Advertisement
SKIP THIS

एनआरएन कोरियाको कोषाध्यक्षमा उम्मेदारी दिएका गोपाल बोहराको परिचय र प्रतिबदद्धता


मिलनसार, स्पष्ट वक्ता, पारदर्शी, निडर र निर्भीक स्वभाबका गोपाल बोहरा खासै मिडियामा आउन नरुचाउने पात्र हुन् । त्यसैले उनी आफ्नो उम्मेदवारी धेरै बोल्ने र काम कम गर्ने संस्कारको अन्त्यका लागि हो भन्छन् ।

बोहराको विचारमा बिभिन्न संघ संस्थामा रहेर काम गर्दा धेरै उम्मेदवारहरुले धेरै प्रतिबदद्धताहरु गरेको र जितेपछि सबै भुलेको देखिन्छ , त्यसैले बोलेर मात्र हैन गरेर देखाउनु सक्नु पर्छ । कुनै पनि संगठन चुस्त दुरुस्त र क्रियाशिल हुन एउटा ब्यक्ति होइन टीम नै सक्षम हुनुपर्छ त्यसमा पनि नेतृत्व दृढ इच्छाशक्ति भएको र भिजन सहितको हुनुपर्छ, अनि युवाहरुले बोलिमा नभएर काम र ब्याबहारमा बिस्वास गर्नुपर्छ।

गोपाल बोहराको परिचय

१. सन २०१५ मा बिद्यार्थी भिषामा द. कोरिया प्रबेश गरेका उनी एउटा असल बिद्यार्थी मात्रै नभएर एउटा सफल करांते खेलाडी पनि हुन् , कोरियाबाटै बिभिन्न देशमा खेलाडिको रूपमा नेपालको झण्डा फहराउँदै नेपाली शिर ठाडो पार्दैै हङ्गेरी, फ्रान्स, चीन, रसिया लगायत बिभिन्न देशहरुमा सहभागी भएका छन् ।

२ . खुल्ला दिलले समाजको सेवा गर्न रुचाउने उनी लामो समय देखी राप्ती समाज कोरियामा आबद्ध रहंदै बर्तमान कार्य समितिको उपाध्यक्ष पदमा रहेर निःस्वार्थ सेवा भावनाले समाजको सेवामा निरन्तर लागिरहेका छन् ।
३.  रुकुमको दुर्गम गाउँ झुम्लाबाङ्गमा स्थानीयवासीहरुलाई शिक्षा र स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापित JVF ( झुम्लाबाङ्ग भिलेज फाउन्डेसन )का संस्थापक सदस्य र कोरिया संयोजकको रुपमा सेवारत छन् उनी । सो फाउण्डेसनले हाल १५ सैयको सामुदायिक अस्पताल, औपचारिक शिक्षाको लागि एउटा निम्न माध्यमिक विद्यालय, अनौपचारिक शिक्षाको लागि बिशेष कार्यक्रमहरु, सांस्कृतिक भवन लगायतका कामहरु गरिरहेका छन् । साथै  २००८ सालदेखि रुकुमकै बिभिन्न बिध्यालयहरुमा अध्यनरत द्वन्द्व पिडित, अनाथ, असहाय, गरीब तथा जेहेन्दार करीब ३५ बिद्यार्थीहरुलाई छात्रबृति संचालन गर्दै आएको छ ।

बोहराले कोरियामा आगामी दिनमा एनआरएनको कोषाध्यक्षको जिम्मेवारिमा रहेर अझ ऊर्जा र उत्साहका साथ नेपाली दाजुभाइ दिदिबहिनीहरुको सेवा गर्ने प्रण गर्दै आफुलाई सहयोग गर्न सबैमा विनम्र अनुरोध समेत गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...