Advertisement
SKIP THIS

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना सम्मानित


अमेरिका

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना अमेरिकामा सम्मानित भएको छ । न्यूयोर्क सिटी कम्प्ट्रोलर स्कट स्ट्रिङगरले जनजाति महासंघले, अमेरिकामा रहेका आदिवासी जनजातिको जातिय भेषभुषा, संस्कृतिको संरक्षणका साथै, पहिचान र अधिकारको क्षेत्रमा अतुलनिय काम गरेको भन्दै सम्मान गरेकाे हो ।
दिपावलीको अवसरमा न्यूयोर्कको क्वीन्सको एल्महस्र्ट अडिटरियम हलमा आयोजित एक कार्यक्रमका बीच कम्प्ट्रोलर स्ट्रिङगरले फिप्नाका अध्यक्ष लुइसाङ वाइवालाई सम्मानपत्र प्रदान गरेकाे हो । फिप्नाले, नेपाल आदिवासी जनजातिको संस्कृति संरक्षण र संवद्र्दनमा योगदान पुरयाइरहेको चर्चा गर्दै स्ट्रिङगरले, यसले न्यूयोर्कको साँस्कृतिक विविधता धनी बनाउन योगदान गरेको तर्क गरेका थिए । आप्रवासीप्रति उद्दार स्ट्रिङगरले, फिप्नाले गरेको आदिवासी चलचित्र महोत्सव र नेपाल डे परेडको प्रशंसा गरेका थिए । सम्मानपत्र ग्रहण गर्दै अध्यक्ष वाइवाले आफुलाई सम्मान गर्नेलाई सम्मान गर्नु आदिवासीको संस्कृति रहेको भन्दै स्ट्रिङगरलाई तामाङ मौलिक परम्परागत टोपी लगाइदिएर सम्मान गरेका थिए । सबै सदस्य संस्थाहरुको सामुहिक प्रयासबाट सम्मान पाएको भन्दै अध्यक्ष वाइवाले, सदस्य संस्थाहरु, र फिप्ना पदाधिकारीहरुलाई बधाइ तथा धन्यवाद व्यक्त गरेका छन् । उनले, श्रीमती बेलु तामाङ र छोरी वाङमु तामाङ पनि यो यात्रामा साथ रहेको उल्लेख गर्दै सम्मानले फिप्नालाई समुदायप्रति अझ जिम्मेवार बन्न प्रेरित गरेको बताएका छन् ।
कार्यक्रममा, संस्थाका पदाधिकारी, सञ्चारकर्मी, लगायत अन्य नेपाली डायस्पोराका प्रतिनिधीहरु सहभागी थिए । यो सम्मान सबै नेपालीले पाएको भन्दै सबै सहभागीहरुले खुशी व्यक्त गरेका थिए । सन २००५ मा स्थापना भएको फिप्नामा आदिवासी जनजातिको १८ वटा संस्था आवद्द छन । स्ट्रिङगरले, साउथ एशियन काउन्सिल फर सोसल सर्भिसेज र आप्रवासीका हक हितमा काम गर्ने छायाँ कम्युनिटी डेभलपमेन्ट कर्पोरेशनलाई पनि सम्मान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...