Advertisement
SKIP THIS

‘स्याङ्जा कप २०१५’को तयारी सुरु


नोमराज गुरुङ

सोल कोरिया

अगामी अगष्ट २ तारिख कोरियाको गर्मी बिदालाई लक्षित गर्दै आयोजना गर्न लागेको ‘स्याङ्जा कप २०१५’ पुरुष भलिबल प्रतियोगिताको तयारी सुरु भएको छ ।

स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गर्ने सो प्रतियोगितालाई भव्य र सभ्य बनाउने उद्देश्य सहित सबेरै तयारी थालिएको परिवारका अध्यक्ष धर्म गुरुङ्ले जानकारी दिए ।

अध्यक्ष गुरुङ्का अनुसार स्याङ्जा कप तयारीको लागि गएको मे १८ तारिखमा दोङ्वदेमुन स्थित स्याङ्जा धरमा बैठक बसी जिम्मेवारी बाँडफाँड समेत गरि सकिएको छ ।

बैठकले प्रतियोगिता सञ्चालनको लागि भलिबल स्टेडियमको व्यवस्थापनको जिम्मा परिवारको निवर्तमा अध्यक्ष मिलन राना मगरलाई दिईएको छ ।

स्याङ्जा कप पुरुष भलिबलको प्रतियोगिता सञ्चालन जिम्मेवारी परिवारका खेलकुद संयोजक राजु भण्डारी, भलिबल संयोजक बेदना आले, सह–संयोजक लेशन गुरुङ र टिम क्याप्टेन अमित राना मास्कीर्लाइ तोकिएको छ ।

त्यस्तै प्रतियोगिता अवधीमा सञ्चालन गरिने भाग्यशाली चिट्ठा कार्यक्रमको जिम्मा संस्थाका सह–सचिव मित्रबन्धु काफ्ले, उपाध्यक्ष याम गुरुङ् र सदस्य मणि खनाललाई दिईएको छ ।

सो अवसरमा खेलाडी र दर्शकको सुविधाको लािग खाना व्यवस्थापनको जिम्मेवारी संस्थाका कोषाध्यक्ष टेक राना,  निवर्तमान उपाध्यक्ष हिमानी गुरुङ्, सदस्य द्धय सपना शर्मा र कल्पना गुरुङलाई तोकिएको छ ।

त्यसैगरी प्रतियोगिता अवधिभर स्वयमसेवकले लगाउने टि–सर्टको व्यवस्थापनको जिम्मेवारी भने अध्यक्ष स्वयम धर्म गुरुङ्लाई तोकिएको छ ।

प्रतियोगिता कोरियन गर्मी विदाको अवसरमा पर्ने हुनाले अरु प्रतियोगिताहरु भन्दा भव्य र सभ्य हुने भएकाले सबै खेलप्रेमीहरुलाई सहभागी भईदिन समेत परिवारले आग्रह समेत गरेको छ ।

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...