Advertisement
SKIP THIS

मर्सका कारण कोरियाली राष्ट्रपतिको भ्रमण स्थगित


फोनिज कोरिया संवाददाता

सोल-दक्षिण कोरियामा हालैका दिनमा बढ्दो मात्रामा देखापरिरहेको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स)को सङ्क्रमणका कारण दक्षिण कोरियाली राष्ट्रपतिले अमेरिकको भ्रमण स्थगित गरेका छन् ।

 

 

दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हायले आगामी आइतबारदेखि अमेरिकाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो । तर उनले हालका लागि सो एकहप्ते भ्रमणलाई पछि सारेको बताइएको छ । राष्ट्रपतिको कार्यालयलेपछि अर्को सूचना जारी नहुदासम्म आगामी आइतबारदेखि सुरुहुन लागेको राष्ट्रपतिको अमेरिका भ्रमण हालका लागि स्थगति गरिएको जनाएको छ ।

 

 

राष्ट्रपतिका एकजना वरिष्ठ प्रेस सहयोगी किम सुङ वुले बुधबार राजधानी सोलमा आयोजित पत्रकार सम्मेलनका क्रममा पनि सो समाचारको पुष्टि गरे । केही हप्तामात्र पहिलादेखि सुरु भएको यस सङ्क्रमणबाट कोरियामा मृत्युहुने व्यक्तिको सङ्ख्या सात पुगेको छ । यसको सङ्क्रमण प्रतिदिन जारी नै रहँदा हालसम्म यसका सङ्क्रमित विरामी १०८ जना पुगेका छन् ।

 

 

दक्षिण कोरियामा मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम नामको एक भाइरसको सङ्क्रमणबाट कयौँको ज्यान गएको छ । दुई हप्ता यतामात्र देखिएको सो सङ्क्रमणका कारण त्यहाँको जनजीवनलाई निकै नै प्रभावित तुल्याइसकेको बताइएको छ । यस सङ्क्रमणको त्रास फैलिएपछि दक्षिण कोरियामा कम्तीमा पनि दुई हजार विद्यालय बन्द भएका छन् भने हजारौँ स्वास्थ्यकर्मीलाई देश भित्रिने नाकाहरूमा स्वास्थ्य जाँचका लागि राखिएको छ । पछिल्लो समयमा आएर यस सङ्क्रमणबाट कोरियाको आर्थिक क्षेत्रमा पनि असर पर्न थालेका समाचारहरु पनि आइरहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...