Advertisement
SKIP THIS

 सागर आलेलाई कोरियामा लाखौ नगद , पियानो र सुन उपहार


फोनिज कोरिया संवाददाता
सोल

नेपाल आइडलका टप फोर गयक सागर आलेलाई कोरिया बासी नेपालीहरुले लाखौ नगददेखि पियानो र सुनको औठी समेत उपहार प्रदान गरेका छन् । मगर संघ कोरियाबाट आयोजित कार्यक्रममा रु. ७ लाख १२ हजार र पियानो उपहार प्रदान गरिएको थियो । त्यस्तै गजेदोका मगर कमिटी र लुम्बिनी रेष्टुरेन्ट लगायत विभिन्न संघ संस्था र व्यक्तिबाट नगद प्रदान गरिएको थियो । त्यस्तै फयानहरुबाट सागरले सुनको औठी समेत जिन्सी उपहार पाएका थिए ।

कोरियन पर्व छुसकको अवसरमा आदिवासी जनजाति महासंघ द.कोरिया बुसान शाखाको निमन्त्रणामा सांगीतिक कार्यक्रम “दिवापली साँझ ” को लागि सागर आले कोरिया आएका थिए । कार्यक्रममा दर्जन बडी गीत गाउदा पनि वान्स मोरको स्वर गुञ्जिरहेका थिए । बुसानमा सागरसंग स्टेजमा फोटो खिच्न दर्शकलाई एक घण्टा समय दिदा पनि अपुग भएपछि बाध्य भएर बन्द गर्नु परेको आयोजकले बताए ।

त्यस्तै सउलमा अर्घाखाँची सम्पर्क मञ्चले आयोजना गरेको “सुपादेउराली सांगीतिक सौगात भाग १” मा पनि सागरलाई दर्शकको अपार माया मिलेको थियो । सागरको गायकीको तृष्णा मेटाउन नसकेका दर्शकहरु पटक पटक वान्स मोर दोहोराइरहेका थिए । स्टेजको अग्रभागमा झुम्मिने सयौ दर्शक मात्र हैन हलको कुना कुनाबाट रमाउने दर्शकको कमी थिएन ।

नेपाल आइडलबाट बाहिरीएपछि पहिलो विदेश कोरिया आइपुगेका सागर विवादीद समाचारका शिकार पनि बनेका थिए । कोरियाबाट संचालित एक अनलाईन मिडियाले सागरले एपी टेलिभिजनलाई जाबो भन्यो भन्दै समाचार प्रकाशित भएपछि फयानहरुले सो समाचारको विरुद्धमा तिब्र आक्रोश पोखेका थिए । पछि सो समाचार हटाइएको थियो । यस विवादीत समाचार प्रति सागरले फोनिज कोरिया संवाददातासंग कुरा गर्दै भने सो समाचार लेख्ने पत्रकार म सम्म आइपुगेकै छैन, मैले कसरी त्यस्तो कुरा बोले होला त ?

कार्यक्रम आयोजक अर्घाखाँचीले भने सोही समाचारप्रति आपत्ति जनाउदै प्रेस विज्ञप्ती निकालेका छन् ।

छुसकको अवसरमा कोरियामा गरिएको सांगीतिक कार्यक्रममा नेपाल आइडलका गायक सुरज थापा र गायिका प्रमिला राई पनि आएका थिए । प्रमिला चाडै फर्केका थिए भने सुरजलाई पनि केही संघसंस्थाहरुले दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यस्तै कास्किी परिवारको निमन्त्रणमा नेपथ्य र नेप्कोरको आमन्त्रणमा रविन एण्ड लुजा र मन्त्र ब्यण्डले पनि कोरियाका दर्शकलाई रक टेष्ट दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...