भूकम्प पीडितलाई क्वांङवून बिश्वबिध्यालयबाट ११ करोड
फोनिज कोरिया संवाददाता
सोल-कोरियाको क्वांङवून बिश्वबिध्यालयका नेपाली प्राध्यापक र विद्यार्थीहरुले नेपालको भूकम्प पिडितहरुका लागि ११ करोड २६ लाख ८ हजार ९० वन सहयोग संकलन गरेर कोरिया रेडक्रसलाई हस्तान्तरण गरेका छन् |
अप्रिल ४ देखि मे १ सम्म जम्मा गरिएको नगद २३ लाख २३ हजार ४ सय ९० वन, फुड फेस्टिवलबाट ७ लाख ५ हजार ३ सय वन र मे ११ देखि जुन १ सम्म जम्मा गरिएको नगद ८९ लाख ४४ हजार ६ वन जस मध्यमा क्वान्ग्वून यूनिवर्सिटीको प्रेसिडेन्टले ५ लाख वन लगाएत अन्य बिधार्थी, प्राध्यापक र कर्मचारीहरुको भूकम्प पिडित कोषको लागि सहभागिता भएका थिए |
यसरी कुल रकम ११ करोड २६ लाख ८ हजार ९० वन जम्मा गरि उक्त रकम क्वांगवून युनिवर्सिटीको अन्तरास्ट्रिय बिभाग, पब्लिक रिलेशन विभागका टिम लिडर गो व्यंग यबले कोरिया रेडक्रसलाई जुन १२ मा हस्तान्तरण गरेका थिए | सो बिश्वबिध्यलायामा प्राध्यापक एक जना र १० जना नेपाली बिद्यार्थी छन् |
‘नेपालमा भूकम्प पिडितहरुलाई तत्काल राहतको व्यवस्था अत्त्याबश्यक देखिएकोले राहत स्वरूप पाल, टेन्ट, स्लीपिंग ब्याग आदीको व्यवस्था गरि भूकम्प पिडित क्षेत्र सिन्धुपाल्चोक, दोलखा, गोरखा, धादिङ आदी क्षेत्रमा पुगोस भन्ने आशा गरेको छु |’ सहयोग संकलनमा मुख्य भूमिका निर्बाह गरेका नेपाली प्राध्यापक डा. भानु श्रेष्ठले भने |