Advertisement
SKIP THIS

कोरियामा संचालित अभियानबाट सर्लाहि र सिन्धुलीका विपन्न वर्गलाई कम्मल वितरण


सउल

केही हप्ता अघि कोरियामा रहेका नेपालीहरुमाझ संचालित न्यानो बाढ्ने अभियानबाट सर्लाहीका विपन्न वर्गलाई कम्बल वितरण गरिएको छ । आइतबार जनवरी एक तारिख विभिन्न क्षेत्रका स्थानिय प्रतिनिधीहरुको उपस्थीतीमा एक कार्यक्रम गरी २ सय २० वटा कम्बल वितरण गरिएको हो ।

कार्यक्रममा सर्लाही स्थीत मुसरी टोल १०० घर, डुम चमार टोल ३० घर पिडीत तथा एकल महीला, मदेशी मुस्लीम, आदीवासी जनजाती ९० घरलाई कम्बल वितरण गरिएको थियो ।

विगतका वर्षहरुमा शितलहरबाट प्रत्येक वर्ष यी बस्तिहरुमा ज्यान गुमाउनेको संख्या अधिक रहेको ले यहाका अत्ति विपन्न यी समुदायहरुको जीवन निकै कष्टकर र दुखदायि रहेको पाइन्छ ।

त्यस्तै गरी सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाविसका लोपोन्मुख सिमान्तकृत विपन्न जाति पहरीको बस्तीका ६७ घर परिवारलाई पनि कम्बल वितरण गरिएको छ ।

यस बस्तीमा पनि अघिल्लो वर्ष हिउँदमा चिसोका कारण ११ जनाको ज्यान गएको थियो । खेती जमिन कम भएको मजदुरी र ज्यालाद्धारा गुजारा गर्दै आएका यस बस्तीका पहरीहरु भूकम्पपछि झन कष्टकर जीवन जिउदै आएको स्थानिय शंकर पाण्डेले जानकारी गराएका छन् ।

यस वर्ष कोरियामा रहेका नेपालिहरु द्वारा मान वन न्यानो बाड्ने अभियानबाट ६७ घरपरिवार साथै सिन्धुसमाज दक्षिण कोरियाका अध्यक्ष एल वि श्रेष्ठको अथक प्रयास र समन्वयमा दिगो फोरम भन्ने संथाले १३५ घरपरिवारलाई गरि त्यस गाविसको पहरिको बस्ति २०० घरपरिवारलाई ब्लान्केट वितरण भएको छ।

कोरिया स्थित सिन्धु समाज दक्षिण कोरियाका अध्यक्ष एल.बि. श्रेष्ठको नेतृत्वमा अभियन्ताहरु सपना सुनुवार, सन्तोष अधिकारी, आइ० फुरर्पा छिरिइ० लामा, नेपाली गोविन्द गौतम, युवराज घिमिरेलगायतको सहयोगमा १० हजार वन संकलन अभियान संचालन गरिएको थियो । सोही अभियानबाट संकलित रकमले नेपालमा कम्बल किनी वितरण गरिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...