Advertisement
SKIP THIS

कोरियामा २५५९ औं बुद्ध जयन्ति भव्य रुपमा सम्पन्न


सुरज गुरुङ
सोल-प्रत्येक वर्ष नेपाली आमाको सपुत दार्शनिक गौतम बुद्धको जन्मोत्सव द. कोरियामा भव्य रुपमा मनाउने गर्दछन । वहाको जन्मोत्सब मनाउनु ठिक  एक हप्ता अगाडि भने द. कोरियामा रहेका बौद्ध सम्पदायका महायान, बज्रयान गरी जम्मा २६ वटा सम्पदायले मिलेर बाहिर मुलुक र ती मुलुकका ठूला ठूला धर्म गुरुहरुलाई आमन्त्रण गरि अन्तराष्ट्रिय शान्ति र्यालीका  अवसरमा २०१५-५–२५ तारिकका दिन शान्तिको उदगम स्थल लुम्बिनी नेपालमा रहेको शान्ति दिप ल्याउने प्रमुख लामा हेजा सनिमको दोआन्सा गुम्बामा भव्य रुपमा २५५९ औं बुद्ध जयन्ति मनाएको थियो ।

 

 

वहा १२ वर्ष सम्म दोसन्सा गुम्बाको प्रमुख लामा हुनुहुन्थ्यो भने हाल वहाकै प्राईभेट गुम्बा दोआन्सामा बस्नुहुन्छ । उक्त कार्यक्रममा नेपाल बौद्ध परिवारको पनि उपस्थिति रहेको थियो । हजारौ भक्तजनहरुलाई ठूलो विशाल स्टेजबाट कोरियाका चर्चित कलाकारहरुको मनोरंजन दिईरहेको बेला अचानक नेपालीहरु शेर्पा हेलम्बुको ड्रेसमा देख्ने बित्तिकै स्टेजमा गाउदै रहेका कलाकारलाई एकै छिन रोकेर चर्चित उदघोषकले  सबैजनालाई ताली ताली भन्दै आज साच्चिकै खुसीको दिन रहेछ भगवान गौतम बुद्ध वा शाक्यामुनी गौतम बुद्धले वहाको सन्तानहरु पठाउनु भएको छ ताली ताली भन्दै हजारौं श्रदालु भक्तजनहरुले लाखौं लाखौं स्नेह र अनुरागले भरिएका कोमल हातहरुले स्वागत गर्दै तालीको बर्षात गरि नेपाल, नेपालको आवज गुन्जि रहेको थियो र सबै जनाले भूकम्पले गर्दा दुःख पाउनु भएको छ पिर नमान्नुस भन्दै सान्त्वना दिनुभएको थियो ।

 

 

त्यसै समयमा उदघोषकले प्रमुख लामा हेजा सनिमलाई स्टेजमा  निमन्त्रण गर्नु भएको थियो र अचानक हेजा सनिम प्रमुख लामाले नेपाल बौद्ध परिवारका सम्पूर्ण सदस्यहरुलाई विशाल स्टेज माथिनै बोलाई नेपाल बौद्ध परिवार र भगवान बुद्धको जन्ममूमि लुम्बिनी नेपालको हो भनि हजारौ भक्तजनहरुलाई परिचय दिएको थियो । वहाले भन्नुभयो हामीले बुद्ध जन्मेको लुम्बिनी भारतमा पर्दछ भनेर पढेको थियो । तर धेरै पटक लुम्बिनी नेपाल गएको थियो । लुम्बिनीमा स्कुल पनि खोलेकोले लुम्बिनी नेपालको हो र बुद्ध नेपालको लुम्बिनीमा जन्मिनु भएको हो र हरेक प्रवचनमा म आजकल जहा गए पनि यो शब्द भन्ने गर्दछु भन्दा हजारौं भक्तजनहरुले ताली बजाएका थिए ।

 

 

वहाले भूकम्प पीडितका लागि कोरियामा रहेका बुद्धिष्ट महायानीहरुले रकम संकलन गर्दै गरेको र आफू शान्तिदिप ल्याउन नेपालमा गएको बेला नेपालीहरुको स्नेह र मायाले ज्यादै प्रभावित भएकोले म सधैं नेपालीलाई माया गर्छु र माया गर्ने भएकोले मेरो व्यक्तिगत पर्फबाट पनि केही महिना भित्र रकम सहयोग गर्ने प्रतिवद्धता जनाउदै अचानक विशाल स्टेजमा नेपाल बौद्ध परिवारका अध्यक्ष श्री ईश्वर गुरुङ्गलाई शुभकामना मन्तव्य दिनु भनी माईक हस्तानतरण गर्दा अध्यक्ष गुरुङ्ग छक्क पर्दै अध्यक्ष गुरुङ्गले र वरिष्ठ उपाध्यक्ष रमेश श्रेष्ठले यति ठूलो विशाल स्टेजमा प्रमुख लामाद्वारा माईक हस्तान्तरण गर्नु भएकोमा एकदमै धेरै भाग्यमानी मानेको र हजारौं भक्तजनहरुलाई नेपाल बौद्ध परिवार र बुद्धको भ्रमबारे लामाले स्पष्ट जानकारी दिनु भएकोमा हृदय देखिनै मुरी मुरी धन्यवाद दिनु भएको थियो ।

 

 

त्यसै गरि २५५९ औं बुद्ध जयन्तीकै अवसरमा रहरेक बर्ष झैं यही जुन ७ तारिख छन्दोङ्सा गुम्बा ख्वंह्वादोमा पनि कोरियामा रहेका बिभिन्न देशका नागरिकहरूको सहभागितामा अन्तरष्ट्रिय  साँस्कृतिक आदान-प्रदान कार्यक्रमका साथ भव्यरूपमा बुद्ध जयन्ती मनाउन गैरहेको कुरा नेपाल बौद्ध परिवारका बरिष्ठ उपाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् । साथै उक्त कार्यक्रममा जानका लागि बसको व्यवस्था पनि गरिएको जनाउदै सहभागि भैदिनु हुन कोरिया बासी सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा परिवारले अनुरोध गरेको छ ।

 
मितिः २०१५–६–७
स्थानः छन्दोसा

समयः बिहाना ९ बजे दोङ्गदेमुन ३ नं. गेटबाट बस छुट्ने
सम्पर्क नं.
ईश्वर गुरुङ ०१०६७०७१९६६
मेश श्रेष्ठ ०१०३२६६९०३३

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...