Advertisement
SKIP THIS

मर्सबाट आज थप २ जनाको मृत्यु,संक्रमितको संख्या १०८


ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियामा बुधबार मर्स भाइरसबाट संक्रमित थप २ जनाको मृत्यु भएको छ ।मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम नामक भाइरसबाट हालसम्म १० जनाको मृत्यु भैंसकेको छ भने थप १३ जना संक्रमित भेटिएसंगैं जम्मा १०८ जना पुगेको छ । १३ जनामा १० जनालाई सोलस्थित रहेको सामसुंग मेडिकल सेन्टरमा मर्सबाट संक्रमित बिरामीको संसर्गबाट सरेको स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयको अनुसार संक्रमणको आशंकामा ३ हजार ४ सय ३९ जनालाई छुट्टैं राखिएको छ ।कोरिया सरकारले मर्स भाइरस संक्रमित २९ वटा अस्पतालको नाम समेत सार्वजनिक गरेको छ ।

न्याय मन्त्री चोई क्योंग हवानले भने अस्पताल नैं मर्स सर्नुको प्रमुख कारण हो । “तसर्थ मर्स संक्रमितका आफन्त साथीभाइ अस्पतालमा भेटन जांदा सर्तक रहन जरुरी छ” , चोईले भने ।मन्त्री चोई हावाको माध्यमबाट यो रोग नसर्ने दाबी समेत गरे ।मे २० बाट कोरियामा देखा परेको यो भाइरस दक्षिण कोरिया तीव्र रुपमा फैंलिरहेको विश्व स्वास्थ्य संगठनले बताएको छ भने रोकथामको पहल गरीरहेको पनि बताएको छ ।१८ सय भन्दा बढी किन्डरगार्डेनहरु बन्द गरिएका छन् ।

 

कोरियन विज्ञ स्वास्थ्य टोली र विश्व स्वास्थ्य संगठनको संयुक्त टोली अध्ययन प्रतिवदेन शनिबार प्रस्तुत गर्ने जनाएको छ ।सरकारले ४ सय अरब वन मर्स प्रभावित तथा व्यावसाय प्रभावित क्षेत्रमा राहत वितराण गर्ने भएको छ ।मर्स भाइरस सन २०१२ मा पहिलो चोटी साउदी अरबमा देखा परेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...