Advertisement
SKIP THIS

स्याङ्जा परिवारको रहात गोर्खाका तीन विद्यालयलाई


नोमराज गुरुङ्

सोल-
स्यङ्जा परिवार दक्षिण कोरियाले महा–भुकम्प पीडितको लागि सङ्कलन गरेको रहात गोर्खाको गाँखु र सौरापानी गा.वि.स.का ३ विद्यालयलाई बितरण  गरिने भएको छ ।

 

बैशाख १२ गतेको महाभुकम्पले क्षेतबिच्छेद भएका गाँखुका संसारी महेन्द्र उच्च मावि, गाँखुकै हिमालय मावि र वडा नम्वर ८, रनचोकमा रहेको दुर्गा माविलाई शुक्रबार रहात स्वरुप जम्मा ५३ बण्डल जस्ता पाता बितरण गरिने भएको छ ।

जिल्ला शिक्षा कार्यालय गोर्खासँग समन्वय गरी भौतिक संरचना ध्वस्त भएका ३ विद्यायलहरुमा रहात लिएर जाने निर्णय स्याङ्जा परिवार दक्षिण कोरियाका नेपाल स्थित रहात वितरण टोलीले निर्णय गरेको हो ।

टोलीका संयोजक सूर्य चन्द, स्याङ्जा परिवार दक्षिण कोरियाका संस्थापक अध्यक्ष छ्याम थापा, समाजसेवी लालबहादुर गुरुङ, बिष्णु ढकाल, केशभक्त गुरुङ्, मोहन गुरुङ् पारस थापा, सुमन अर्याल, पत्रकार गीता राना, कृष्ण गुरुङ र राजन उपाध्यय सहितको टोली शुक्रबार बिहान ७ बजे रहात सामाग्री सहित गोर्खा जाने कार्यक्रम तय भएको छ ।

टोलीले रनचोक गाउँ क्षेत्रमै भएको एउटा मात्रै मावि स्तरको विद्यालय दुर्गा माविलाई ८ फुटे २३ बण्डल जस्ता पाता बिरतण गर्ने जनाएको छ ।

महा–भुकम्पको कम्पनबाट दुर्गा माविको ढुङ्गाले छाएको २ तले विद्यालय भवन क्षेतविक्षेत भएको थियो ।

अहिले विद्यालय पुन निर्माण नै गर्ने हो करिब २ सय ३६ पाता जस्ता आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक सन्तबहादुर गुरुङ्ले फोनिज कोरियालाई फोन मार्फत जानकारी दिए ।

गुरुङ्को अनुसार विद्यालयमा अहिले ४ सय ९४ जना विद्यार्थी अध्ययन गरिरहेका छन् भने ५ दरबन्दी र ८ नीजि स्रोतमा गरी १३ शिक्षक शिक्षीकाद्धारा अध्ययापन गराईरहेका छन् ।

‘अहिले टेन्टको अस्थाई टहरा मूनि पठन पानठ सुरु गरेका छौं ।’ प्राध्यापक गुरुङ्ले भने । अब वर्ष सुरु भए पछि टेन्टको अस्थाई टहराले काम गर्दैन ।

वि.स २०१८ सालमा स्थापना भएको सो विद्यालयमा ३ वर्ष अगाडीदेखि स्थानिय गाउँलेबाट मासिक ३÷३ सय प्रत्येक घरले उठाएर मावि सञ्चालनमा ल्याएको छ । विद्यालयका शिक्षकलाई तलब दिने गाउँलेहरु नै अहिले महाभुकम्प पीडित बनेपछि नीजिस्रोतका ८ शिक्षक कसरी पाल्ने भन्ने समस्या पनि सुरु भएको छ ।

गोर्खाकै गाँखु गाविसका संसारी महेन्द्र उच्च माविलाई ८ फुटे २० बण्डल र  हिमालयन माविलाई ९ फुटे १० बण्डल जस्ता पाता टोलीले बितरण गर्ने जनाएको छ । यी  दुबै विद्यालयको भवनहरु भुकम्पको कम्पनले पूर्ण रुपमा ध्वस्त भएका छन् । अहिले दुवै विद्यालयले पालको अस्थाई टहरामा पठन पाठन सूचारु गरिरहेका छन् ।

वर्षायामलाई मध्यनजर गर्दै विद्यालयहरुलाई जस्ता पाता रहात स्वरुप वितरण गर्ने निर्णय गरेको टोली संयोजक सूर्य चन्दले बताए ।

चन्दका अनुसार टोलीले रहात वितरण क्षेत्रमा जाँदा स्याङ्जा परिवार दक्षिण कोरियाको ब्यानर बोकि  टिसर्ट समेत लगाएर जानेछ ।

यसैबीच स्याङ्जा परिवार दक्षिण कोरियाको रहात वितरण टोलीसँगै मिलन फाउण्डेशन हङकङ्ले पनि रहात समाग्री लाने भएको छ । मिलन फाउण्डेशनको प्रतिनीधि गौरी गुरुङ् ब्ल्याङ्केट, सिरक, म्याट्र्ेस र अन्य लगाउने लत्ता कपडा लगायतका रहात सामाग्री लिएर जाने भएकी हुन् ।

 

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • काभ्रे सम्पर्क समितिको ८औँ अधिवेशन सम्पन्न, सुष्मा थापा अध्यक्षमा निर्विरोध
  • कोरियामा नेपाले शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...