Advertisement
SKIP THIS

मृगौला प्रत्यारोपणका लागि अमेरिका र बेलायतबाट आर्थिक सहयोग


दुबै मृगौलामा खराबी देखिएका मदन तामाङको उपचारको लागि अमेरिका र बेलायतबाट आर्थिक सहयोग पुगेको छ । काँकु सोलुखुम्बुका २७ बर्षे तामाङलाई अमेरिकामा सँकलन भएको ३ लाख ९ हजार ५ सय १५ रुपैयाँ उनको उपचार भैरहेको भक्तपुर स्थित मानव अँग प्रत्यारोपण केन्द्रमा एभरेष्ट टाईम्सका प्रधान सम्पादक आङ छिरीङ शेर्पाले गत शुक्रबार हस्तान्तरण गरेका थिए । हस्तान्तरणको क्रममा शेर्पाले अमेरिकाका धेरै सहयोगदाताहरुबाट उक्त आर्थिक सहयोग सँकलन भएको जानकारी दिए । उक्त सहयोग रकम न्युयोर्क स्थित लामा एकाउन्टिङ, नेपाल आदिवासी जनजाति महिला महासँघ अमेरिका, वासिङटन डिसी स्थित लाली गुराँस रेस्टुरेन्ट लगायत अन्य ब्यक्तीहरुबाट जम्मा भएको हो । एभरेष्ट टाईम्सका सम्पादक ङिमा पाख्रिनको पहलमा सो रकम सँकलनको भएको थियो ।

त्यस्तै बेलायतबाट फस्ट एजुकेट नेपालका अध्यक्ष तेन्जी पाख्रीनको सक्रियतामा स्थानिय सहयोगदाताहरुबाट सँकलित २ लाख ४ हजार ९ सय रुपैया आर्थिक सहयोग शुक्रबार नै हस्तान्तरण भयो । फस्ट एजुकेट नेपालका नेपाल प्रतिनिधी टासी लामा तामाङले उक्त सहयोग रकम जावलाखेल स्थित बिएफबिएस गोर्खा रेडियो स्टेशनमा बिरामीका भाई बसन्त तामाङलाई हस्तान्तरण गरेका थिए । रेडियोबाट उक्त कार्यक्रमलाई लाईभ प्रशारण पनि गरिएको थियो ।

दुई मसिना बालबालिकाका बुबा मदन तामाङको दुईटै मृगौलाले काम नगरे पछि उनी बिगत केहि बर्ष देखि उपचारको क्रममा छन् । उपचारमा संलग्न डाक्टरले मृगौला फेर्नु पर्ने बताएपछि आर्थिक अभावमा त्यो महँगो उपचार बिधी मदनको लागि असम्भव देखिदै गयो । जे जसो होला घरमै होस् भनेर हरेस खाएका आमा बुबाले घरमै फर्काउँन खोजे । तर मदनका दाई राजु र भाई बसन्तले हिम्मत गरेर सहयोगका लागि सबैतिर अनुरोध राखे । यही अनुरोध अनुसार अमेरिका र बेलायतमा सहयोग उठाउँन पहल गरिएका थिए ।

मृगौला दाता भेट्टाएको खण्डमा प्रत्यारोपण आजकल नेपालमै नि:शुल्क हुन्छ । त्यसो त मदनलाई आर्थिक सहयोग किन चाहियो भन्ने सन्दर्भमा मृगौलादाताको लागि ठुलो खर्च भएको राजुले बताए । उनका अनुसार भक्तपुर स्थित मानव अँग प्रत्यारोपण केन्द्रमा मदनको मृगौला प्रत्यारोपण आईतबार सफल्तापुर्वक गरिएको छ । प्रत्यारोपण पछि पनि बिरामीको नियमित फलो अप उपचारमा नियमित खर्च भैरहने उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...