतबारका दिन महासंघका नवनिर्वाचित अध्यक्ष पवन चाम्लिङ राईको अध्यक्षतामा सउल स्थित नेपाल हाउसमा बसेको बैठकले विगत केही वर्ष यता एनसिसी कोरियाले चुसक, सलनालमा गरिने सांस्कृतिक कार्यक्रम बाँडफाँडको क्रममा यहाँको जातीय संघ संस्थाहरु माथी गरेको विभेदलाई लिएर चिसिएको संवन्धलाई सुदृढ गर्दै विदेशी भुमिमा नेपाली बिचको एकता र सामाजिक संस्थागत सदभावलाइ कायम गर्नको निमित्त यस अगाडीको कार्यसमितिले गरेको निर्णयमा आधारित रहेर एनसीसी संग औपचारिक वार्ता गर्ने निर्णय गरेको छ।

त्यस्तै महासंघलाई अगाडी बढाउन सदैव सल्लाह, सुझाब र सहयोगको अपेक्षा गरि निवर्तमान अध्यक्ष चित्र बहादुर मोक्तान अध्यक्ष प्रमुख सल्लाहकार रहनेगरी सल्लाहकारहरु पनि चयन गरेको छ।

यसै गरि महासंघको मातहतमा पोखरामा अध्ययनरत २ जना छात्राहरुलाई १० कक्षा सम्म पढाइदिने सुरुवाती लक्ष्य अनुरुप त्यसलाई निरन्तरता दिनको निमित्त आर्थिक लेखाजोखा, मुल्यांकन गर्ने गरि महासंघमा रहेर यसमा योगदान दिनुहुने विभिन्न ब्यक्तिहरु सम्मिलित एउटा समिती निर्माण गर्ने निर्णय गरेको छ भने महासंघलाई चलायमान गराउदै लैजानको निमित्त विभिन्न उपसमितिहरुको महसुश गरि विभिन्न विभागहरु गठन गर्ने निर्णय अनुरुप तत्काल उपाध्यक्ष बाबुलाल मोक्तानको संयोजकत्वमा सांस्कृतिक विभाग र महासंघकै अंग फोनिज कोरियाका अध्यक्ष मन्जु गुरुङको संयोजकत्वमा संचार विभाग गठन गर्ने निर्णय गरिएको छ भने पाँचौ अधिवेशनबाट रिक्त रहेको पदमा महिला सदस्य तर्फ सपना सेलिङलाई मनोनित गरिएको छ।

आउदै गरेको सलनालमा गरिने सांस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने गरि आयोजित कार्यक्रममा विभिन्न जातिय संघ संस्थाहरुको अध्यक्ष,प्रतिनिधिहरु लगायत अन्यको उपस्थिती रहेपनी कार्यक्रम गर्ने महासंघ अन्तर्गतको संघ संस्था नभएकोले यसपाली सलनालमा भने महासंघ मातहत कुनैपनी संस्थाको सांस्कृतिक कार्यक्रम नहुने भएको छ।

यसै गरि महासंघले नेपालमा भर्खरै सम्पन्न चुनाबमा प्रतिनिधि सभातर्फ कैलाली क्षेत्र नं १ बाट अत्यधिक मत ल्याई बिजयी हुनुभएका आदिवासी थारु समुदायका अगुवा/अभियन्ता रेशम चौधरीलाई बिजयको प्रमाण पत्र दिन निर्वाचन आयोगले गरिरहेको आनाकानी र जालसाजी भनेको आदिवासीहरु माथि राज्यले गर्ने विभेदको अर्को पराकाष्ठा हो र यस्तो निन्दनिय कार्यको घोर भर्त्सना गर्दै अविलम्ब बिजयको प्रमाणपत्र प्रदान गरियोस भन्ने सरकारसंग जोडडार माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...