Advertisement
SKIP THIS

स्व. पोमबहादुर गुरुङ स्मृति कप भलिबल प्रतियोगिताको टाईसिट सेप्टेम्बर १७ मा हुने


सोल ।

प्रवासी भुमिमा एकता नै हाम्रो साहारा हो भन्ने मुल नाराका साथ अन्नपूर्ण दुधपोखरी समाज दक्षिण कोरियाको आयोजनामा हुन लागेको ” स्व. पोम बहादुर स्मृति कप २०१७ ” भलिबल प्रतियोगिताको टाईसिट सार्वजनिक तथा टिम दर्ता आउँदो आइतबार सेप्टेम्बर १७ मा हुने भएको छ । समाजले सूचना जारी गरि उक्त जानकारी दिएको हो ।

नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर सिजनकै अन्तिम भलिबल प्रतियोगिता आयोजना गर्ने मौका पाएको अन्नपूर्ण दुधपोखरी समाजले अक्टोबर ३ तरिखमा हुने प्रतियोगिताको तयारी अगाडि बढाईसकेको र कोरियाको महान पर्व छुसकको बिदाको बेला पर्ने भएकोले उल्लेख्य दर्शकको उपस्थित रहने खेलकुद संयोजक  गोलमान गुरुङले जानकारी दिए । सेप्टेम्बर १७ तारिखमा नेपाल हाउस सिन्सलदोङमा हुने टिम दर्ता तथा टाईसिटमा सम्पुर्ण सहभागी टिमहरुले समयमै उपस्थित भैदिन समाजले सबैमा आग्रह गरेको छ ।

मिति :- २०१७-०९-१७

समय:- बिहान ११ बजे

स्थान :- सिन्सलदोङ्ग ( नेपाल हाउस )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...