Advertisement
SKIP THIS

नेपालमा अबैधानिक बिदेशी कामदारको संख्या ५० हजार


फोनिज कोरिया संवाददाता
काठमाडौं-बैधानिक रुपमा बिदेशी कामदार भित्र्याउने चलन न्यून  भएको नेपाल अबैधानिक बिदेशी कामदारको संख्या भने ५० हजारको हाराहारीमा रहेको छ |

सरकारले डेढ वर्षदेखि अनुगमन नगर्दा अवैध रुपमा नेपाल बसेर काम गर्ने विदेशीको संख्या बढ्दै गएको हो । अहिले अवैध रुपमा काम गर्ने विदेशीको संख्या ५० हजार हाराहारी रहेको अनुमान गरिएको छ ।

भूकम्पपछि राहत र उद्धारको नाममा पर्यटक भिसामा आएर अन्र्तराष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने प्रवृत्तिले यो संख्या अझै बढाउने देखिएको छ । सरकारले पटकपटक नेपालमा अवैधानिक रुपमा काम गरिरहेका विदेशीलाई वैधहुन आग्रह गरे पनि उनीहरुले नटेर्ने गरेको खबर नागरिक दैनिकमा छापिएको छ ।  सरकारले प्रभावकारी अनुगमन नगर्दा दुईपटक बैध हुन आग्रह गरिए पनि नगन्य विदेशीले मात्र श्रम स्वीकृति लिएको श्रम विभागको अभिलेखले देखाउँछ ।

हजारौ विदेशीले श्रम स्वीकृति नदिई काम गर्दा सरकारलाई वाषिर्क चार अर्ब रुपैयाँभन्दा बढी कर घाटा भइरहेको सम्बद्ध निकायको अनुमान छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...