Advertisement
SKIP THIS

स्थानीय तह निर्वाचनले दिएको सन्देश


स्थानीय तहको हालै सम्पन्न निर्वाचनले निकै अनौठो सन्देश दिएको छ । यसको गहिराईमा हेर्दा देश निकै जटिल मोडमा उभिएको सङ्केत गर्दछ । निर्वाचन देशको परिस्थितिको परिक्षण पनि हो । यसर्थ, देशले कस्तो अवस्थाको दुर्दशा भोग्दैछ ? कस्तो नेतृत्वको पक्षमा जनमत खुम्चिन गएको छ ? कसरी देश चल्न खोजेको छ भन्दा पनि चलाउन खोजिएको छ ? यस्ता विविध कुराहरुको सरल सङ्केतहरु सतहमा आउने गर्दछ । यसबारे सबैले आफु अनुकुल व्यख्य गर्नु अनौठो होइन । तर, समग्र यसले दिएको सन्देश नै ‘देशको परिवर्तन र समृद्धि चाहन्छौँ भने पर्देशिएका सबै प्रवासी नेपाली स्वदेश फर्क’ भन्ने हो । गाउँघरमा अशक्त आमा–बुबा र बालबच्चाहरु छाडेर केही पढेलेखेका, चेतना–उर्जा भएका यूवाहरु विदेशिन नरोकिएसम्म न त भ्रष्ट र कमजोरले शासन गर्न छाड्नेछन् न त परिवर्तन र समृद्धि नै आउने छ । सही के हो ? गलत के हो ? छुट्टाउन सक्ने सामथ्र्य ति यूवाहरुसँग छ, जो प्रवासी भूमिमा पसिना बगाईरहेकाछन । असल र बलिया–वुद्धिमान नभएपछि भ्रष्ट र कमजोरहरु नै अगाडी आउनु कुनै अनौठो होइन । यसले दिएको सन्देश ध्रुवसत्य छ । मनन योग्य छ ।

दैनिकजसो एयरपोर्टबाट विदेशिने यूवाहरुको एउटै उद्देश्य आय–आर्जन हो । वर्क परमिट भिसाबाहेक उच्चशिक्षा लिन भन्दै लाम लाग्नेहरुको उदेश्य पनि अधिकाङ्शको त्यही नै हो । स्वदेशमै केही गर्ने उपाय नदेखिएका कारण वैदेशिक रोजगारीको बाटो समात्नु परेको हो । वर्तमान अवस्थामा वैदेशिक रोजगार एक बाध्यताजस्तो बन्दै गइरहेको छ । नेपालजस्तो विकाशोन्मूख देशको लागी यो निकै दुःखद कुरा हो । अहिले विश्वभर नै श्रम उत्पादनको मुख्या साधनको रुपमा रहेको छ । यस्तो अवस्थामा मूलुकले श्रमशक्तिलाई सदुपयोग गर्ने वातावरण सिर्जना गर्न नसक्नु निकै ठूलो दुर्भाग्य हो । श्रमशक्तिको मूख्य स्रोत नै युवाशक्ति हो । यसको समुचित व्यावस्थापन, विकास र उपयोग वीना देशको आर्थिक रुपान्तरण संभव हुनै सक्तैन ।

एक सर्वेक्षणले नेपाली श्रम बजारमा श्रमशक्तिको संख्या लगभग एक करोड तीस लाखको हाराहारीमा देखाउँछ । नेपालमा बर्षेनी करीब साढे चार लाखको अनुपातमा श्रमशक्ति थपिदै जाने गरेको अनुमान छ । यसको मतलव बर्षेनी साढे चार लाख उर्जाशील नेपाली यूवाहरु बेरोजगार हुनु हो । श्रमशक्ति आपूर्तिको तुलनामा रोजगारको अवसर सिर्जना हुन नसकेकै कारण युवाहरु वैदेशिक रोजगारमा पलायन हुनेको सङ्ख्या बर्षेनी उच्चदरमा बढ्दै गइरहेको देखिन्छ । विदेशबाट अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिएको विप्रेषणमात्रै भित्रिदैन । काठको बाकसमा विलाप पनि भित्रिरहेको छ । सिउदो पुछिएको, काख रित्तिएको, अभिभावक गुमेको, कैयौंको रुवाबासी चलेको सबैलाई अवगत छ । विकासको ठुल्ठुला सम्भावना बोकेको हाम्रो जस्तो विकाशोन्मूख मूलुकको लागि यो राम्रो सङ्केत हुदै होइन ।

