Advertisement
SKIP THIS

यस्तो छ डिप्रेशन निराकरणका उपायहरु


दक्षिण कोरिया,  वास्तवमा कतिको बाध्यता,परिस्थितिको कारण र कतिजना साथीको लहैलहैमा लागेर सके दुइ, तीन नत्र महिनाको कम्तिमा लाख कमाउने सोचसहित आफनो जन्मभुमि छाडेर परदेश कोरिया आएका छौँ । कोरिया आउनु भन्दा पहिले नेपालमै कोरियामा हुने अप्ठ्यारो कामको बिषयमा, यहाँको रहनसहन को बारेमा नेपाली र कोरियन प्रशिक्षकद्वारा प्रशिक्षण गरिन्छ । र कोरिया आइसकेपछि प्रशिक्षण हुन्छ र प्रत्येक नेपाली युवाले त्यसै अनुसार माइण्ड मेकअप गर्नुपर्ने हुन्छ । यति प्रशिक्षण गर्दागर्दै ‘मर्न हैन कमाउन र केही गर्न आउने हो कोरिया’ भन्दाभन्दै पनि नेपालीहरुले किन गर्छन त दिनहुँ आत्महत्या?? वास्तवमा यो सबै डिप्रेशनको कमाल नै हो । र आखिर कहाँबाट कसरी हुन्छ त डिप्रेशन?

डिप्रेशन एक मनोरोग हो र अझ सामान्य भाषामा मानसिक रुपमा अस्वस्थ हुनुलाई नै डिप्रेशन भनिन्छ । जीवनमा हुने समस्याहरुमा जहिल्यै उदासि हुने, हतास हुने यसको प्रमुख लक्षण हो र जसको कारण मानिसलाई एकोहोरो हुनु, एकान्त खोज्ने, अनावश्यक कल्पनामा हराउने, अनावश्यक डराउने र वास्तवमा जिन्दगी बेकार रैछ भन्ने, र अनेक नकारात्मक कुरा सोच्ने जस्ता लक्ष्यणहरु देखा पर्ने गर्दछन जसका कारण हाम्रो शरीर र मष्तिस्कमा नकारात्मक केमिकलहरु उत्पादन भै डिप्रेशन भएको व्यक्तिलाई मर्ने चाहना समुन्द्रमा आँधि आउँदा छाल उर्लेर आएझैँ उर्लेर आउने गर्दछ ।

वास्तवमा जिन्दगीको कुनै न कुनै क्षणमा सबैलाई डिप्रेशन हुन्छ, मरौँ,मरौँ जस्तै लाग्छ । तरपनि हिम्मत हार्नु हुँदैन । आफ्नो लक्ष्य,उद्धेश्य र सपनाहरुलाई साकार गर्ने एउटा जोस जाँगर, अठोटका साथ निरन्तर आफ्नो बाटोमा अगाडि बढ्नुपर्छ । डिप्रेशनबाट बच्न केही समय धैर्यधारण गर्ने क्षमता हुनुपर्छ । सबैसँग राय मत, सल्लाह लिने हरेक व्यक्तिका विचार र भावनाहरु बुझ्ने गर्नुपर्दछ । सबैभन्दा पहिला आफुले आफुलाई र अरुलाई प्रेम गर्न सक्नु पर्दछ । र आफ्नो काम जति नै गा‍ह्रो वा सजिलो होस त्यसमा इन्जोय लिन सक्नुपर्छ । ताकि थप इन्जोयका लागि अरु कुनै पक्ष जस्तै सोजु, मेक्जु, नोरेफाङहरु र तरुनिहरुको सहायता लिन नपरोस ।

मेरो आफ्नो विचारमा डिप्रेशन कम गर्न कोरियामा रहेका साथीहरुले निम्न कुराहरुमा ध्यान दिनुपर्दछः

१. सर्वप्रथम कोरिया मेशिनको शहर हो, त्यसैले यहाँ मेशिन अनुसार नै चल्न सिक्नुपर्छ । सबैभन्दा सहज त्यो व्यक्तिलाई हुन्छ जुन व्यक्ति त्यहाँको समाजमा सजिलै घुलमिल हुनसक्छ । त्यसै सबै नेपाली युवाले यहाँको सिस्टम बुझ्न जरुरी हुन्छ ।

२. कोरियामा आएपछि हामी घडीको समय अनुसार चल्नुपर्ने हुन्छ । यहाँ एकएक मिनेटको महत्व हुनेगर्दछ । त्यसैले आफ्नो काम, आराम गर्ने समय यकिन गर्न जरुरी छ । नियमित कम्तिमा सात घण्टा सुत्नुपर्ने हुन्छ।

३. अर्को महत्वपूर्ण बिषय धेरै साथीहरूलाई कोरियाको खाना रुच्दैन, सुँघ्दै वाक्क लाग्छ । रुच्ने खानाहरु आफ्नो शारीरिक आवश्यकता अनुसार पर्याप्त खानुपर्दछ । र नियमित फलफुल किनेर खाएमा झनै राम्रो हुन्छ ।

४. कतिपय कम्पनीहरुमा सँगै काम गर्नेहरुले अनावश्यक तनाव दिने, गाली गर्ने,नराम्रा फोहोरी शब्द प्रयोग गर्ने गर्दछन, त्यसलाई हल्का रुपमा लिइ आफ्नो मन, मस्तिष्कमा पुग्न गएको तनावलाई छिटो अन्त्य गर्नुपर्दछ । अनावश्यक मनमा धेरै कुरा खेलाउनु हुँदैन । र तनाव व्यवस्थापनको लागि नियमित योग, मेडिटिएसन र व्यायाम गर्ने गर्नुपर्दछ ।

५. पछिल्लो घटनाहरुमा कम्पनीले छुट्टि नदिएको र घर जान विदा पनि नदिएकोले तनाव भएको र जसले गर्दा डिप्रेशन भएको पाइएको छ । त्यसका लागि मजदुर संगठन र आवश्यक पहलका लागि राजदुतवास लगायत प्रवासी मजदुरका पक्षमा काम गर्ने सँस्थाहरु र सदैव हामीहरुकै पक्षमा हुनेछन यस्ता साना कुरालाई लिएर अनावश्यक तनावबाट मुक्त हुनुपर्दछ।
६. ड्युटी सक्किएपछि सामाजिक सञ्जालमा धेरै समय बिताउनु पनि आफैमा राम्रो होइन । सकेसम्म रचनात्मक ,सृजनात्मक क्षेत्रमा आफ्नो समय प्रयोग गरेमा डिप्रेशनबाट सजिलै बच्न सकिन्छ।

७. पछिल्लो समय सामाजिक सञ्जालको प्रेमले गर्दा रातभरि अनलाइनमा कुरा गर्ने अनि भोलिपल्ट काममा जाँदा दुर्घटना हुने घटनाहरु पनि देखिएका छन, र जसले डिप्रेशनमा जोड दिएको पाइन्छ । त्यसैले सामाजिक सञ्जालका अनावश्यक सम्बन्धलाई रातभरि नसुत्ने र त्यस्ता सम्बन्धमा हुने बिछोडलाई लिएर हुने तनाव बाट पनि मुक्त हुन जरुरी छ ।

(लेखक स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकताको अभियन्ता हुनुहुन्छ)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...