Advertisement
SKIP THIS

पुर्ननिर्माणमा तत्काल ध्यान देऊ: महासंघ


अशोक सुजन श्रेष्ठ
हेटौडा -नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरले भुकम्पबाट अत्याधिक आदिवासी जनजाति प्रभाबित भएको भन्दै अल्पकालिन र दीर्घकालिन पुर्ननिर्माणमा तत्काल ध्यान दिन आग्रह गरेको छ । प्राय:गरि दुर्गम क्षेत्रका गरिब, बिपन्न समूदाय भुकम्पको मारमा परेको र बर्षायाम नजिकिएकाले भौतिक संरचना निर्माणमा तिव्रता दिन महासंघले अनुरोध गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरको आज (जेठ२० गते) बसेको बिस्तारित बैठकले जिल्ला भुकम्प पीडित सहयोग आदिवासी जनजाति समितिलाई तथ्याङ्क अध्याबधिक तथा अनुगमनमा सहयोग गर्ने निर्णय गरेको छ । महासंघको जिल्ला, नगर, संयुक्त वडा र गाउा परिषद तथा बिद्यार्थी, युवा, पत्रकार एवम् जातीय संस्थाका प्रतिनिधि सहभागी बैठकले भौतिक निर्माण गर्दा आदिवासी जनजातिको भाषा, संस्कृती र रितीरिवाजप्रति गम्भीर हुन पनि जोड दिएको छ ।

 

 

त्यस्तै, भुकम्पमा परि ज्यान गुमाएका हेटौाडेली पत्रकार सुमन भोम्जनको परिवारलाई सहयोग गर्ने महासंघले निर्णय गरेको छ । देश र जनतालाई सुसुचित बनाउान अहोरात्र खटेका भोम्जनको परिवारलाई आर्थिक सहयोग गरि मल्हम लगाउन महासंघले सबै मनकारी संघसंस्था र व्यक्तिहरुलाई आग्रह समेत गरेको छ ।

 

 

नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरको अध्यक्षतामा बैठक भएको थियो । कार्यक्रममा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरका उपाध्यक्ष भवसागर श्रेष्ठ, जातीय संस्थाका जिल्ला अध्यक्षहरु नेपाल तामा· घेदु·का लिलाकुमार घलान, नेपाल चेपा· संघका खेमबहादुर चेपा·, दनुवार जागरण समितिका रामकृष्ण राई दनुवार, भुजेल समाज सेवा समितिका ध्रुवबहादुर भुजेल, नेपाल मगर संघका दुधराज थापा मगर, थारु कल्याणकारिणी सभाका हरिलाल चौधरी तथा किरााच राई यायोख्याका कार्यवाहक जिल्ला अध्यक्ष कृष्णबहादुर राई सहभागी थिए । त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका उपाध्यक्ष जानकी चौधरी, हेटौाडाका अध्यक्ष जंगबहादुर गुरु·, गाउा समन्वय परिषदका अध्यक्षहरु कुलेखानीका बुद्धीमान लामा, गढीका नवराज पुलामी, मनहरीका बुद्धरत्न लामा, छतिवनका लोकेन्द्रबहादुर माझी तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का केन्द्रिय पार्षद सुरेश श्रेष्ठ, जिल्ला सचिव अशोकसुजन श्रेष्ठ लगाएत सहभागी थिए ।

 

 

यसैबिच, जेठ ११ गते जिल्ला भुकम्प पीडित सहयोग आदिवासी जनजाति समिति, मकवानपुर गठन गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले हेटौाडामा आयोजना गरेको भुकम्प पीडित सहयोग तथा व्यबस्थापन सम्बन्धि जनचेतनामूलक परामर्श कार्यक्रममा उक्त समिति गठन गरिएको हो । आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरका उपाध्यक्ष भवसागर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिको सदस्यहरुमा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगर, नेपाल तामा· घेदु·का जिल्ला अध्यक्ष लिलाकुमार घलान, नेपाल चेपा· संघका जिल्ला अध्यक्ष खेमबहादुर चेपा· र दनुवार जागरण समितिका शंकरबहादुर राई दनुवार रहेका छन् ।

 

 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव पीबी गोलेको अध्यक्षतामा भएको कार्यक्रममा अजय चेपा·ले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा संबिधान सभाषद् राजाराम स्याङ्तान, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य बिष्णुराम प्रजा, जिल्ला बिकास समिति मकवानपुरका सामाजिक बिकास अधिकृत रामकृष्ण थापा, नेपाल आदिवासी जनजाति महासंघ हेटौाडाका अध्यक्ष जंगबहादुर गुरु· लगाएत आदिवासी जनजाति संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

 

 

समितिले जिल्लाका सरकारी, गैरसरकारी निकायबाट भुकम्पसाग सम्बन्धी संकलित तथ्याङ्कलाई परिक्षणगरि आदिवासी जनजातिको तथ्याङ्क छुटेको भए समाबेश गर्न पहल गर्ने जनाईएको छ । भुकम्पबाट संकटग्रस्त सबै जिल्लामा जिल्ला भुकम्प पीडित सहयोग आदिवासी जनजाति समिति गठन तथा परिचालन भईरहेको बताईएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगरको संयोजकत्वमा भुकम्प पीडित सहयोग आदिवासी जनजाति राष्ट्रिय समिति समेत गठन भई परिचालित रहेको छ ।

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...