फेरी त्यो गांउ फर्कन सकिन (पहिलो प्रेम अनुभूति)


अनिल गुरुङ

सरकारीको जागिरमा नियुक्ति पाएपछि शुरुमा नै गाउंतर्फ जानुपर्ने भयो । अफिसबाट डेढगांउ खानेपानी आयोजना सर्वेक्षणका लागि पत्र पाएपछि म त्यस दिन सिधै दांगको बस चडेर पस्चिमतिर लागे । बुटवलबाट पश्चिम लागेपछिको संसार सारै रमाईलो र प्राकृतिक छ । चन्द्रौटा , शिवपुर हुदै पस्चिम लाग्दा घना जंगल तथा नदिहरुले मन मोहित बनाउंछ । राप्ती नदिको किनारमा पुग्दा करीब दिउंसोको २ बजेको थियो । केही बेर चिया पसल रहेको झुप्रोमा चिया नास्ता गरेपछि म खोलाको तिरैतिर उकालो लाग्दै डेढ गांउतिर लागे । सांझको करीब ६ बजेतिर म त्यो डेढ गाउं पुगे । मंसिर महिनाको दिन छोटो हुनाले झम्ककै रात परि सकेको थियो । सानोसानो गाउं , मूल रुपमा मगर तथा घर्ति जातीको बस्ती । गाउं भन्दा केही वरै अलि सफा तथा चिटिक्कको घरको आंगनमा पुगे । कोही हुनुहुन्छ ? बास पाईन्छ कि ? करीब १८ बर्षकी युवती बाहिर निस्की । गोरो अनुसार, काला कपाल, उन्नत शरीर, उच्च स्तन । सांच्चै नै त्यो सानो सुदुर गाउंमा पनि त्यस्ति सुन्दरी तथा आर्कषक कोही होला जस्तो मैले सोचेको पनि थिईन । बास पाईन्छ कि ? बाबा लाई सोध्नुपर्छ । बा….. ए बा……..।

 

सरल स्वभावका ग्रामिण हृदय भएका स्थानमा बास नपाउने त कुरै भएन । मकैको ढिडो, मासको दाल, गोलभेडाको अचार ( टिम्मुर हालेको) । यात्राको थकानले पनि होला निकै धेरै खाना खाएछु । निकै बेर सम्म ती युवतीको बा,आमासंग भलाकुसारी भयो । हामी कुराकानी गर्दा भने ती युवती भने अलि परतिर सुनेर बसी रहिन । कोन्द्रे खोलाको खानेपानीको मुहानको सर्भे गर्न आएको तथा करीब ६ महिना यतै बस्नुपर्छ होला । मैले बेली बिस्तार लगाए । मैले त्यही घरको पल्लो कोठामा डेरा पाउने भए । भलाकुसारी पछि कोठा तर्फ लाग्दा निकै सफा गरिएको कोठामा सफा तन्ना तथा सिरक समेत राखिएको खाट रहेछ । मैले लुगा खोल्नमात्रै के लागेथे , त्यतिकैमा झुलुक्क ती युवती अंखोरामा पानी लिएर आई पुगिन । अपूर्व सुन्दरी । मानौ डेढ गाउंको त्यो अध्यारो रातमा जुन उदाए जस्तो । तिम्रो नाम के हो ? मैले सोधे । सानी…. मुसुक्क हांस्दै तिनी बाहिर निस्कीन ।

 

