Advertisement
SKIP THIS

लमजुङ परिवार दक्षिण कोरियाको १२ औं साधारणसभा सम्पन्न, अध्यक्षतामा मेख दुरा चयन


लमजुङ परिवार दक्षिण कोरियाको १२ औं साधारण सभा तथा १८ औं वार्षिकोत्सव सम्पन्न भएको छ । “लमजुङ हाम्रो जन्मभुमि लमजुङ हाम्रो शान हो, प्रवासी भुमिमा एकता र सहयोग नै हाम्रो पहिचान हो” भन्ने मुल नाराका साथ गत अक्टोबर ३ तारिख सम्पन्न सो सभाले सर्वसम्मत रुपमा अध्यक्ष पदमा मेख दुरालाई चयन गरेको हो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा मेघप्रसाद वाईवा, उप अध्यक्षमा देवी घले, महासचिवमा राजकुमार गुरुङ ,सचिवमा सन्जिव घिमिरे ,कोषाध्यक्षमा कमला गुरुङ ,सहकोषाध्यक्षमा महेन्द्र केसि र सदस्यहरुमार राम दुरा ,हिउँ काशी गुरुङ ,सन्तोष धिङगल,शोभा दुरा र ओमप्रसाद वाईवा गरि १३ सदस्यीय कार्यसमितिको गठन गरिएको छ।
कार्यसमितिको सदस्यमा रिक्त पदमा भने कार्यसमितिको आगामी बैठकले नियुक्ति गर्ने जनाएको छ । साथै सभाको खुल्ला सत्रमा भुपु अध्यक्ष धन गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्नु हुने सम्पुर्ण लमजुङ परिवारमा आबद्ध नेपाली दाजुभाइ दिदिबहिनीहरु र शुभचिन्तकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि परिवारद्वारा आयोजना गरिने विविध कार्यक्रमहरुमा अझ उत्साह जनक सहभागिता रहने कुरा व्यक्त गरेका थिए ।
साधारणसभाको बन्दसत्रमा परिवारको वार्षिक प्रगति विवरण भुपु महासचिव मेघप्रसाद वाईवा तथा आर्थिक प्रतिवेदन भुपु कोषाध्यक्ष ममता गुरुङले प्रस्तुत गरेका थिए । सोल दोङ्देमुन स्थित शुभेच्छा रेस्टुरेन्टमा सम्पन्न सो साधारणसभामा कोरियामा रहेका लमजुङवासी दाजुभाइ दिदिबहिनीहरु ,वरिष्ठ सल्लाहकार,भुपु अध्यक्ष,व्यापारी ,खेल मेनेजर ,पत्रकार , विद्यार्थी लगायत खेलाडीहरुको उल्लेखनीय रुपमा सहभागिता रहेको थियो ।
सन् 1999 मा स्थापित सो संस्थाले विगत डेढ दशक भन्दा लामो समयसम्म विशुद्ध सामाजिक सेवा तथा परोपकारी क्षेत्रमा अग्रस्थानमा रहि विभिन्न संघसंस्थाहरुसंग हातेमालो गर्दै विदेशमा मात्रै नभई स्वदेशसम्म आपतकालीन अवस्था र विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आईरहेको छ ।हाल याङ्जु स्थित सेम्नेमा परिवारको आफ्नै आवास गृह विगत १ दशक भन्दा बढी समयदेखी संचालनमा रहि नेपालीहरुको सुखदुःखमा साथ सहयोग गर्दै आईरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...