Advertisement
SKIP THIS

एन आर एन कोरियाको अध्यक्षमा ओम जुग्जाली मगरको उमेदवारी किन?


गैह्र आवाशीय नेपाली संघ कोरियाको छैठौं अधिबेशन यहि २०१७  सेप्टेम्बर १० तारिख हुन गइरहेकोछ । एन आर एन कोरियाका बरिष्ठ उपाध्यक्ष ओम नारायण जुग्जाली मगरले छैठौं कार्यसमितिका लागि अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । जुग्जालीले २००९ देखि कार्यसमितिमा सदस्य र पाचौं कार्य समिति २०१५ मा बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।यहि कार्यकालमा ६ महिना कार्यबाहक अध्यक्ष भै कार्य गरेको अनुभब र निरन्तर समाज सेवामा पनि सक्रिय भएको हैसियतले  आफुले  उमेद्वारी दिएको बताएका छन् |

जुग्जालीले आफ्नो उमेद्वारी सहित ८  बुदे घोषणा पत्र पनि जारी गरेका छन्|

१.एन आर एन कोरियालाई कोरिया सरकारमा दर्ता गर्ने|संस्थालाई दिगो र संस्थागत रुपमा विकास गरि बृहत,पारदर्शी ,मजबुत एबम प्रभाबकारी बनाउने|

२.कोरियामा रहेका विभिन्न संघ संस्थासंग हातेमालो गरि एन आर एन कोरियालाई साझा संस्थाका रुपमा बिकाश गर्ने |

३.कोरियामा कार्यरत चालिस हजारको हाराहारीमा रहेका नेपालीहरुलाई न्युनतम एक लाख रुपयाको लगानी गर्ने बाताबरण बनाउने | दक्षिण कोरियाबाट मात्र १०० मेघावाट भन्दा बढीको हाइड्रोपावरमा लगानी गर्ने बाताबरण मिलाउने |

४.जुग्जाली मगर एन आर एन कोरियाको कार्यबाहक अध्यक्ष भएको बेलामा पूर्व उर्जा मन्त्रि जनार्धन शर्माको प्रमुख आतिथ्यमा उर्जा लगानी सम्बन्धि सेमिनार गरि सकिएको र आगामी दिनमा पनि लगानी सम्बन्धिका बिशेषज्ञलाई आमन्त्रण गरि  सेमिनारलाई निरन्तरता दिने |

५.विदेशमा हासिल गरेको हामी नेपालीहरुको शिप  ज्ञान र  पुजीलाई  एनआरएनए मार्फत नेपालमा उपयोग गर्न पहल गरि सम्बृद्ध नेपाल निर्माणमा टेवा पुर्याउने |

६.मजदुरहरुको हकहित र अधिकारका लागि बिभिन्न कार्ययोजना तयार गरि लागु गर्ने |

७. रेमिटेन्सलाई कोरियाबाट बैधानिक रुपमा नेपाल पठाउनका लागि नेपाली दुताबाससंग सहकार्य गरि पहल गर्ने |

८ .नेपाल हाउसलाई परिमार्जन सहित ब्यबस्थित रुपमा संचालन गर्ने |

कोरियाबासी नेपालीहरुलाई एन आर एन कोरियाको सदस्यता लिई अत्यधिक बहुमतले बिजयी बनाईदिनु हुन पनि जुग्जालीले हार्दिक अनुरोध गरेका छन्|

जुग्जाली मोना अन्तराष्ट्रिय समितिको सहकोषाध्यक्ष, मोना कोरियाको सल्लाहकार, नेपाल मगर संघ कोरियाको सल्लाहकार ,कास्की परिवारको सल्लाहकार तथा मेची महाकाली युनाइटेडका सल्लाहकार पनि हुन् । जुग्जाली बिगत १२ बर्ष देखि सफल ब्यवसाहीका रुपमा पनि कार्यरत छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल तामाङ घेदुङ संघ दक्षिण कोरियाको १२ औँ महाधिवेशन नोभेम्बर २३ मा
  • ‘ब्लु लायन’ एफसी नेपाल सुपर कपको च्याम्पियन , साहिल मगर बने उत्कृष्ट खेलाडी
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...