दिन बित्दै गए । म र सानी झन झन नजिक हुदै गयौ । सानीका बा तथा आमालाई पनि हाम्रो सामिप्यता थाहा थियो तर उनीहरुको मौन स्वीकृति पनि थियो । गाउंका युवा युवतीहरुमा हाम्रो बारेमा पनि निकै चर्चा हुन्थ्यो । एक दिन सानीले भनि ‘भोली माघे सक्रान्तीको मेला छ जाने हैन ?’ कहां? मैले सोधे । ‘पारी फापरथोकको चौरमा ।‘ हुन्छ जाने, मैले भने । भोलिपल्ट हामी दुवै जना झिसमिसेमा मेला हेर्न निस्कियौ । गाउं घरमा मेलाको रौनक नै अपुर्व हुन्छ । झन प्रेमी प्रेमिकालाई त भेटघाटको अवसर । स साना झुप्रोहरुमा सेल बटुकका पसल हरु । मधेश तिरबाट आएका भैयाहरुका चुरापोतेका पसलहरु । टाढा टाढाबाट मेला हेर्न आएका मेलारीहरु । विभिन्न् थरीका पिंगहरु । त्यो दिन हामी दिनभरि हात समातेर मेला घुम्यो । हामीलाई देख्नेहरु फर्कि फर्कि हामीलाई हेर्थे । सेल बटुक र पोलेको माछा कति खायौखायौ । सानीलाई मैले हातको चुरा कपालमा बाध्ने डोरी किनी दिए । मानौ हामी दुई अब कहिले अलग हुने छैनौ । फर्कदा झमक्क अध्यांरो परी सकेको थियो । गाउं माथिको देउरालीमा आई पुग्दा सानी मेरा छातीमा टासिन पुगी । मेरो हात आफनो छातीमा राखेर भनि ‘कसम खानुस मलाई कहिल्यै छोड्रदैनौ’ |  ‘म कसम खान्छु सानी म तिमीलाई कहिले छाड्ने छैन ।‘- मैले भने । पर माथि आकाशमा जुन पनि बादलले ढाकेको थियो । शायद हामी दुईलाई अझ नजिक हुने अवसर दिई रहेको थियो । दुवै जना संगै कतिबेर बस्यो त्यहां पत्तै भएन । घर पुग्दा रात सकेर बिहान हुन लागेको थियो ।

 

दिनहरु रमाईला थिए । एकदिन सांझ कामबाट घर फर्कदा सानीले यौटा खाम हातमा ल्याएर दिई । खोल्दै गर्दा सबै नजिकै आई पुगे । घरबाट चिठ्ठी आएको रहेछ । बा सिकिस्त हुनुहुन्छ । मैले भने । चिठ्ठी भाउजुले लेख्नु भएको थियो । दुई दाजु भाईमा म कान्छो थिए । सानैमा आमाको निधन भएतापनि बा ले विवाह गर्नु भएन । हाम्रो लालन पोषण गर्नु भयो । मैले बा को अनुहार सम्झे । मेरा आंखा मलिन भए । के कुरा हो बाबु ? सानीको बुवाले सोध्नुभयो । बा बिरामी हुनुहुन्छ । म घर जानु पर्छ भोलि नै । मेरो कुराले सानीको मुहार मलिन भयो । भोलि संखारै निस्के । ढोकामा सानी तथा आमा बुवा आई बिदा गर्न आई पुगेका थिए । ‘चांडै आउनु’ रुन्चे स्वरमा सानीले भनि म झट्टै आउछु तिमी पिर नगर, मैले भने । ओरालो बाटो तल सम्म लाग्दा पनि फर्केर हेर्दा सानी उभिएकि नै देखिन्थी ।

 

घर पुग्दा बाको अवस्था नाजुक थियो । अन्तिम समयमा वहां मलाई आफनी बहिनीको छोरीसंग विवाह गराएर मात्रै शान्तीले मर्न सक्ने भन्नु भयो । मैले विवाह गर्न अन्कनाए तर घर परिवार, नातागोता सबैको आग्रहमा मैले आफनै सोल्टिनीसंग विवाह गर्नै पर्ने भयो । सांच्चै पुरुषहरु स्वार्थी हुदो रहेछ । मैले बुवाको लागि आफूलाई सर्वस्व दिने नारीलाई त्याग गर्ने निस्चय कसरी गरे ? विवाह सकेको पर्सिपल्ट बुवा बित्नु भयो । म फर्केर डेढगांउ जान सकिन ।

 

अहिले पनि जब कहिले पस्चिम तर्फ लाग्छु तथा राप्ती नदिमा पानी बगेको देख्छु , मलाई लाग्छ, त्यहां माथि कतै सानी मेरै प्रतिक्षामा उभि रहेकी होलिन । तर म फर्केर जान सक्दिन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै
  • एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति
  • बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न
  • नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...