कोरियामा बिदेशी बुहारीको संख्या घटदो
ऐश्वर्य श्रेष्ठ,सोल -दक्षिण कोरियामा विवाह गरेर आउने विदेशी महिलाहरुको संख्या पछिल्लो सात महिना यता हवातैं घटेको छ ।कोरिया सरकारले विवाह गरेर दक्षिण कोरिया प्रवेश गर्ने विदेशी नागरिकहरुको भिसा नवीकरणमा कडाइ गरेपछि म्यारिज भिसा लिनेहरुको संख्या घटेको न्याय मन्त्रालयको आधिकारिक जानकारी दिएको हो ।
मन्त्रालयले विदेशी नागरिकसंग विवाह गरेर आउने श्रीमान श्रीमतीको संख्यामा १ प्रतिशतले कमी आएको बताएको छ ।तथ्यांकले गत अक्टोबरबाट विवाह गरेर आउने महिलाको संख्यामा क्रमश घटदैं गएको देखाएको छ ।
म्यारिज भिसामा आउने महिलाको संख्या गत सेप्टम्बरको तुलनामा हाल १.५ प्रतिशतले कमी आएको छ ।यसरी कमी आउनुमा भिसा कडाइ नैं भएको अधिकारीहरुले दाबी गरेका छन् ।कोरिया सरकारले एफ ६ भिसाको लागि कोरियन भाषाको निश्चित तह पास गर्नुपर्ने नियम गत बर्षको अप्रिलबाट लागु गरेको हो ।
सरकारले तोकेको भाषा परिक्षा पास गर्नुको साथैं दम्पतीले ५ बर्षमा २ चोटी व्यक्तिगत रुपमा प्रायोजन गर्नुपर्ने छ ।म्यारिज भिसामा आउनेको संख्या घट्नुमा भिसा कडाइको साथैं अन्य कारण भने विदेशीमा महिलाहरु माथिको अत्याचार र घरेलु हिंसा नैं हो ।