कोरियामा नेपाली युवाहरुलाई व्यवसायिक खेतीका लागि कृषि तालिम दिइने


सोल, किम्हे ग्लोबल सेन्टरले दक्षिण कोरियामा रहेका नेपाली युवाहरुलाई व्यवसायिक खेतीका लागि कृषि कक्षा संचालन गर्ने भएको छ । सैदान्तिक र व्यवहारिक शिक्षा प्रदान गरिने कृषि कक्षा एक बर्षको अवधिमा सकिने छ । किम्हे ग्लोबल सेन्टरले संचालन गर्ने व्यवसायिक कृषि कक्षाको संयोजन सेन्टरमा आवद्ध सस्था किम्हे माइग्रेन्ट हाउसले गर्नेछ ।
कृषि तालिममा युवाहरुलाई तिन चरणको कक्षा संचालन गरिने सेन्टरले जानकारी गराएको छ । पहिलो चरणमा युवाहरुलाई उत्प्रेणा शिक्षा प्रदान गरिनेछ । उत्प्रेरणा कक्षामा दक्षिण कोरियाको इतिहास र कृषि क्षेत्रमा गरेको तिब्र विकास बिषयमा शिक्षा प्रदान गरिने छ । दोश्रो चरणमा आधुनिक प्रबिधिको तरकारी खेती प्रणाली , बालीहरुमा अपनाइने उन्नत प्रणालीहरुका बिषयमा कक्षा संचालन हुनेछ । साथै युवाहरुले ग्रिन हाउस निर्माण र संचालन प्रक्रियाको पनि शिक्षा प्राप्त गर्नेछन । कृषि तालिममा औजारहरुको प्रयोग बिधि सिकाउने ग्लोबल सेन्टरले जानकारी गराएको छ ।
कृषि औजारका प्रयोग र मर्मत गर्ने तरिकाहरु व्यवहारिक शिक्षामा प्रदान गरिने छ । कृषि क्षेत्रमा नेपालमा उच्चतम प्रयोग गर्न सकिने हाते ट्रयाक्टरको संचालन तथा मर्मत बिधिको व्यवहारिक ज्ञान पनि युवाहरुले प्राप्त गर्नेछन । तालिमको अन्तिम चरणमा प्राप्त ज्ञानको माध्यमबाट युवाहरुले बाली उत्पादन पनि गर्नुपर्छ । युवाहरुले प्रत्येक आइतबार एक देखि पाँच बजेसम्म कृषि कक्षा लिनुपर्छ । एक बर्षे तालिम समयमा सेन्टरले आधा समय कक्षा तालिम दिनेछ भने बाकी समय युवाहरुले फर्म क्षेत्रमा कार्य गर्नुपर्छ । किम्हे नगरपालिकाको कृषि तालिम केन्द्रमा कक्षा संचालन गरिने छ । कृषि तालिमका लागि सेन्टरलाई किम्हे नगरपालिकाले दक्ष प्राविधिक तथा प्रशिक्षक उपलब्ध गराउने छ । नगरपालिकाको कृषि फर्ममा युवाहरुले दक्ष प्राबिधिक मार्फत प्रशिक्षण लिनेछन ।
कृषि तालिम लिन इच्छुक युवाहरुले अन्तर्वार्ता पनि दिनुपर्नेछ । अन्तर्वार्तामा आधारभूत कोरियन भाषा , तालिम लिन इच्छाशक्ति र निरन्तरता लगायतका बिषयमा प्रश्नहरु सोधिनेछ । तालिम पश्चात नगरपालिकाले उपलब्ध गराएको जग्गामा उब्जाउ गरि देखाउन पर्नेछ । नेपाल फर्के पश्चात जीविकोपार्जन गर्नसक्ने कृषि कर्मी बनाउने उदेश्य रहेकोले युवाहरुको तालिममा निरन्तरता अनिवार्य रहेको किम्हे ग्लोबल सेन्टरका अध्यक्ष यज्ञराज सुबेदीले बताए । तालिम लिन इच्छुक र दुरी टाढा रहेका युवाहरु किम्हे माइग्रेन्ट हाउसमा सनिबार बास बसि आइतबार कक्षा लिन सक्नेछन ।
मार्चको पहिलो साता देखि तालिम संचालन गरिने सेन्टरले जनाएको छ । कृषि तालिम अन्य सहरमा पनि विस्तार गरिने सेन्टरको अवधारणा रहेको छ । कोरियाका अन्य क्षेत्रमा रहेका युवाहरुको लागि सम्बन्धित नगरपालिकासंग एमओयु गरि तालिम संचालन गरिने सुबेदीले बताए । प्राप्त सिप नेपालमा प्रयोग गर्ने युवाहरुको लागि सेन्टरले समन्वय गर्नेछ । युवाहरुले स्वदेशमा संचालन गरेको फर्मलाई सेन्टर मार्फत किम्हे नगरपालिकाले आवश्यक सहयोग गर्नेछ । नेपालमा पनि कृषि तालिम केन्द्र संचालन गर्ने सोच रहेको सुबेदीले जानकारी गराए ।
अधिकांश नेपाली युवाहरु उधोग क्षेत्रमा रहेकोले नेपाल फर्के पश्चातको सिप प्रयोग बिहिन भएको छ । कृषि क्षेत्रमा कार्य गरि फर्केका तर जीविकोपार्जन त्यहि क्षेत्र रोजेका युवाहरुको संख्या नगन्य छ । टनेल खेति र बंगुर फर्ममा कार्य गरि फर्केका युवाहरु सिप स्वदेशमा न्यून प्रयोग भएको छ । दक्षिण कोरियामा तिन रोपनी जग्गामा एक परिवार पालिएर दुइ जना कामदारलाई रोजगारी दिन सकिने अवस्था रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...