Advertisement
SKIP THIS

पहिलो पटक अमेरिकामा आदिवासी चलचित्र महोत्सव हुने


अमेरिका, नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तर्रा्ष्ट्रियकरण गर्नका लागि पहिलो पटक अमेरिकामा आदिवासी चलचित्र महोत्सव २०१७ आयोजना हुने भएको छ । २३ औं विश्व आदिवासी दिवसको अवसरमा न्युयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सवको आयोजना गर्न लागिएको महोत्सवकी सञ्चार संयोजक मच्छे गुरुङले बताएकी छिन् । महोत्सवले आदिवासी जनजातिको परम्परागत शैलीमा बनाइएका चलचित्रहरुलाई प्रोत्साहन गर्नुका साथै उनीहरुको परम्परा, भाषा, कला, संस्कृतिलाई अन्तर्रा्ष्ट्रियस्तरमा प्रबद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको सञ्चार संयोजक गुरुङले जानकारी दिइन् ।

नेपाल आदिवासी जनजाति महासंघ फिप्ना अमेरिकाको आयोजनामा हुने महोत्सवले, आदिवासी जनजातिको हक, अधिकारलाई सुनिश्चित गराउन र पहिचानको मुद्दालाई स्थापित गराउन सहयोग पुग्ने फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले बताए । मूलधारको चलचित्रबाट ओझेलमा परेका आदिवासी जनजातिका कथावस्तुमा आधारित चलचित्रहरुको प्रवर्दन गर्ने उदेश्यले आदिवासी चलचित्र महोत्सव आयोजना गरिएको अध्यक्ष वाइवाको भनाइ छ ।

चलचित्र महोत्सव अगस्त २५ तारिखदेखि २७ सम्म तीन दिन ढाका क्लवमा हुनेछ । तीन दिने महोत्सवमा चलचित्र र लघु चलचित्र गरि एघार चलचित्र प्रर्दशन गरिने छ । गुरुङ भाषाको ‘मैंरिमो’, तामाङ भाषी चलचित्र ‘सेम ताबा म्ही’, लिम्बु भाषाको ‘हेलुक्वा’, मगर भाषाको ‘लोम्बा’, नेवारी चलचित्र ‘कृषा गौतमी’ चलचित्र प्रर्दशन गरिने छ । त्यसैगरी, राई भाषाको ‘सुम्निमा’, र मुस्ताङी चलचित्र ‘शेरढाक’ लाई महोत्सवमा स्थान दिईएको छ ।

यसैगरी, लघु चलचित्रहरुमा नेवारको ‘कल्ली’ र थारुको ‘लाज’ माझीको ‘बन्ठी’, र मुगालको ‘फेके’, को प्रर्दशन गरिने मिडिया संयोजक गुरुङले बताइन । महोत्सवमा, सन २०१७ मा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवमा पब्लिक चोईस अवार्ड जितेको गुरुङ भाषाको ‘कर्म क्या’ र सन २०१५ मा उत्कृष्ट आदिवासी राष्ट्रिय पुरुस्कार जितेको राई भाषाको ‘मतान’ को बिशेष प्रर्दशन गरिने महोत्सवका संयोजक मणि वाङदेलले जानकारी दिएका छन् ।

महोत्सवमा विभिन्न एघार वटा विधामा उत्कृष्ट हुनेलाई trofy पुरुस्कार र सम्मानस्वरुप प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट चलचित्रलाई एक लाख नगद, ट्रफी सहित प्रमाणपत्र दिइने छ । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउनका लागि फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले फिप्नाका सबै जातिय सदस्य संस्थाहरु लगायत सबैलाई सहयोगका लागि अनुरोध गर्नुभएको छ । चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ (आईफा) सह–आयोजक रहेको महोत्सवमा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क र नेपाल चलचित्र विकास बोर्ड बिशेष सहयोगी संस्था रहने फिप्नाले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...