देशभित्र सुचना प्रणालीको भरपर्दो र व्यावस्थित निति निर्माण हुन सकिरहेको छैन । तसर्थ, सञ्चालनमा रहेका कैयौं उद्योग, प्रतिष्ठान र कलकारखानाहरु दक्ष जनशक्तिको चरम अभावको सामना गरि रहेकाछन । अर्कोतर्फ सीप, योग्यता र अनुभवप्राप्त दक्ष जनशक्ति वेरोजगारको चपेटामा छट्पटाई रहेकाछन । अन्ततः वैदेशिक रोजगारवाहेक अर्को विकल्प नखोजिदा देशको स्थिति झन विकराल बन्दै गइरहेको छ । यदि, सबैखाले समस्याको न्युनिकरण गर्दै देश समृद्ध बनाउने हो भने अब विकल्प खोजिनु पर्दछ । गरीबी हटाएर दोहोरो अङ्कमा आर्थिक समृद्धि प्राप्त गर्नको लागि सर्वप्रथम युवाहरुलाई सङ्गठित रुपमा स्वादेशमै विकल्प दिनु पर्दछ । विदेशबाट योजनासहित फर्कन सबैलाई उत्प्रेरित गर्नु पर्दछ । पचासौँ लाख यूवा जनशक्तिलाई स्वदेश फर्कन औधोगिकरणको वृहद् योजनासहित सङ्गठित अभियान चलाउन ढिलाई गर्नु हुदैन ।

हाल निर्वाचित प्रतिनिधिहरुले सामान्य औपचारिकतामात्रै निभाउने सङ्केत देखिन्छ । विकासको कछुवाको गतिलाई खरायोको गतिमा लैजान सक्षम नेतृत्व चाहिन्छ । सिङ्गो संरचना सन्तुलित र सही हुनुपर्दछ । त्यो देखिदैन । विशेषतः संविधानलाई कार्यन्वायन गर्न परेको संवैधानिक बाधा–अड्चनलाई फुकाउन मात्रै दलहरु निर्वाचनमा गएका उनीहरुको वजन र योजनारहित अभिव्यक्तिले पुष्टि गरेको पाइन्छ । उनीहरुको व्यवहारले पनि त्यस्तै देखाईसकेको छ । संवैधानिक सङ्कटलाई टार्न र सम्पूर्ण प्राप्त उपलब्धिलाई वैधानिक रुपमा संस्थागत गर्न तीन तहको निर्वाचन सम्पन्न गर्न अनिवार्य भएका कारण जबरजस्त निर्वाचनमा गएका हुन । यसरी औपचारिकता पुरा गर्नलाई मात्रै राज्यको ढुकुटी रित्याउनु जायज हुदैन । सिङ्गो मूलुकको चौतर्फी विकास गर्ने हो र देसको कुना–कुनाबाट सक्षम नेतृत्व प्राप्त गर्ने हो भने प्रवासी पचासौँ लाख नेपाली स्वदेश फर्काउने योजना बनाउन ढिला गनुृ हुदैन । समय निकै घर्कदै छ ।

को–कुन पदमा निर्वाचित भयो ? मूख्य कुरा त्यो होइन । यसले केही तात्विक असर पार्दैन । तर, उसले त्यहाँबाट कस्तो दक्षता, क्षमता प्रदर्शन गर्छ ? कस्तो योजना र कार्य तर्जुृमा गर्न सक्छ ? यो कुरा मूख्य हो । यसका लागि सैद्धान्तिक, व्यवहारिक योग्यता चाहिन्छ । उसको योग्यता आफ्नो पार्टीको झोला बोकेको बाहेक अरु छैन भने उसले दिने योगदान अनियमितता र भ्रष्ट्राचार नै हो । सबै सचेत हुनु जरुरी छ । यि सबै भोलीका दिनहरुमा आउनसक्ने संभावित खतराहरु त छदैछ । तर, तत्काल सतहमा देखिएका वास्तविकता साँच्चै नेपालमा सही नेतृत्व चयन गर्ने, समृद्ध नेपाल निर्माण गर्ने नै हो भने प्रवासी नेपालीहरु स्वदेश फर्कन उत्प्रेरित गर्न तुरुन्त योजना बनाउनु पर्ने टड्कारो  आवश्यकता देखिन्छ । अन्तर्यमा स्थानीय तह निर्वाचनले निष्पक्ष दिएको सन्देश पनि यहि हो । यसलाई मनन् गरेर कार्यन्वायन गर्न सबै जुट्नु पर्दछ ।

 

 

 

 

 

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • काभ्रे सम्पर्क समितिको ८औँ अधिवेशन सम्पन्न, सुष्मा थापा अध्यक्षमा निर्विरोध
  • कोरियामा नेपाले शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...