म.म कि समोसा
सिक्काको दुई पाटो जस्तै मनको पनि दुई धार हुन्छ । एउटा मनले भन्छ गर र अर्कोले नगर ।माछाले आकाशमा चरा देखने बितिकै सोच्छ सायद म पनि चरा भएको भए यो सन्सार डुल्थे र त्यही चराले सोच्छ म माछा भएको भए यो बाहिर सन्सार भन्दा भित्री संंसारमा रमाउथे। यसरी एउटा पशुपन्छीको त आफ्नो जीवन प्रती सन्तुष्टि हुन्छ, हामी त मानिस।
मानवको मन आफुले प्राप्त गरेको प्रतिफलबाट कहिले खुसी हुदैन बरु, अरुको बिफललाई आफ्नो प्रतिफल संग दाजेर उ तनाब लिन्छ।आज दारी नकाटी डुल्न निस्किन्छु बाटोमा एउटा सेल्फी खिच्दा दारी नकाटेर फोटो बुडो जस्तो भन्ने आयो जस्तो लाग्छ, अनि दारी नकाटेर जान्छु १५बर्षको किशोर जस्तो लाग्छ।
अलि पर पुगेर समोसा खान्छु बरु म.म खाएको भए मासु खाइन्थ्यो र म.म खाएको भए बेकार मा म.म खाएको मैदा र प्याज खाए जस्तो लाग्छ ।
बिहान हाइ गर्दै उठ्छु अधि नै उठेको भए मर्निङवक जानू हुन्थ्यो र भोलि अलि चाडो उठ्छु केही बेर सुतेको भए निन्द्रा पुग्थ्यो जस्तो लाग्छ। चित्र कोर्छु चित्त बुझ्दैन अलि राम्रो कोरु भन्ने जस्तो लाग्छ अनि चयातेर फ्याल्छु फेरि कोर्छु अघि कै राम्रो लाग्छ बेकारमा फ्याले जस्तो लाग्छ।
हामी जुन समयमा छौँ, जुन अवस्थामा छौँ, जे–जसरी बाँचिरहेका छौँ यति हुनलाई कति स्थिति, कति संघर्ष र कति संंयोगहरू पार गरेर आएका हुन्छौँ, त्यो बुझ्दैनौँ । अरूको जीवन देखेर डाहा मात्र गरेर कहाँ हुन्छ ?
संसारका अधिकांश मानिस आफ्नो दैनिकी तथा पेसाप्रति वाक्कदिक्क मानिरहेका छन् । हामी किन सोच्दैनौँ, सबै आफूजस्तै हुन् रु सबै पेसाका, सबै अवस्थाका, सबै परिवेशका मानिसहरू उस्तै हुन्, कम्तीमा यति मात्र बुझ्यौँ । टिसर्ट किनेर ल्याउछु भेस्ट किन किनिन भन्ने लाग्छ, भेस्ट किनेर ल्याउछु टिसर्ट ठिक लाग्छ।
एग्रीमा परेकोलाई मेनुमा किन नभरेकोमा दिक्क लागेको हुदा हो। मेनुमा परेको आफ्नो अवस्था देखि टिठ लाग्दो हो।अझ जुन कम्पनीमा गरिरहेको छ उसलाई अर्को कम्पनीमा नपरेर पछुतो लागिरहेको हुदो हो।त्यहा रामे साने साथी थिए कति रमाइलो हुने थियो ।
सधै बिदा पाउनेलाई बिदादेखि दिक्क लाग्दो हो ।काम गरिरहेनेलाई काम देखि नै दिक्क लाग्दो हो ।बिदा ,काम नपाउनेलाई आफ्नो स्थिति देखि नै दिक्क लाग्छ ।जे आफुसित छैन त्यही मान्छे लाई मन पर्छ।कामदारहरुलाई सुपरभाइजर किन भइन भन्ने लाग्दो हो सुपरभाइजरलाई बरु मेनेजर भएको भए हुन्थ्यो जस्तो लाग्छ।
मान्छे आफू जुन समयमा हुन्छ, जस्तो अवस्थामा हुन्छ त्यो अवस्थाको खुलेर स्वागत गर्दैन । आफू जे होइन, जे हुन सकेन, जहाँ पुग्न सकेन, त्यस्तो कुरासित तुलना गरेर दिक्क मान्छ । अधिकांश मान्छे आफ्नो पेसा, दैनिकी र समग्र जीवनदेखि नै असन्तुष्ट हुन्छ । वास्तवमा न उसको जीवन त्यति तुच्छ हुन्छ, न उसको दैनिकी दिक्कलाग्दो हुन्छ, न उसको परिवेश नै त्यतिसारो खत्तम हुन्छ ।
यो सब मान्छे अरूको जीवन देखेर, अरू परिवेशको कल्पना गरेर अरू नै कुराको मोह राख्दा यस्ता किसिमका समस्याले घेरिन्छ । यदि संसारमा पेसा, स्थान र परिवेश परिवर्तन गरिरहन मिल्ने भए पनि मान्छे असन्तोषी नै हुने थियो । सहर बदल्दैमा समस्याहरू बदलिँदैनन् । पेसा फेर्दैमा दिग्दारी हट्नेवाला छैन । केही समय त पक्कै फरक पर्ला तर सिंगो जीवनमा त्यसले केही असर गर्दैन ।
घर नहुनेलाई घर भएदिए हुन्थ्यो लाग्ला ,घर हुनेलाई महल ,महल हुनेलाई यो बस्ती मेरो भएदिए लाग्छ तर बस्ती भएसकेपछी घर नै ठिक थियो भन्ने लाग्छ।
रमाउन जान्ने तथा सन्तोष गर्न जान्ने मानिस आफूसित केही नहुँदा पनि समयको कदर गरेर बाँचेको छ । नजान्नेले संसारको कुनै पनि कुनामा गएर पनि केही गर्न सक्दैन । जेसुकै बदले पनि जीवन तबसम्म सुखी हुँदैन, जबसम्म हामी जीवनप्रतिको आफ्नो दृष्टिकोण बदल्दैनौं ।
यो असन्तुष्ट मन लाई संतुष्ट बनाउन सक्नु नै जीवन जिउने कला हो ।